Showing posts with label nepali film. Show all posts
Showing posts with label nepali film. Show all posts

Tuesday, August 17, 2010

चलचित्र प्रचारप्रसारको सजिलो माध्यम फेसबुक

आफुद्धारा निर्देशित चलचित्र प्रदर्शनको समय मुख -मुखमा आएको बेला दुई जना निर्देशक भने त्यसको पब्लिसिटीको लागि गजबले लागेका छन् ।

आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र नाइ नभन्नु ल र २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र "दीपशिखा"काको पब्लिसिटीको लागि निर्देशकद्वय विकास आचार्य र नरेश पौडेलले फेसबुकलाई समातेका छन् । पाँच दिन अघि निर्देशक नरेश पौडेलले आफ्नो फेसबुकको वालमा दिपशिखाको दुई वटा पोष्टर सार्वजनिक गरिदिए । पब्लिसिटीका लागि खर्च विनाको यो सवै भन्दा सजिलो माध्यमलाई पक्रिएका यि निर्देशकले आफ्नो फिल्मको जानकारी दिन गायिका आगन्तुक खरेल, निर्देशक सविर श्रेष्ठ, आरजे तथा भिजे प्रतिमा श्रेष्ठ, नायिका सोभित सिमखडा, दिलिप गौतम, केपी पाठकलगायतका चलचित्रकर्मीहरू संगसंगै करिब ५० जनालाई एक साथ टयाग पनि गरि दिए ।