Sunday, June 22, 2008

कोरिया सरकारको तर्फबाट नेपाली कामदार मगाउन शुरु



नेपाल सरकार र कोरिया सरकारकाबीच भएको संम्झौता अनुसार कोरिया सरकाको तर्फ बाट विभिन्न कम्पनीहरुमा कामदार लिने कार्य शुरु भएको छ । 

यो वर्षको लागि कोरिया सरकारले नेपललाई इ पि एस अन्तर्गत ५ हजार कामदार पठाउनको लागि कोटा दिएकोमा हाल सम्ममा १ सय ६० जना कामदारहरुलाई सम्झौता अनुसार नेपाल स्थित इपिएस अफिसमा संम्पर्क राख्न सूचना निकालिसकेको छ भने कोरियाका विभिन्न कम्पनीहरुले नेपाली कामदारहरु मगाउन शुरु गरिसकेका छन् । कोटा अन्तर्गतका अन्य सम्पूर्ण कामदार पनि यो वर्ष भित्रै आउने भएका छन् । 

श्र्रम सहचारी बद्री तिवारीले दिनु भएको जानकारी अनुसार काठमाडौं स्थित इपिएस कार्यालयले नाम प्रकाशित भएका ती ब्यक्तिहरुलाई आफ्नो कागजपत्र सहित तुरुन्त कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरेको छ । कामदारहरुलाई छान्दा कम्प्युटरको लिस्ट बाट कम्पनी आफैले नाम छान्ने हुँदा कामदार छनोट निष्पक्ष हुने सम्भावना छ । 

कसैले त म मिलाइदिन्छु भन्दै पैसा उठाइरहेका छन् नि भनी सोधेको जिज्ञासामा श्रम सहचारी तिवारी भन्नुहुन्छ , कसैको मान्छे संयोगबस परेका हुन्छन तर ठगहरुले मैले मिलाइदिएको भनेर पैसा उठाउँछन् । यो ठगी रोक्न सबै चनाखो रहनु पर्छ । सरकारले दलालहरुलाई पुरै निरुत्साहित गर्न खोज्छ , तर उनीहरुको झुठो गफमा सोझा व्यक्तिहरु फस्ने गर्छन । सरकार मात्र नभएर सबै चनाखो रहनु पर्छ ।

बरु कोरियामा रहेका कामदारहरुले आफ्नो आफ्नो कम्पनीमा कुरा गरी छनोट भएका कामदार माग गराएमा आफ्नो मान्छेलाई पनि सहयोग हुने र छिटो भन्दा छिटो बढी भन्दा बढी नेपालीहरु कोरियामा आउन सक्ने कुरा उहाँले जानकारी दिनुभएको छ ।

No comments: