Monday, September 1, 2008

यो कुनै रमाइलो मेला होइन

२०६५ भाद्र १२ गते विहीबार ।
आज हामी दाजुभइ सप्तकोशी कटान क्षेत्रको भ्रमण गर्न गइरहेको थियौं । जाँदा बाटामा विभिन्न किसिमका दृष्यहरुको अवलोकन गर्ने मौका पनि पाइयो । पर्ूव पश्चिम राजमार्गमा अनियन्त्रित चौपाया बाटो अवरुद्ध गरेर बसिरहेका देखिन्थे, जसवाट सवारी साधन चलाउन असजिलो हुन्थ्यो । यस्तै अप्ठ्यारोको बावजुद पनि हामीलाई सप्तकोशी कटान भएको ठाउँमा पुग्नु नै थियो । हामी दिनको २ बजेतिर कटान क्षेत्रको लौकही पुग्यौं र त्यहाँको अवस्थाको अवलोकन गर्दा त्यहाँको अवस्था ज्यादै दयनिय र मार्मिक देखि बाहेक केही पनि थिएन । त्यहाँ हर्ेन गएका मानिसहरुको भिड कुनै रमाइलो मेलाको भन्दा कम थिएन बरु अलिक बढि नै थियो होला । लौकही सडक खण्डमा ५० मिटर जति सडक भत्काई पानी निकास गरेको थियो । त्यहाँबाट पश्चिम ठाउँ ठाउँमा त्यस्तै निकासहरु प्रशस्त रहेछन् । बाटाको दुवै छेउमा विस्थापित मानिसहरु पाल टाँगेर आश्रय लिएको देखिन्थ्यो । त्यहाँ केराको थम्वाहरु जोडी नाउ जस्तो बनाई बाढिभित्र बाट सामानहरु ओसारी रहेको दृष्य पनि देखिन्थ्यो ।