Monday, June 30, 2008

टट्टीखाना ऐन, २०६५

नयाँ नेपालमा के कस्ता नयाँ कानुनहरू बन्नेछन् र ती कसरी लागू हुनेछन् भन्ने कुराको प्रारम्भिक छनक वनमन्त्री पितृका यादव (स्वभावले उहाँ 'मातृका' होइन, 'पितृका' हुनुहुन्छ)ले एक जना एलडीओलाई टट्टीखाना ऐन, २०६५ को दफा १ अर्न्तर्गत डेढ घन्टा टट्टीखानामा थुनेर पेस गरि सक्नुभएको छ । सुरुमा त मैले उहा“को त्यस कदमलाई गलत भन्दै विरोध गरेको थिएँ तर 'गनाउनेलाई गनाउने ठाउँ मै थुन्नुपर्छ' भनेर उहाँले भन्नु भएपछि मैले पनि 'काँक्रा चोरलाई मुड्के सास्ती' भनेर हाम्रा पुर्खाहरूले बनाएको उखान सम्झेँ र मन्त्रीज्यूले उठाएको त्यो साहसिक कदमलाई दिलैदेखि र्समर्थन गरेँ । भ्रष्टाचार निर्मूल गर्ने पवित्र मनसायबाट मन्त्रीज्यूले कारबाहीको नयाँ काइदा जो प्रस्तुत गर्नुभयो, त्यो सोह्रैआना सराहनीय भएको कुरामा म ढुक्क भए“ । अख्तियार वा अरू निकायले समातेर अदालतमा बुझाएका भ्रष्टाचारीहरू अदालतबाट स-सम्मान रहिाइ भएर भ्रष्टाचारविरोधी ऐन, कानुन र निकायहरूलाई भु“डीले ठोक्काएर लडाउ“दै हि“ड् ने इतिहास हर्ेदा यो देशका निर्लज्ज, निर्वस्त्र र थेत्तरा भ्रष्टाचारीलाई जे गर्नुपर्ने हो, त्यो नै यादवजीले गर्नुभएको हो । केही कथित मानव अधिकारवादीहरू, कर्मचारीहरू, नागरकि समाज भनाउ“दाका मान्छेहरूले उहा“को यो हाकाहाकी विरोध गरेर नेपाललाई नया“ हुन नदिने षड्यन्त्रमा लागेको पनि देखियो । मन्त्रीज्यूकै बाहुलीबाट घोक्रेठ्याक लगाइएर मन्त्रीज्यू स्वयम्ले प्रयोग गर्ने पवित्र टट्टीखानामा दर्ुइ-चार घन्टा बस्दैमा भ्रष्टाचार पच् हुन्छ भने बसिदिउ“ला न त भनेर दङ्ग पर्ने भ्रष्टाचारी पनि भेटिए । त्यस्ताहरूलाई तह लगाउन पनि टट्टीखाना ऐन, ०६५ मा अरू थुप्रै दफाहरू थप गर्न आवश्यक देखिएकाले मन्त्रीज्यूलाई केही सुझावहरू पेस गरएिको छ । कुन स्तरको भ्रष्टाचारीलाई कुन सजाय गर्ने भन्ने कुरा मन्त्रीज्यू स्वयम् जानिफकार हुनुहुन्छ । मन्त्रीज्यूको अहिलेसम्मको काम गर्ने शैली हर्ेदा उहा“स“ग यस्ता काइदा कति होलान् कति † तैपनि, नया“ नेपालमा भ्रष्टाचार र गम्भीर अपराध गर्नेहरूका लागि व्यवस्था नगरी नहुने केही महत्त्वपर्ूण्ा दण्ड-सजायहरू मन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु । जस्तै ः क्रमशः कान समातेर उठबस गराउने, भाटाले हान्ने, गिट्टीमा घु“डा टेकाउने, दिसा खुवाउने, मोसो दलेर जुत्ताको माला लगाई सहर घुमाउने, इनारमा डुबाउ“दै झिक्दै सिस्नाले हान्दै गर्ने, कोर्रर्ाा हान्ने र सुम्ला बसेका ठाउ“मा अमिलो दल्ने, करेन्ट लगाउने, नाक काट्ने, गोप्य अङ्गमा खर्ुसानी दल्ने, जिउ“दै गाड्ने, छाला काड्ने, उभिन्डो पारेर झुन्ड्याई तलबाट आगोले सेकेर भ्रष्टाचारले बढेको बोसो पगाल्ने, ठूला कर्राईमा तेल तताएर डुबाउने, भुत्ते करौ“तीले रेट्ने इत्यादि । खुसीको कुरा, पापीहरूले नर्कमा दिइने सजाय नमरीकनै यही“ नया“ नेपालमा पाउने भए । हामी भाग्यमानी नेपालीले त्यो दिन पनि देख्न पाउने भयौ“ । प्रिय पाठक, एक्काइसौ“ शताब्दीमा यीभन्दा उपयुक्त दण्ड-सजाय अरू केके हुन सक्छन्, थाहा छ भने तपार्इं पनि सात दललाई सुझाव पठाउनुहोस् । अथवा वनमन्त्री पितृका यादवलाई सोझै सर्म्पर्क गर्नुहोस् । नया“ युगमा हामी यसरी नै प्रवेश गरौ“ । जय बजरङ्गबलि †

(नेपाल साप्ताहिकबाट)

Sunday, June 29, 2008

भूटान - जनआन्दोलनको आव्हान



भुटानी राजनीतिक दलहरूको मोर्चाबन्द संगठन एनएफडीले भुटानभित्र चरणबद्ध जनआन्दोलनका लागि देशबासीमा आह्वान गरेको छ । 
एनएफडीका सभापति बलराम पौडेलद्वारा हस्ताक्षरित पर्चारुपी अपिल शुक्रबारदेखि भूटानभित्र र्छर्दै भुटानमा वास्तविक प्रजातन्त्र वहालीका लागि आम भूटानीहरू एकजुट भएर आन्दोलन थाल्न आह्वान गरिएको छ ।
हालै सम्पन्न भुटानको संसदीय निर्वाचनलाई तथाकथित निर्वाचनको संज्ञा दिंदै त्यस्तो निर्वाचनलाई एनएफडीले मान्यता नदिने जनाइएको छ । अपिलमा भनिएको छ- "यस्तो नाटकीय प्रजातन्त्र दुनियाँमा कहाँ छ ? यसले प्रजातन्त्रको खिल्ली उढाएको छ, प्रजातन्त्रको नाममा भयानक षड्यन्त्र हुँदैछ।" 
नेपाल र भूटानलाई स्वदेश फिर्ती लगायतका समस्याका बारेमा पटक-पटक अपिल गर्दा पनि कुनै सुनुवाई नभएपछि जनआन्दोलनको विकल्प नभएको अपिलमा उल्लेख गरिएको छ।
अपिलमा पुस्तौंदेखि प्रतीक्षारथ प्रजातन्त्रवहालीका निम्ति सम्पूर्ण भूटानीहरू तन, मन र धनले एक जुट भई एक युगान्तकारी परिवर्तनमा अग्रसर बन्न ऐतिहासिक जन-आन्दोलनमा सामेल हुन भनिएको छ। तर, कहिलेदेखि कस्तो प्रकारको आन्दोलन थालिने भन्ने बारेमा भने अपिलमा उल्लेख गरिएको छैन ।
१८ वर्षघि भुटानी शासकबाट लखेटिएर नेपाली भूमिमा शरणार्थी जीवन बिताउँदै आएका १ लाख बढी भुटानी नागरिकहरूको स्वदेश फिर्तीको अभियान एनएफडीले आह्वान गरेको जनआन्दोलनसँगै जोडेर अघि बढाइने एनफएडी सभापति पौडेलले उल्लेख गरेका छन्।
झापामा र मोरङ्गका सात वटा शिविरमा रहेका भुटानी शरणार्थीहरूलाई समेत घरघरमा अपिल बाँडी जनआन्दोलनमा जुट्न आह्वान गरिएको छ।


