Friday, February 1, 2008

गोविन्दराजले सुटुक्क भेटे राजा

अन्तरिम संविधानमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएकोमा असन्तुष्ट कांग्रेसको समूहका नेता गोविन्दराज जोशीले राजा ज्ञानेन्द्रस“ग गोप्य भेटघाट गरेका छन् । जोशीस“गको भेटका विषयमा राजा ज्ञानेन्द्रले नै पत्रकारलाई जानकारी दिएका हुन् । जोशीलाई अघिल्लो बिहीबार भेटेपछि राजा ज्ञानेन्द्रले केही पत्रकारलाई भेटेका छन् । \'जनता आफैं बोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, गोविन्दराज जोशीस“ग पनि मेरो कुरा भयो । अब उनीहरू बोल्छन् भन्ने लागेको छ,\' राजालाई उद्धृत गर्दै एक पत्रकारले भने । अपराह्न पश्चिम गेटबाट नारायणहिटी छिरेका जोशी डेढ घन्टापछि बाहिरिएको स्रोतले खुलासा गरेको छ । स्रोतका अनुसार राजा ज्ञानेन्द्र र जोशीबीच भएको भेटका विषयमा गुप्तचर विभागका अधिकारीहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई समेत \'ब्रिफिङ\' गरेका थिए । राजालाई भेट्न जोशी ट्याक्सी चढेर दरबार पुगेका थिए । सातदलीय गठबन्धनको प्रमुख घटक कांग्रेसका असन्तुष्ट भनेर चिनि“दै आएका जोशीसहित खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, विजयकुमार गच्छेदार, रामकृष्ण ताम्राकार, गोपाल पहाडी, विनयध्वज चन्द, चिरञ्जीवी वाग्ले, पूणकुमार शेमालगायतले संविधानमै गणतन्त्र लेखिएकोमा विरोध गर्दै आएका थिए । कांग्रेस महासमितिले संघीय गणतन्त्रमा जाने निर्ण्र्ाागरेपछि पार्टर्ीीामपन्थीकरणमा भासि“दै गएको आरोप उनीहरूले लगाउ“दै आएका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री एवं बिनाविभागीयमन्त्री सुजाता कोइरालाले समेत संसद्बाट गणतन्त्र घोषणा भएकोमा विरोध गर्दै आएकी छिन् । उनले चैतमा चुनाव नभए २०४७ सालको संविधान नै ब्युताउनुपर्ने धारणासमेत राख्दै अँएकी छिन् । जोशीले राजालाई भेटेको दुइ दिनपछि समूहका अर्का नेता विजयकुमार गच्छेदारलगायतका नेताहरूले पोखरामा आयोजित एक कार्यक्रममा गणतन्त्रको चर्को विरोध गरेका थिए । उनीहरूलाई र्सवसाधारणले कालो झण्डा पनि देखाएका थिए । तर, जोशीले राजासग भेट नभएको दाबी गर्दै समाचार नलेख्न नया“ पत्रिका प्रतिनिधिलाई आग्रह गरे । \'म र मेरो टिमले राजालाई भेटेको छैन,\' जोशीले भने । तर, उनले संविधानमा गणतन्त्र लेखिएकोमा आफ्नो आपत्ति रहेको दोहोर्‍याए । \'सातदलको निर्ण्रानुसार गणतन्त्र घोषणा गर्नुलाई हाम्रो समूह स्वीकार गर्दैन,\' उनले भने, \'बरु केही जानकारी आयो भने मलाई बताउनुहोला ।\'