Showing posts with label कला/मनोरञ्जन. Show all posts
Showing posts with label कला/मनोरञ्जन. Show all posts

Sunday, April 22, 2012

यसरी बन्यो 'टाइटानिक' फिल्म

दीपेन्द्र लामा- मानव जातिकै गरिमामय उपलब्धि र सिर्जनशीलताको एक उत्कृष्ट नमुना हो 'टाइटानिक' फिल्म। त्यही भएर पन्ध्र वर्षपछि दोस्रोपटक थि्रडीमा रिलिज हुँदा पनि 'टाइटानिक'ले उसैगरी दर्शकको मुटु छोयो। एटलान्टिक महासागरमा टाइटानिक जहाज डुबेको शतवार्षिकी समुन्द्रको एउटा निश्चित विन्दुमा मनाइरहँदा जेम्स क्यामेरनद्वारा निर्देशित 'टाइटानिक' फिल्मलाई संसारभर दर्शकले थ्रीडी चश्मा लगाएर हेरिरहे। एक हिसाबले फिल्मको माध्यमद्वारा संसारभरका दर्शकले टाइटानिक दुर्घटनामा ज्यान गुमाएका १५१४ यात्रुप्रति समवेदना प्रकट गरे।