Saturday, June 28, 2008

शरणार्थी शिविरमा विबाहको चाप

भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गर्न शुरु गरेपछि शरणार्थी शिविरमा विबाह गर्नेहरुको संख्या एकाएक बढ्न थालेको छ ।
 शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास गराउने जिम्मा लिएको संस्था आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संस्था (आइ ओ एम)ले आफ्नो कार्य शुरु गरेपछि विवाह गर्नेहरुको संख्या ७० प्रतिशतले बढेर गएको छ । बेलडाँगी २ स्थित भूटानी शरणार्थी शिविर व्यस्थापन समितिका सचिव नारदमणी सन्यासीले दिएको जानकारी अनुसार १ हप्ता भित्रमा १० देखि २० जना सम्मले विवाह दर्ता गर्ने गरेका छन् । 
 विवाह गर्न उमेर पुगेका अधिकांशहरुलाई विवाह गरेर जाँदा राम्रो हुने सल्लाह दिने भएकाले यो क्रम बढेर गएको हो । झापा र मोरङमा रहेका सातै वटा शिविरमा यो क्रम बढेर गएको छ । जसले गर्दा नौ दश कक्षामा अध्ययनरत युवायुवतीहरु विवाह गर्न उत्साहित रहेका पाइन्छ । विगतको तथ्याङ्कलाइ हेर्दा जन्मदर्ता भन्दा विवाह दर्ता एक्कासि बढेर गएको छ । 
 उमेर कलिलो देखिने केटाकेटीहरु समेत विवाह दर्ताका लागि आउने गरेका छन् । यसरी विवाह दर्ता गर्न आउने केहीले औपचारीक रुपमा विवाह नगरेको भए पनि दर्ता भने गर्ने गरेका छन् । पुनर्वासले गर्दा शिविरमा विवाह गर्ने लहर नै चलेको छ । अन्तवार्तामा विवाह गर्न उमेर पुगेकाहरुलाई जानु पूर्व नै विवाह गर्न प्रेरीत गर्ने गरेका छन् । त्यस्तै पुनर्वासको क्रममा चिनजान भएका र जानकार मान्छे को कहाँ पुग्ने हो भन्ने टुंगो नभएका कारण पनि विवाह गरे सँगै जान पाउने इच्छाले पनि यो क्रम बढेको हो । शिविरमा दैनिक जसो विद्यालय पढ्दै गरेका विद्यार्थीहरु समेत विवाह गरेर पढ्न छोडेको घटना समेत बढ्न थालेको छ ।

Friday, June 27, 2008

चन्द्रशेखरलाई 'मृत्युदण्ड' सदर

एक इन्डोनेशियन युवतीलाई मारेको अभियोगमा दुइ बर्षअघि तल्लो अदालतद्वारा मृत्युदण्ड सुनाइएका नेपाली नागरिक चन्द्रशेखर यादवको सजायलाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । 


२००३ को अक्टोबरमा भएको एक घटनामा एक इन्डोनिशयन युवतीलाई बलात्कारपछि हत्या गरिएको अभियोगमा चन्द्रशेखरसहित भारतीय ओनिकृष्ण मुधा र मसगलत सिदरनलाई तल्लो अदालतले दुइ बर्षअघि मृत्युदण्ड सजाय सुनाएको थियो । हिजो बुधबार दिउ“सो पुनरावेदन अदालतले सुनाएको फैसलामा हत्या अभियोगमा परेका नेपाली चन्द्रशेखरसहित अरु दुइ भारतीय नागरिकसमेतलाई मृत्युदण्ड दिने निर्णय भएको हो ।


एउटै अभियोगमा पक्राउ परेका अर्का नेपाली बुद्धिमान गुरुङ भने जेलसजाय भुक्तान गरेर घर फिरिसकेका छन् । तल्लो अदालतले मृत्युदण्ड फैसला सुनाएपछि यो मुद्धालाई पुनरावेदनमा अन्तिम फैसलाका लागि लगिएको थियो । पुनरावेदनपछि नेपाली दुतावासले पनि कतारी मुलकी वकिल मोना अब्देल रहिमलाई यो मुद्धा हेर्न नियुक्त गरेको थियो । 'अब हामी यो मुद्धालाई सर्वोच्च अदालतमा लैजानेछौं,'नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले भने-'चन्द्रशेखरको जीवनरक्षामा अन्तिम चरणसम्मै लागीपर्नेछौं, आशा मरिगएको छैन ।' 
सिरहा, बेलाहा-७ निवासी चन्द्रशेखरलाई तल्लो अदालतले मृत्युदण्ड दिने फैसला सुनाएपछि गठित 'चन्द्रशेखर बचाउ सहयोग समिति'ले कतारस्थित स्थानीय नेपाली समुदायबाट उनका नाममा झण्डै ३० हजार रियाल संकलन उठाइसकेको छ । यसमध्ये १५ हजार रियाल वकिलका लागि खर्च भएको छ भने बा“की भने अबको प्रकृया तथा अन्तिम निर्णयपछि 'तजबिजअनुसार खर्च गरिने' निर्णय दुतावासले गरिसकेको छ । 
 
  

भित्ते राष्ट्रपतीको अवतरण

बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके ,
अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै
अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै
आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो
अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ
शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ

जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।

- अशोक ” खलान को मान्छे ”

ड्राम्स्टाड जर्मनी

(सयपत्री व्लगबाट)

Sunday, June 22, 2008

SLC को नतिजा प्रकाशित

SLC result 2064

The office of the Controller of Examinations Sanothimi Sunday published the results of the School Leaving Certificate (SLC) examination for the year 2008, conducted three months back.

According to the published results, 64 percent of the total regular examinees and 32.24 percent from exempted examinees passed the SLC exam, known popularly as the iron gate to pursue higher studies.

Results are available by dialling 1600.

Altogether 379377 students had appeared in this year’s SLC exam conducted from March 17 to 27.


 

कोरिया सरकारको तर्फबाट नेपाली कामदार मगाउन शुरु



नेपाल सरकार र कोरिया सरकारकाबीच भएको संम्झौता अनुसार कोरिया सरकाको तर्फ बाट विभिन्न कम्पनीहरुमा कामदार लिने कार्य शुरु भएको छ । 

यो वर्षको लागि कोरिया सरकारले नेपललाई इ पि एस अन्तर्गत ५ हजार कामदार पठाउनको लागि कोटा दिएकोमा हाल सम्ममा १ सय ६० जना कामदारहरुलाई सम्झौता अनुसार नेपाल स्थित इपिएस अफिसमा संम्पर्क राख्न सूचना निकालिसकेको छ भने कोरियाका विभिन्न कम्पनीहरुले नेपाली कामदारहरु मगाउन शुरु गरिसकेका छन् । कोटा अन्तर्गतका अन्य सम्पूर्ण कामदार पनि यो वर्ष भित्रै आउने भएका छन् । 

श्र्रम सहचारी बद्री तिवारीले दिनु भएको जानकारी अनुसार काठमाडौं स्थित इपिएस कार्यालयले नाम प्रकाशित भएका ती ब्यक्तिहरुलाई आफ्नो कागजपत्र सहित तुरुन्त कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरेको छ । कामदारहरुलाई छान्दा कम्प्युटरको लिस्ट बाट कम्पनी आफैले नाम छान्ने हुँदा कामदार छनोट निष्पक्ष हुने सम्भावना छ । 

कसैले त म मिलाइदिन्छु भन्दै पैसा उठाइरहेका छन् नि भनी सोधेको जिज्ञासामा श्रम सहचारी तिवारी भन्नुहुन्छ , कसैको मान्छे संयोगबस परेका हुन्छन तर ठगहरुले मैले मिलाइदिएको भनेर पैसा उठाउँछन् । यो ठगी रोक्न सबै चनाखो रहनु पर्छ । सरकारले दलालहरुलाई पुरै निरुत्साहित गर्न खोज्छ , तर उनीहरुको झुठो गफमा सोझा व्यक्तिहरु फस्ने गर्छन । सरकार मात्र नभएर सबै चनाखो रहनु पर्छ ।

बरु कोरियामा रहेका कामदारहरुले आफ्नो आफ्नो कम्पनीमा कुरा गरी छनोट भएका कामदार माग गराएमा आफ्नो मान्छेलाई पनि सहयोग हुने र छिटो भन्दा छिटो बढी भन्दा बढी नेपालीहरु कोरियामा आउन सक्ने कुरा उहाँले जानकारी दिनुभएको छ ।

Friday, June 20, 2008

अनुत्तरदायी बनमन्त्री

 
बन तथा भूसंरक्षणमन्त्री मातृका यादवले ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेमाथि आफूले 'कारबाही' गरेको स्वीकारेका छन्। व्यवस्थापिका संसद्को बुधबारको बैठकमा उनले भने, 'भ्रष्ट कर्मचारीलाई मैले थुनेको हुँ।' मन्त्री यादवको यो स्पष्टीकरण राज्यसञ्चालनका कुनै पनि मानक र संहिताअनुकूल छैन। कुनै कर्मचारी भ्रष्ट छ या छैन भन्ने फैसला गर्ने दायित्व मन्त्री यादवको कार्यक्षेत्रभित्र पर्दैन। स्थानीय विकास अधिकारी डण्डुराज बेलाबखतमा विवादमा पदर्ैै आएका व्यक्ति हुन् तर उनी भ्रष्ट हुन् भने यो सरोकार अख्तियारवाला निकायको मात्र हो। यसअघि पनि मन्त्री यादवका व्यवहारहरू विवादग्रस्त थिए। विधिको शासनभन्दा आफ्नै सनकका आधारमा काम गर्ने उनको मौलिक परिचय बनेको छ। चाहे रक्तचन्दनप्रकरणमा उनको अतिरिक्त रूचिको विषय होस् या प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग वाक्द्वन्द्वको विषय होस्, सबैमा उनले प्रजातन्त्रका प्रचलित मानकहरू उल्लंघन गरेका छन्। खेलको नियमलाई नमान्ने र बाहुबलका आधारमा राजनीतिक गर्ने चलन भने नयाँ होइन। मध्ययुगमा आफ्नो वाणीलाई देववाक्य, संविधान वा कानुन दाबी गर्नेहरू यसरी नै व्यवहार गर्थे। त्यसका निम्ति कुनै विवेक या तर्कको आवश्‍यकता पर्दैनथ्यो तर मन्त्री यादवले वर्तमानमा त्यसरी नै आफ्नो कर्मलाई जायज बनाएका भने होइनन्। उनले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको घटनालाई औचित्यपूर्ण बनाउन 'क्रान्तिकारी' आवेशको लेपन गरेका छन्। उनले यस्तो भनिरहँदा संविधानसभाको बैठकमा सहभागी सभासद् र दर्शकहरू स्तब्ध बनेका थिए। सभ्य मानिसले योभन्दा अरू के नै गर्न सक्छ रर दुई वर्षयता मुलुकमा दण्डहीनताको चर्को अनिकाल छ। सशस्त्र विद्रोही माओवादी शान्तिप्रक्रियामा सामेल भएयता उसका कार्यकर्ताले जे गरे पनि छुट हुन्छ, कानुनको कठघरामा उभिनुपर्दैन। चाहे योङ कम्युनिस्ट लिगका कानुन मिच्ने गतिविधि होस् वा जनमुक्ति सेनाका। यस्ता विषय प्राकृतिक न्यायको सिद्धान्त र शान्तिसुरक्षा स्थापना गर्ने कुनै पनि निकायका निम्ति टाउको दुखाइका विषय बन्दैनन्। चीनमा सांस्कृतिक क्रान्ति हुँदा या कम्पुचियामा पोलपोटले शासन गर्दा नागरिक अधिकार र कानुनको हुनसम्म गाईजात्रा भयो। कुनै जग र आधार नभएको नाराको रक्षाकवच ओढेर गुन्डागर्दी गर्नुलाई क्रान्तिको निरन्तरताको परिभाषामा बाँधियो। सांस्कृतिक क्रान्तिको नाममा भएको यस्तो मानवद्वेषी व्यवहारलाई चीनले सच्याइसकेको छ र त्यो दस वर्षको समयखण्डलाई इतिहासको अन्धकार समय भनेर चित्रण गरेको छ। कम्पुचियामा पोलपोटले क्रान्तिको नाममा झन्डै २० लाख मानिसको ज्यान लिए, तर मानव सभ्यताले त्यो कुकर्मलाई अनुमोदन गरेन। माओवादीले पनि कालो इतिहासका ती क्रूरतालाई कतै समर्थन गरेको पाइंदैन तर त्यही पार्टीका जिम्मेवार नेता तथा सहयात्राको सरकारका मन्त्री चाहिँ चिहानमा गाडिइसकेको उही अमानवीय प्रेतात्माको उन्मादलाई उत्खनन् गर्छन् र न्यायसम्पादन गर्न भनी एकजना कर्मचारीलाई शौचालयमा थुन्छन्। यो सामान्य घटना होइन। माओवादीले यसको उत्तर राजनीतिक एवं सांस्कृतिक तवरले खोज्नैपर्छ।  

Tuesday, June 17, 2008

मरेको मान्छे

लम्पसार तेर्सिएको मानिसछेउ मुन्टो झुकाएर बसेको कुकुर घरिघरि पल्याक पुलुक दायाँबायाँ हेर्दै थियो। आँखा चिमचिम गर्दै कुइँकुइँ कराएको आवाज सुन्ने कोही थिएन। रातको बेला आवतजावन कमै थियो ।
उत्तरतिरबाट दुइ-तीनवटा बलेरो गाडी आइपुग्यो। लम्पसार मान्छेलाई देखेर अघिल्लो गाडीसँगै सबै रोकिए। । हतियारसहितका एक हुल मानिस गाडीबाट ओर्लिएको देखेर कुकुर अलि तर्सियो, तर उठेन । हुलको अघिअघि हिँड्ने मोटोघाटे अधवैशेले तेर्सिएको मानिसलाई हेर्दै आफ्ना साथीहरूलाई भन्यो "हैन साथी
हो, यो मानिसको सम्बन्ध हाम्रो पाटीसँग त छैन- तुरुन्तै बुझ्नु पर्यो।"
नेताले बेलाबेलामा आफू अत्यन्त भावुक व्यक्ति भएको बखान्दै आएको थियो। यहाँ पनि उ आफ्नो भावुकता पर्दशन गर्न चुकेन "सामन्ती र अर्धसामन्धी व्यवस्थामा यस्ता कयौँ व्यक्ति लावारिस भएर बस्नु परेको छ।"उसले भावुकतामा वजन थप्न आफ्नो आँखा पुछेजस्तो गर्यो। आफ्नो नेताको आदेश सुन्नासाथ
उसका साथीहरू सक्रिय भए। केही कतै लागे, कोही कता। केही मोबाइल चलाउन थाले। नेताले भन्यो" अरु पाटीका मानिसलाई दो षी ठहराउँदै नारा जुलुसकासाथ सद्गत गरिदिनु पाए गजप' फाइदा हुन्थ्यो। अस्ति भर्खर हाम्रा साथीले जाबो एकजनालाई कुटेर मार्दा कति साह्रो हल्ला गरेका अरु पार्टी मान्छेले -कति
हामीलेमात्रै हत्याराको आरेाप खप्ने -" केही बेरमै उसका सबै साथी जम्मा भए। एउटाले भन्यो"हाम्रो पार्टीसँग सम्बन्ध छैन रे छ।" अर्काले भन्यो"हेडक्वाटरका नेताहरुले उल्टै फसिने हो कि भनेर शङ्का
व्यक्त गरे।" अधवैँशेले मुन्टो हल्लायो। उनीहरू बाटो लागेको कुकुर हेरेर बस्यो। गाडीले मोड काटेपछि फेरि मुन्टो झुकायो। केहीबेरमै दक्षीणतिरबाट फेटा गुथेका मानिसहरूको अर्को हुल आइपुग्यो।
मुसुक्क हाँस्दै कालो कालो मोटो भुँडिवालले पानको पिक प्याच्च थुक्दै आफ्ना साथीलाई भन्यो" अपने लोग है कि दुसरा है - देखिए तो। अपना होगा तो इसिके नाम पे तहलका मचा देते।"
उनीहरूमध्ये एकले जबाफ दियो"चमडीसे तो पता चलाना मुश्किल है। गोरी चमडीके चलते अपना ही आदमीको एक बार लुढका दिया था"। नेताले भन्यो"तो चलिए।"
मध्यरातसम्म कयौँ समूह त्याहाँ आइपुग्यो। कसैले भने-यसको नाक चुच्चो छ। त्यसैले यो अरु नै हो। 
कसैले भने-यसको आँखा चिम्सो छैन। कसैले छाला गहुँ गोरो देखे भने कसैले कालो।
सबै आ-आफ्नो बाटो लागे। कुकुर रातभरि रोइरह्यो।

(प्राचीबाट)

Sunday, June 15, 2008

दस वषीया बालिकाले गरिन् पारपाचुके


उनी यति फुच्ची थिइन् कि अदालतको कोठामा हतारहतार पस्ने वकिल र कर्मचारीले उनलाई देखेनन् । लन्च ब्रेकमा सबै खाजा खान बाहिरिए । १० वर्षीया नुजुद अलिमात्र बेन्चमा बसेको देखेर न्यायाधीशले एक्लै के गरिरहेको भन्ने प्रश्न तेस्र्याए । 'सम्बन्धविच्छेद गर्न आएको,' उनले उत्तर दिइन् । नुजुद अलिका गरिब बाबुआमाले उनको बिहे ३० वर्ष काटिसकेको मानिससँग गरिदिए । ती मानिस नुजुदलाई कुट्थे । जबरजस्ती यौनसम्पर्क गर्थे । 

आफूले सहनुपरेको दुव्र्यवहारका बारेमा उनले आफ्ना अभिभावकलाई भनिन् । तर, उनीहरूले छोरीलाई सहयोग गर्न अस्वीकार गरे । सानिमाले उनलाई अदालतसम्म जाने बस खर्च र सम्बन्धविच्छेदका लागि खर्च दिइन् । साना विश्वविद्यालयले २००६ मा गरेको अध्ययनअनुसार ५२ प्रतिशत यमनी केटीको बिहे १८ वर्ष पुग्नुअघि नै भएको बताएको छ । नुजुदको घटना बाहिर आएपछि कैयौं बालिकाहरू सम्बन्धविच्छेदको विषयलाई लिएर सार्वजनिक भएका छन् । 'अब म शैक्षिक अध्ययन पूरा गर्न चाहन्छु । म वकिल बन्न चाहन्छु,' नुजुद भन्छिन् । उनका बेरोजगार बाबुका दुई श्रीमती र १६ छोराछोरी छन् । उनी काम खोज्दै यमनको राजधानी साना आए । तर, कामको सट्टा थप संकट पाए । उनले फेब्रुअरीमा नुजुदको बिहे ३० वर्ष नाघेका फायज अलि थामेरसँग गराइदिए । थामेर हाजाका स्थानीय बासिन्दा हुन् । उनी मोटरसाइकल डेलिभरी म्यानको काम गर्थे । 

नुजुदका अभिभावक सानै उमेरकी भए पनि बिहे गरिदिएर छोरीका लागि राम्रो गरेको दाबी गर्छन् । छोरीलाई बिहे गरेर दिँदा आफूले दाइजो पनि नलिएको बताउँछन् । तर, यो दाबी धेरैजसो यमनीले पत्याउँदैनन् । बाबुआमाले बताएअनुसार नुजुद नहुर्केसम्म फायजले यौनसम्बन्ध नराख्ने वचन दिएका थिए । ' हामीले त आफ्नी छोरी हुर्काउन दिएका थियौं,' आमा भन्छिन् । तर, यो दाबीलाई फायजले स्वीकार गरेका छैनन् । 

बाबु अदाल पनि आफ्ना दुई दिदीको नियति नुजुदले व्यहोर्नुनपरोस् भन्ने चाहँन्थे । एउटी दिदीलाई अपहरण गरिएको थियो भने अर्की आफ्नो रक्षा गर्न खोज्दा जेलमा थुनिन पुगेकी थिइन् । यी दुवै घटना अन्तरजातीय विवादले गर्दा भएका थिए । 'मैले त नुजुदलाई जोगाउन खोजेको थिएँ,' बाबु भन्छन् । भविष्यमा नुजुद बिहे गर्न चाहन्छिन् । तर, उनलाई बिहेको अर्थ थाहा छैन । उनी आफ्नै साथीहरूसँग लुकामारी र डोरी तान्ने खेल खेल्न मन पराउँछिन् । उनलाई चकलेट र नरिवलको बास्ना मनपर्छ । समुद्रमा पौडिन सकियोस् भनेर उनी कछुवा बन्ने सपना देख्छिन् । 

'मैले कहिल्यै समुद्र देखेकी छैन,' उनी भन्छिन् । दुलाहाको गाउँमै उनको विवाह भएको थियो । विवाहमा ४० जना उपस्थित थिए । विवाहमा नुजुदलाई तीन जोर नयाँ लुगा र २० डलर पर्ने आंैठी दिइएको थियो । नुजुदको दुःख विवाहको पहिलो रातमै सुरु भयो । श्रीमान्ले उनलाई सँगै सुत्न भने । नुजुदले मानिनन् र कोठाबाट निस्किन् । पछि उनी कुटाइ पनि खान थालिन् । हप्तांैसम्म उनी रोइन् । रात पर्न लाग्नासाथ उनी डराउँथिन् । 'मैले उनलाई मसँग नसुत्न भनेँ,' नुजुद भन्छिन्, 'तर, उनले भने हामी एउटै कोठामा सँगै सुत्नुपर्छ । तेरो बाउले मलाई ज्वाइँ मानिसकेका छन् ।' हप्तांै पछि माइत र्फकेर उनी रोइन् । सबै कुरा बताइन् । तर, उनका बाबु विवश थिए । 'पारपाचुकेको माग गरेर परिवारको इज्जत गुमाएको भए मेरा आफन्तले मलाई मार्ने थिए,' उनी भन्छन् । 

तर, नुजुदकी सानिमाले उनलाई अदालतमा जान गोप्यरूपमा सल्लाह दिइन् । नुजुदलाई अदालतको बेन्चमा एक्लै देख्दा विस्मित भएका न्यायाधीशले सप्ताहान्तमा उनलाई आफ्नो घर लाने निधो गरे । उनकी छोरीहरूसँग नुजुदले कहिल्यै नदेखेका पिङ र खेलौना थिए । उनीहरूसँग टेलिभिजन सेट पनि थियो । न्यायाधीशको घरमा टेलिभिजनमा रमाउँदै कार्टुन हेरेर नुजुदले तीन दिन बिताइन् । अदालत खुल्नासाथ न्यायाधीशले नुजुदका बाबु र श्रीमान्लाई गिरफ्तार गर्न प्रहरी पठाए । नुजुदलाई उनले मामाको हेरविचारमा राख्न दिए । यति हुँदाहँुदै पनि नुजुदको मुद्दा कसरी अगाडि बढाउने भन्ने अन्योल वकिल र न्यायाधीशहरूलाई थियो । नुजुद र उनका मामा कैयौं दिन अदालतमा झुले । एक दिन एउटी वकिल तथा महिला अधिकारकर्मी नसिर आइन् र सोधिन्, 'तिमी नुजुद हौ ? पारपाचुके चाहने तिमी नै हौ ?' 

