Showing posts with label in nepal volunteer. Show all posts
Showing posts with label in nepal volunteer. Show all posts

Friday, May 20, 2011

गोलधापमा अनिश्चितकालीन आन्दोलन


झापाको गोलधापस्थित शिविरका शरणार्थीलाई शिविर बाहिर आवतजावत गर्न आज पनि स्थानीयवासीले रोक लगाएका छन् ।
बिभिन्न छवटा माग राखी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका उनीहरुले दातृ निकायका गाडीसमेत चल्न दिएका छैनन् ।
शरणार्थी प्रभावित क्षेत्र गरामुनी गाबिसका बासिन्दा हिजोबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आज बिहानैदेखि शिविरका शरणार्थीलाई बाहिरभित्र गर्न रोक लगाइएको बताउँदै संर्घष समितिका संयोजक शान्ता उप्रेतीले भनिन, 'तेस्रोदेश जाने तयारीमा रहेका र त्यही प्रकृयामा दमक पुग्नेलाई भने हिंडेर शिविर बाहिर जान दियौं।' शरणार्थीलाई सहयोग गर्दै आएका दातानिकायका गाडीलाई शिविर प्रवेशमा रोक लगाइएको उनले बताएकी छिन् ।