नुजुदले स्वीकारिन् । 'मैले आफ्नो आँखालाई नै विश्वास गर्न सकिनँ,' नसिर भन्छिन् । नुजुदलाई देख्दा उनलाई आफ्नै आठवर्षे छोरी लामियाको सम्झना भयो । नसिर नुजुदकी श्रीमान् फायजलाई थुनेको जेलको कोठामा गइन् । यी दुईबीचको उमेरको अन्तरले उनलाई स्तब्ध बनायो । 'यस्ती सानी केटीसँग तिमी किन सुत्यौ ?' उनले झोक्किँदै सोधिन् । नसिरले सित्तैमा मुद्दा लड्ने र हेरविचारसमेत गर्ने वाचा नुजुदसमक्ष्ा गरिन् । उनले नुजुदलाई आफ्नो घरमा राख्न लगिन् । नसिरको झोँक अझै साम्य भएको थिएन । उनले यमनकै एकमात्र अंग्रेजी अखबार 'यमन टाइम्स' सँग सम्पर्क राखिन् । आफ्नो अधिकारका लागि एक्लै अदालत पुग्ने साहसी बच्ची नुजुदको कथाले मुलुकलाई नै मन्त्रमुग्ध बनायो । यो कथा विश्वभर फैलियो । अदालती कारबाहीको दौरान न्यायाधीश मोहम्मद घादीले झोक्किँदै नुजुदका श्रीमान् फायजलाई भने, 'विवाह गर्नका लागि यमनभरि तिमीले अर्की महिला फेला पार्न सकेनौ ?' 

तर, कानुनीरूपमा यी न्यायाधीश केही गर्न सक्दैनथे । यमनी कानुनमा वैवाहिक सम्बन्धभित्र यौनदुव्र्यवहारका लागि कसैलाई दण्डित गर्ने प्रावधान छैन जसले गर्दा नुजुदका श्रीमान् र बाबु जेलमुक्त भए । फायजले त नुजुदले दिएको पारपाचुके स्वीकार्न दुई सय ५० डलरसमेत मागे । नुजुदप्रति सहानुभूति राख्ने एक वकिलले यो रकम दिए । पारपाचुके स्वीकार गरेपछि नुजुद दंग परिन् । उनले भनिन्, 'मलाई चकलेट देऊ, स्याउ देऊ, केक र खेलौना देऊ ।' 

नसिरले उनलाई नयाँ लुगा किनिदिइन् । युरोपभरिबाट उनको शिक्ष्ााका लागि प्रस्तावहरू आए । एउटा अखबारले नुजुदलाई भव्य पार्टी नै दियो । एक पत्रकारले उनलाई मोबाइल उपहार दिए । यो अनुभवले आफूलाई अझ बलियो र बुद्धिमान् बनाएको भनाइ नुजुदको छ । 'म उत्पीडित जनताको रक्षा गर्न चाहन्छु । म अरू केटीका लागि उदाहरण बन्न चाहन्छु,' तीन कक्षामा पढ्दै गरेकी नुजुदले भनिन् ।

(नयाँ पत्रिकाबाट)

Saturday, June 14, 2008

शिविरमा गोली

प्रहरीद्वारा अत्याधिक खोजी गरिएका झापाको दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी युवा लालबहादर गुरुङमाथि गोली प्रहार भएको छ । 
 शनिवार बिहान साढे पाँच बजे बेलडाँगी १ का मणीराज सुब्बाको घरमा उनका साथी यादव गुरुङले उनलाई गोली हानेका थिए । 

 दायाँ काखीमा हानिएको गोली गोली बायाँ पट्टी निस्किएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई चिन्ताजनक अवस्थामा उपचारका लागि धरान पुर्र्याइएको प्रहरी निरिक्षक गोबिन्दराज काफ्लेले बताए ।

 प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका गुरुङ हत्या, अपहरण,  लुटपाट, डकैती आदि घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । 
 यसअघि बेलडाँगी शिविरका तेन्जीङ शर्ेपाको हत्या, विश्व खाद्य कार्यक्रममा कर्मचारीलाई गोली हान्ने आदि घटनामा आफ्नो संलग्नता रहेको उनले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी निरिक्षक काफ्ले ले बताए । 
(कुमार)

Friday, June 13, 2008

छोटा समाचारहरु

दमक ३१,जेठ झापाको दमक १० स्थित एक मोवाईल पशलबाट साढे आठ लाख मूल्य बरावरको धनमाल चोरी भएको छ ।
गए राती पशलको ताल्चा फोडेर त्यहा“ रहेको मोवाईल सेट, एलसिडी कम्युटर सहितका धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
चोरी कस्ले गर्यो भन्ने खुल्न नसकेको बताउ“दै प्रहरी नायव निरिक्षक मोहन थापाले घटनाको विषयमा अनुषन्धान भई रहेको बताउनु भयो ।
एक महिना अघि त्यहा“ एलपी लामाले पशल खोल्नु भएको थियो ।


दमक/झापाको दमक १३ मा रातपरेपछि जा“डरक्सी र लागू पदार्थ खाई होहल्ला गर्ने क्रम बढेपछि नियन्त्रयका लागि स्थानियवासीले प्रहरीलाई आग्रह गरेका छन् ।
आज स्थानिय बालुवाटार टोल विकास संस्थाले दैनिक हुने होहल्लाका कारण समाजमा नकारात्मक असर परेको प्रहरीलाई जानकारी गराएको हो ।
टोल विकास संस्थका अध्यक्ष वीरबहादुर चम्लागाईले संस्थाले त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाउने विषयमा पनि सहमती भएको बताउनु भयो ।

दमक/पर्ुनवासको प्रकृया शुरु भए लगत्तै झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरहरुमा सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ ।
शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगको सहयोगमा शरणार्थीको कानुनी उपचारमा संलग्न नेपाल बार एसोसिएसनले यस बर्षसम्बन्ध विच्छेदका घटना बढेको जानकारी दिएको हो ।
सन् २००७ मा ४५ वटा मुद्धा दर्ता भएकामा सन २००८ को ६ महिने अवधिमा तीन दर्जन बढी मुद्धा आएको उस्ले जनाएको छ ।
बारले भुटानी शरणार्थी शिविरमा हुने यौन अपराधको मुद्धा पनि हर्ेर्ने गरेको छ । शिविरहरुमा यौनजन्य अपराध विगतको तुलनामा कम भएको संगठनको दाबी छ ।

साथी कुमारबाट

लखपति बने माहुरीपालक किसान

आधा दशकअघि माहुरीपालन थालेका वासुदेव भट्ट अहिले लखपति बनेका छन्। दशरथ चन्द नगरपालिका- ४ पल्लाचौडालीका भट्टले एक घारबाट माहुरीपालन सुरू गरेका थिए। उनले माहुरीपालनबाटै व्यावसायिक फड्को मारेको देखेपछि गाउँका अन्य परिवार पनि अहिले माहुरीपालन व्यवसाय सुरू गरेका छन्। आधुनिक माहुरीपालनमा लागेका भट्टको सिको गरी पल्लाचौडालीका ४० परिवार अहिले माहुरीपालनमै व्यस्त छन्। आधुनिक माहुरीपालन सुरू गरेपछि यी किसानको आर्थिक जीवनमा समेत व्यापक सुधार आएको छ। पल्लाचौडालीका भट्टले छ वर्षअघिदेखि आधुनिक माहुरीपालन व्यवसाय सुरू गरेका हुन्। २०५९ सालमा वातावरण पत्रकार समूहले एक घार माहुरी दिएपछि सुरू भएको भट्टको सफल व्यावसायिक यात्रा अहिले अरूका लागि समेत गतिलो उदाहरण बनेको छ। भट्ट अगुवा कृषक हुँदै माहुरीपालन गर्न सिकाउने प्रशिक्षकसमेत भएका छन्। उनले प्रवर्द्धन गरेको माहुरी लगेर व्यावसायिक स्वरूप दिएपछि अन्य किसानको आयमा समेत वृद्धि भएको छ। प्रशस्त मात्रामा चरन क्षेत्र तथा उत्तर र दक्षिणमुखी जमिन भएकाले पल्लाचौडालीमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ। परम्परागत मुडे घार तथा माहुरी हटाएर यहाँका किसान आधुनिक घार, माहुरी र प्रशोधन सामग्रीको प्रयोग गरिरहेका छन्। सफल व्यवसायी भट्ट भन्छन्, 'माहुरीलाई चाहिने चिउरी, रिठा, लप्सी, टुणी र डालेघाँसलगायतका फूल फुल्नेजातका रूखबिरूवा प्रशस्त भएकाले सजिलैसँग माहुरी हुर्काउन सजिलो भएको छ।' छ वर्षको अवधिमा उनले झन्डै १० लाखबराबरका माहुरीका घार र मह बिक्री गरिसकेका छन्। अहिलेसम्म साढे दुई सयभन्दा बढी घार माहुरी र चार क्विन्टल मह बिक्री गरिसकेको उनले बताए। 'माहुरी पालनबाट नै घरपरिवार धानिएको छ।' मनग्य आम्दानी भएकोमा हर्षित भट्टले भने, 'गाउँका अन्य किसानले पनि राम्रै कमाएका छन्।' बैतडीमा सेराना जातको माहुरी फापेका छन्। त्रिपुरा सुन्दरी माहुरीपालन समूह खोलेर समूहबाट अरू किसानलाई माहुरी वितरणसमेत गरिन थालिएको छ। दशरथ चन्द नगरपालिकामा प्रवर्द्धन गरिएका माहुरी छिमेकी जिल्ला बझाङ र दार्चुलासम्म पुग्न थालेका छन्। पहिलो पटक गैंडाकोटबाट ९० हजार ट्रक भाडा तिरेर माहुरी भित्र्याएका थिए।

Thursday, June 12, 2008

झापा र मोरङ जिविसद्वारा बजेट सार्वजनिक

जिल्ला विकास समिति मोरङ ले आर्थिक वर्ष २०६५/६६ का लागि दुई अर्ब दुई करोड १२ लाख २३ हजार अनुमानित बजेट प्रस्ताव गरेको छ। सोमबार विराटनगरमा आयोजित १७ औं जिल्ला परिषद्को बैठकमा अनुमानित बजेट प्रस्तुत गरिएको हो। जिविस प्रमुख प्रेमप्रकाश उप्रेतीले कुल बजेटमध्ये विषयगत कार्यालयतर्फ ९३ प्रतिशत अर्थात् एक अर्ब ८८ करोड आठ लाख ९८ हजार, संघसंस्थाहरूतर्फ छ दशमलव ९४ प्रतिशत अर्थात् १४ करोड बजेट प्रस्तावित गरेको बताए। जिविस, जिल्लास्थित विषयगत कार्यालय र संघसंस्थाहरूको बजेटसमेत जिविसले कुल बजेटमा समावेश गरेको छ। कुल बजेटमध्ये जिविस मोरङ ले २५ करोड ६८ लाख ९७ हजार आफ्नै स्रोत जुटाउने लक्ष्य लिएको छ। सो रकम आन्तरिक स्रोत, जिविस केन्द्रीय अनुदान तथा अन्य संघसंस्थाबाट प्राप्त हुने आशा राखेको छ। बजेट प्रस्तुत गर्दै जिविस मोरङ का प्रमुख उप्रेतीले जिविसको कर, दस्तुर सेवाशुल्क तथा राजस्व बाँडफाँटबाट १० करोड ४४ लाख, जिविस अनुदान पुँजीगततर्फ ४१ लाख ४८ हजार, जिविस सञ्चालन अनुदानतर्फ एक करोड ३७ लाख, कृषि तथा स्थानीयस्तरका सडक आयोजनातर्फ एक करोड ३९ लाख, ग्रामीण खानेपानी तथा सरसफाइतर्फ ५३ लाख, गाविस सञ्चालन अनुदानतर्फ एक करोड ३० लाख, पुँजीगत अनुदानतर्फ पाँच करोड २० लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ तीन करोड सात लाख, स्थानीय विकास कोषतर्फ एक करोड १६ लाख प्राप्त हुने बताए। झापा समाचारदाताका अनुसार जिल्ला विकास समिति झापाले पनि आर्थिक वर्ष २०६५/६६ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार आयोजित १६ औं जिल्ला परिषद् बैठकमा सार्वजनिक गरिएको बजेटमा विकास अनुदानसमेत गरी कुल ७१ करोड ४७ लाख ९० हजार दुई सय १८ रूपैयाँ रहेको छ। सार्वजनिक गरिएको कुल ७१ करोड ४७ लाख ९० हजार दुई सय १८ रूपैयाँमा केन्द्रबाट प्रदान गरिने जिविस अनुदान विकास अनुदान, खानेपानी, सडक, कृषि, सामाजिक, सुरक्षा स्थानीय विकास कोष, भारतीय दूतावासबाट सञ्चालित योजनाको रकम, तीन नगरपालिका ४७ गाविस बजेट समावेश गरिएको छ। झापा जिविसको आन्तरिक कुल सात करोड २१ लाख ७० हजार अनुदान गरिएको समारोहमा वितरित बजेट पुस्तिकामा उल्लेख छ।

'मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ'

 

नेपाली दाजुभाइ दिदीबहिनीहरू, चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई सय चालीस वर्षअघि हाम्रा पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र संवेदनशील संक्रमणको स्थितिबाट गुज्ा्रिरहेको छ। देश र जनताको सुखदु:खमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्राणित हुँदै आएको सर्वविदितै छ। इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो। राष्ट्र, राष्ट्रियता सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानी आएका छौं। यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ। देशमा आजभन्दा सात वर्षअगाडि एउटा असहज, दु:खद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कुलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु। तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु। त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन्। मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेका तर मेरो अन्तरआत्मामा गुज्ा्रिरहेका केही कुरा ईश्‍वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फत नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु। नियति नै भन्नुपर्ला, म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न त चाहना थियो न त इच्छा न त कुनै भूमिकाको गुन्जायस नै थियो। त्यस्तै २०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरा पुजनीय दाजुभाउज्यूलगायत आफ्ना आत्मीय परिवारको बीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जिरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन। यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो न त हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तररूपमा भइरहयो जुन मेरा लागि अति दु:खदायी थियो र छ पनि। दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन्। उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन्। सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन्। यससम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्य तथ्य पनि बाहिर आएकै थियो। उच्चस्तरीय छानबिन आयोगले घटनाको बारेमा सत्यतथ्य जनसमक्ष ल्याएकै हो। समस्त नेपाली जनता र राजसंस्था शोकविहवल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय संवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ। यस्तै अर्को कुरा मेरो सम्पत्ति विदेशमा राखेको छ भन्नेजस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु। मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन। नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागतरूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन। परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन। राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन। नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्‍वास लिएको छु। जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु। यसको लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु। हामी नेपालीका महान् पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको, स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु। मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ। स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ। स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ। परम्परागतरूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन। म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भएको, गरेको कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन हुन गएको भएमा अन्जानमा यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु। विगत सात वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिकहरू, संवैधानिक निकायहरू, न्यायिक क्षेत्र, सुरक्षा निकायहरू, राष्ट्रसेवकहरू, शिक्षक, प्राध्यापक, विधार्थी, किसान, मजदुर, उधोगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघसंस्था, नागरिक समाज, पत्रकार, राजप्रासादसेवाका कर्मचारीलगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु। नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तर्राष्ट्रिय जगत् र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु। साथै नेपाल सरकारको तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु। नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगको लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्‍यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल (पूर्वराजा ज्ञानेन्द्रले २०६५ जेठ २९ मा नारायणहिटी दरबारमा आयोजित पत्रकारसम्मेलनमा वाचन गरेको प्रेसवक्तव्यको पूर्ण पाठ)

Wednesday, June 11, 2008

न्युयोर्कबाट लण्डनको दृश्यावलोकन विना इन्टरनेट

 
 
के न्युयोर्कमा उभिएको व्यक्ति ५५८५ किलोमिटर टाढा अटलान्टिकको पारी लण्डन मा उभिएको व्यक्तिलाई विना इन्टरनेट, टेली कन्प|mेन्स वा फोनद्वारा देख्न सक्छ अथवा उसँग अफ्नो कुरा सम्झाउनुको साथै के उसको कुरा आफु पनि सम्झन सक्छ -
अवश्य पनि, यो सम्भव बनाएका छन् एक चित्रकार र आविष्कारक पाँल जार्जका विशालकाय दुरवीन टेलेक्ट्रोस्कोपद्वारा यो सम्भव भएको छ अप्टिकल फाइबलको प्रयोगबाट ।
यसको तुलना न्युयोर्क र लण्डनको बीच एक काल्पनिक सुरुङबाट हुन सक्छ । जो यी दुवै महानगरको जोड्छ र जसमा दर्पणको सहयोगबाट तस्वीर र सन्देश एक ठाउबाट अर्काे ठाउमा पुग्ने गर्दछ ।
यो विशालकाय दुरवीनको एउटा शीर लण्डनको थेम्स नदीको किनारमा अवस्थित टावर ब्रिजमा निस्किएको छ भने अर्काे न्युयोर्कको इस्ट नदीको ब्रुकलिन ब्रिजमा अवस्थित छ । काठ र पीतलद्वारा निर्मित दुरवीनमा डायल, लीवर र थर्मामिटर लगाइएको छ ।
दुरवीनद्वारा तपाई अटलान्टिकको पारी उभिएको व्यक्तिलाई देख्न सक्नुहुन्छ । यदि तपाई उसतर्फहात हल्लाउनु भयो भने उ पनि त्यसैगरी नै जवाफ दिन सक्छ ।
दुवै शीरनेर राखिएको ब्हाइट बोर्डमा तपाई आफ्नो सवाल लेख्न सक्नुहुन्छ यदि अर्काे तर्फउभिएको व्यक्ति जवाफ दिन चाहेमा उ पनि आफु तिर राखिएको ब्हाइट बोर्डमा लेखेर जवाफ दिन सक्छ । ब्हाइट बोर्डमा सन्देश लेखेर दुरवीनको नजिक राखिन्छ जसकारण अर्काे तर्फउभिएको व्यक्ति आसानीसँग पढ्न सक्छ ।
ब््रुाकलीन ब्रिजमा आयोजक पीटर कोलमैनका अनुसार "यो कलाको नमुना हो र यसको र्सार्वजनिक स्थलमा मानिसको जिज्ञासा बढ्छ । मानिसको विश्वास नै हुँदैन कि अर्काे तर्फनजर आउने वाला मानिस तर कुनै अर्काे शहरको मानिस हो ।" यसलाई लिएर बच्चा धेरै उत्साहित छन र यसको आनन्द लिइरहेका छन

Monday, June 9, 2008

किताब किन्न गएका विधार्थी कुटिए, बिर्तामोडमा तनाव

पसलमा पाठ्यपुस्तक खरिद गर्न गएका विधार्थीमाथि हातपात भएपछि झापाको बिर्तामोड आइतबार दिनभर तनावग्रस्त रहेको छ। स्थानीय देवी माध्यमिक विधालयका विधार्थी र भद्रपुररोडस्थित युनिस पुस्तक पसलका सञ्चालकबीच विवाद भएपछि विधार्थीमाथि हातपात भएको थियो। पाठ्यपुस्तक खरिद गर्न गएका विधार्थीले आफूहरूमाथि उक्त पुस्तकपसलका सञ्चालकले कुटपिट गरेको बताए। विधालयका कक्षा नौ र १० मा पढ्ने २०-२५ जना विधार्थी उक्त पुस्तक पसलमा पाठ्यपुस्तक किन्न गएका थिए। विधालयका प्रधानाध्यापक लेखनाथ भट्टराईका अनुसार ती विधार्थी किताब किन्न भनी विधालयबाट बिदा लिएर गएका थिए। पुस्तकपसलका सञ्चालकसँग झगडा भई विधार्थी कुटिएपछि आफू घटनास्थलमा पुगेको र उक्त पसल बन्द गर्न लगाई विधार्थीलाई त्यहाँबाट फर्काएको उनले बताए। भट्टराईले झगडामा कक्षा १० का सुधिर महम्मद र जनकुमार लावती घाइते भएको जानकारी दिए। घटनापछि आक्रोशित विधार्थीले यातायात ठप्प पारी बिर्तामोडका सबै पसल बन्द गराएका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायबनिरीक्षक रामकुमार कार्कीले सुरक्षाका कारण उक्त पुस्तक पसलका सञ्चालक राजकुमार श्रेष्ठ र उनका छोरा विकास श्रेष्ठलाई प्रहरी कार्यालयमा ल्याएर राखिएको बताए। यसैबीच आवश्‍यकताअनुसारका पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै पुस्तक व्यवसायीले राजविराजस्थित साझा प्रकाशनको शाखा कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्। कक्षा ३, ९ र १० का पाठ्यपुस्तक नपाइएपछि व्यवसायीले उक्त कार्यालयमा तालाबन्दी गरेका हुन्।

Sunday, June 8, 2008

एघार नेपाली गिरफ्तार

 

 जबरजस्ती पैसा उठाउँदै आएको आरोपमा बनारस प्रहरीले शनिबार ११ जना नेपालीलाई गिरफ्तार गरेको छ। बनारस प्रहरीका अनुसार उनीहरूले भारतीय व्यापारीबाट जबरजस्ती पैसा उठाउँदै आएका थिए। बनारस प्रहरीको स्पेसल अपरेसन ग्रुपका एसएसपी विजय प्रकाशका अनुसार पक्राउ परेका ती नेपालीको साथबाट हतियार र विस्फोटक पदार्थसमेत फेला पारिएको छ। गिरफ्तार ती एघारजना नेपाली समूहको नाम मुन्ना बजरंगी रहेको छ। उनीहरूबाट तीनवटा पेस्तोल, तीनवटा रिभल्बर, पाँचवटा देशी पाइप बन्दुक, तीनवटा मोटरसाइकललगायत बरामद गरिएको उनले बताए। उक्त समूहको बनारस र आसपासका क्षेत्रका मुख्य हर्ताकर्तामा रिंकु तिवारी र विश्‍वास नेपाली रहेको एसएसपी प्रकाशले बताए। 'नेपालमा धन्दा चलाउँदै आएका उनीहरूका नाइकेले फोनमार्फत पैसा उठाउने निर्देशन दिने गर्दथे। फोनमा दिइएको निर्देशनको भरमा उनीहरूले उत्तर प्रदेशका पूर्वी भागका प्रतिष्ठित व्यापारीबाट जबरजस्ती पैसा उठाउँदै आएका थिए', एसएसपी प्रकाशले भने। गिरफ्तार भएपछि उनीहरूले एक इन्जिनियर र कम्युटर इन्स्िटच्युटमार्फत दुई लाख रूपैयाँ उठाएको बयान प्रहरीलाई दिएका छन्।

Saturday, June 7, 2008

इ.डि.भि. २००९ सातौं लट नतिजा


Eight Lot : EDV Result 2009 - नेपाल

दमकबाट
Laxman Bishwakarma Bhrikuti Chauk, Damak

झापाबाट
Laxman Bishwakarma Bhrikuti Chauk, Damak
Laxman Prasad Kattel Shirjanachowk, Jhapa


S. No. Name Address
1 Arjun Acharya Binamave, Baglung
2 Arjun Maharjun Kalanki, Kathmandu
3 Bhim Kumar Shrestha 3204
4 Bhuwaneshwar Adhikari 9624
5 Bimal Raj Paudyal 9999
6 Birendra Kumar Jha 3204
7 Bishnu Prasad Dhungana 5275
8 Buddhi Man Shrestha Maharjung, Kathmandu
9 Damodar Nepal 1213
10 Damodar Poudel Ratnanagar, Chitwan
11 Deviyani Laxmi Dixit 14253
12 Dhurba Baniya Main Road , Hetauda
13 Ganesh Bahadur Adhikari Archalbot, Lamjung
14 Ganesh Shrestha 2 Butwal
15 Gyanendra Kumar Paudyal 15129
16 Hari Prasad Poudel 1778
17 Jagadish Raut 24114
18 Kaushila Kharel (Sapkota) Baidikhanagar, Bharatpur
19 Khagendra Prasad Bhatt 24114
20 Khagendra Prasad Subedi 3204
21 Laxman Bishwakarma Bhrikuti Chauk, Damak
22 Laxman Khadka 1213
23 Laxman Prasad Kattel Shirjanachowk, Jhapa
24 Madan Deuja 3204
25 Man Kumar Bhattarai 3204
26 Manish K. Karn Sainik Tole, Biratnagar
27 Manoj Kuikel 1213
28 Mathura D. Guragai 3252
29 Maya Khadka 1213
30 Min Bahadur Rana Chitrabhanjyang, Syangja
31 Mukesh Prasad Sharma 8975 Epc 2522
32 Nabaraj Lamichhane Hetauda
33 Narayan Prasad Niraula 3204
34 Narendra K. Thapa Marbhung, Gulmi
35 Navin Ghimire Madhyapur, Bhaktapur
36 Neelam Shrestha 21749
37 Niroj Gautam 3204
38 Pabitra Kumar Mainali 2549
39 Prakash Paudel 2 Dumkibas, Nawalparasi
40 Pratima Adhikari Gattekulo, Kathmandu
41 Rajan Raj Dahal Dallu Awash, Kathmandu
42 Rajan Shrestha 3204
43 Rajendra Kumar Karki 4508
44 Raju Darji Tushal, Boudh, Kathmandu
45 Ram Sharan Khadka 3204
46 Ramu Pun Shankarnagar , Butwal
47 Ravi Maharjan 3204
48 Rohit Kumar Dhakeel Latikoili, Surkhet
49 Roji Ojha Pathak 3339
50 Roshan Bhandari 3204
51 Rupanath Bhattarai Tansen, Palpa
52 Sabitri Sharma 3204
53 Sand Priya Chaudhary Hattisarwa, Mohattari
54 Sangita Ghimire (Dhakal) B & B Hospital, Lalitpur
55 Santosh Pata Gaikhur, Gorkha
56 Shashi Bhatta Dr. K. I. Sing Road
57 Shraddha Baral 1213
58 Sijan Pandey (Pathak) 3204
59 Suk Maya Ale Buddha Chowk, Bharatpur
60 Sumugdha Rayamajhi 3204
61 Sundar Pokarel Mahendra Chowk, Inaruwa
62 Sunil Shahi (Khadgi) 3204
63 Suresh Babu Niraula 3204
64 Sushil Baniya 3204
65 Sushila Dhungana 1213
66 Tilak Tiwari 5911
67 Tirtaha Raj Ojha Lekhanath, Sishuwa, Kaski
68 Uddhav Baskota Uddhav, Sunsari
69 Umesh K. Pathak Charbahini Chowk, , Banke
70 Uttam Adhikari Buddhanagar, Rupandehi
71 Yam Dutta Luitel 232
72 Yuva Raj Gaire 232

Thursday, June 5, 2008

खुट्टाले नै लेखर लोकसेवामा नाम निकाल्ने चाहना

इच्छा भए केही गर्न कसैले रोक्न सक्दैन भन्ने कुराको उदाहरण बनेकी छिन् स्याङ्जा पुतलीबजारकी सुशीला ढकाल। लोकसेवा आयोगले साउन महिनामा नायबसुब्बा पदका लागि लिने परीक्षाको तयारी गरिरहेकी २५ वर्षीया सुशीलाले खुट्टाले लेखेर नाम निकाल्ने आँट गरेकी छिन्। 'नाम निकाल्न नसकिने प्रश्‍नै छैन। लोकसेवामा नाम निकाल्न पढ्ने धैर्य चाहिन्छ। दुई वर्ष धैर्य गरेर पढ्छु', मैतीदेवीस्थित सूर्योदय महिला छात्रावासमा बसेर स्नातकोत्तर तहको परीक्षा सकेकी ढकालले अन्नपूर्ण पोष्टसँग भनिन्। उक्त छात्रावासमा उनी नि:शुल्क बस्दै आएकी छिन्। सबै क्षेत्रलाई समावेशी बनाउने सरकारी घोषणाअनुसार अपांगता भएकालाई सरकारले पाँच प्रतिशत सिट आरक्षित गरेको छ। नायबसुब्बा पदका लागि उनले सामान्य प्रशासन र राजस्व गरी दुवै क्षेत्रको आवेदन फाराम भरेकी छिन्। भर्खरै सकिएको अधिकृत पदको परीक्षामा समेत सामेल भएकी सुशीलालाई त्यसले भविष्यका परीक्षालाई प्रोत्साहन र अनुभव प्रदान गरेको छ। 'राम्रो तयारी गर्नुपर्ने रहेछ भन्ने लाग्यो। लेख्ने शैली र विषयवस्तुका बारेमा थाहा भयो', उनले थपिन्। परीक्षामा सामेल भएर नाम निकालिछाड्ने उनको योजना छ । जन्मँदै कुमभन्दा मुनिको हातको भाग नभएकी सुशीलालाई लोकसेवा आयोगको परीक्षाप्रणाली भने चित्त बुझेन। समावेशी बनाउन अपांगता भएकालाई पनि सिट छुट्ट्याइएपछि त्यसैअनुसारको परीक्षाप्रणाली बनाउन भने नीतिनिर्माताहरू चुकेको उनको भनाइ छ । 'खुट्टाले लेख्ने र हातले लेख्ने दुवैलाई उत्ति नै समय, उही भौतिक संरचना उपलब्ध गराउने गरिएको छ', उनले आश्‍चर्य मान्दै भनिन्। हातले लेख्नेको भन्दा आफ्नो लेखाइको गति कत्ति पनि कम नभएको दाबी गर्ने उनी भन्छिन्, 'तपाईंको दाहिने हात जस्तो हो, मेरो दाहिने खुट्टा त्यस्तै हो, तर सबैलाई यो लागू हुँदैन।' जन्मजातबाहेक अन्य कारणले हात नचल्ने वा हात नभएकाको खुट्टाले लेख्ने गति कम हुने बताउँदै समावेशी संरचना बनाउने भए लोकसेवाको परीक्षाप्रणालीमा सुधार गर्नुपर्ने उनको भनाइ थियो। अपांगता कोटामा मात्र होइन, खुल्ला सिटमा समेत लोकसेवा लड्ने योजना बनाएकी सुशीला नीति निर्माण गर्ने ठाउँमा अपांगता भएका व्यक्ति नपुगेसम्म अधिकार प्राप्त नहुने बताउँछिन्। 'भोग्नेले मात्र समस्या बुझ्छ, अर्काले बोलिदिएर हुँदैन', उनी थप्छिन्। पछि परेकाहरूको सहभागिता प्रशासनमा हुनुपर्ने उनको जोड छ। सुशीलाको परिवारका सबै सदस्य सांग छन्। आफ्ना दुवै हात नभएकोमा उनलाई त्यस्तो विस्मात छैन।

Wednesday, June 4, 2008

EDV 2009 7th Lot Result

इ.डि.भि. २००९ सातौं लट नतिजा


S. No. Name Address
1 Abhishes Lamsal Bharatpur-7, Chitwan
2 Amit Shrestha Birgunj-5, Parsa
3 Anju Pandey 9624
4 Bhawana Kumari Nln 11897
5 Bimal Giri 24114
6 Bipan Darai Kathar-8, Chitwan
7 Chakur Rana Chhetri 8973
8 Debendra Rana 19436
9 Deepa Singh (Manandhar) 3204
10 Dhurba Raj Gautam Jaynagar-6, Kapilvastu
11 Hema Basnyat Kalimati-13, Kathmandu
12 Jib Bahadur Saru Magar Semlar-7, Rupandehi
13 Khagendra Parsai G.P.O.Box-1, Kahtmandu
14 Manoj Ghimire Ratnagar-2, Chitwan
15 Mohan Kumar Yadav 24114
16 Prabhakar Chandra Gupta 3826
17 Pramila Khadka (Gautam) 6250
18 Pratima Shrestha 1213
19 Rabindra Prasad Sharma Biratnagar-4, Morang
20 Ram Deo Mandal Rajbiraj-5, Saptari
21 Rupesh Raj Khanal 8973, NPC 584
22 Shiva Bahadur Rijal 3204
23 Subha Regmi 1213
24 Sudeep Acharya 20936
25 Suraj Bahadur Pandey 3204
26 Suresh Paudel Simalchour-8, Kaski
27 Sushila Adhikari 3204
28 Sushila Dhungana 1213
29 Vijay Kumar Chaudharya Pichara-15, Biratnagar
30 Yagya Hari Paudel P.O.Box-1, Rastra Bank