Thursday, July 31, 2008

होटलमा हुने यौन विकृति रोक्ने सहमती

होटलमा हुने यौन विकृति रोक्ने सहमती
दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिनभित्र र्सवपक्षिय समिती गठन गर्ने र समितिले अनुगमन गरि निष्कर्ष निकाल्ने निर्णय समेत गरेको छ ।
त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो ।
दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो ।

फेरि अवैध काठ बरामद
दमक/अवैध रुपमा लुकाई राखिएको अवस्थामा प्रहरीले चालिस किवी काठ बरामद गरेको छ ।
झापा दमक ६ का रमेश पौडेललको घरमा लुकाई राखिएको अवस्थाम गएराती ४८ हजार रुपैयाँ मूल्य बरावरको चिरान काठ इलाका प्रहरी कार्यालय दमकको गस्तीले बरामद गरेको हो ।
बरामद भएको काठ अजै जिल्ला वन कार्यालय झापा पठाइएको छ । दमकमा इलाम चुलाचुली क्षेत्रबाट तस्करी गरि ल्याइएको काठ पटक पटक प्रहरीले समाउने गरेपनि तस्करी नियन्त्रण भने हुन सकेको छैन् ।

ज्वरोले सिंगो टोल थलियो
महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्ष माई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।


Wednesday, July 30, 2008

शरणार्थी लैजान भुटानलाई दबाव दिन आग्रह

प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई भुटानी शरणार्थी समस्या समाधानमा भुटान सरकारलाई दबाव दिन आग्रह गरिएको छ । 
 भुटान मानव अधिकार संगठनले आज कोईरालालाई अपिल पठाई श्रीलंकामा हुने पन्ध्रौ र्सार्क सम्मेलनमा समस्या समाधानकालागि भुटानका प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आग्रह गरिएको हो । 
 अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा लामो समय देखि समस्या अल्झदा स्वदेश र्फकन इच्छुक शरणार्थीको मानव अधिकारको संरक्षण हुन नसकेको उल्लेख छ । 
 शरणार्थीको तेस्रो मुलुक पुनर्वास शुरु भईसकेको अवस्थामा स्वदेश फिर्ती पक्षधरको अधिकार रक्षाकालागि स्वदेश फिर्तीको ढोका खोलिनु पर्ने माग संगठनले गरेको छ ।


यौन धन्दा चलाउने संचालक र युवती पक्राउ

दमक/होटलमा महिला कामदार राखेर यौन धन्दा चलाउने दमक १० का दुई जना होटल संचालक सहित नौ जनालाई पहरीले समातेको छ । 
 गएराती साढे दश बजे प्रहरीको गस्ती टोलीले स्थानिय पाथिभरा खाजा घरका संचालकद्धय रोशन श्रेष्ठ र नारायण श्रेष्ठ सहित उनीहरुलाई समातेको हो ।
पक्राउ पर्ने अन्यमा होटलका पाच जना महिला कामदार र अन्य दुई युवा छन् ।
 प्रहरी निरिक्षक गोविन्दराज काफ्लले होटलहरु आठ बजे साँझ बन्द गर्नुपर्ने सहमति यस अघि प्रशासन र व्यवसायी बीच भएको बताउनु भयो । तर नियमको बर्खिलाप गरेकोले छापा मारिएको उहाँले बताउनु भयो । 
 प्रहरी होटलमा छापा मार्न जाँदा झगडा गरिरहेका ग्राहक भने उम्कन सफल भएको प्रहरीको भनाई छ । दमकका होटलहरुमा यौन धन्दा चलाइएको खवर सार्वजनिक भएपछि प्रहरीले निगरानी बढाएको हो । 
अति भएपछि खति हुन्छ भनेको यहि हो । 




Tuesday, July 29, 2008

HAMAR NAYA NEPAL

National Anthem: Hamar Desh Pyara Madhesh 

National Cuisine: Sattu 

National Drink: Gudwa ka sharbat 

National Festival: Chatt ( In Lieu of Dashain) 

Second National Festival: Holi ( In lieu of Deepavali) Celebrated for a month with shit, cow dung and mud 

  

National Weapon: Baans Ke Latthi ( Ek haat mein talwar doosra mein dhaal. Duno haat khali nahi to lade kaise?) 

  

National Language: Bhojpuri 

National Pastime: Calling Bandhs to teach the saala pahadiyas a lesson. 

National Transport: Bayel Gada 

National Sport: Kidnapping, Extortion, Wife burning 

National Hobby: Corruption ( On the footsteps of our Vice President) 

  

NATIONAL CHARACTER: Indiscipline 

  

Cheers and have a good time JAY MADHESH HAMRA DESH

Sunday, July 27, 2008

छोटकरी समाचार

उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको विरोधमा आज पश्चिम झापामा सडकमा यातायात पूर्ण रुपमा ठप्प पारिएको छ । 
 जिल्लाको दक्षिणी गाविसहरुमा पनि उपराष्ट्रपति पुत्ला दहन गरिएको छ । शिवगंजमा युवाले विहान १० देखि एक घण्टा बजार बन्द गराएका छन् । 
 सुरुङा, दुर्गापुर, माइधार, धरमपुर र दमकमा सडकमा टायर बाली यातायातका साधन चल्न दिइएको छैन् । 
 माईधारमा विहान नौ बजे देखि अलपत्र परेका बोलबमका तर्ीथ यात्री लाई तीन घण्टापछि गन्तब्य तर्फजान दिइएको थियो ।
 सडकमा लाठी मुङग्री लिएर बसेका युवाले उपराष्ट्रपति झाको राजिनामा माग गर्दै चर्का नारावाजी गरेका छन् । 

--------------------------------------------------------------------------


सडकको अवस्था नाजुक बनेका कारण झापाको दुधेबाट शिवंगन्ज र महाभाराको कुन्जीवारीसम्म चल्ने यातायातका साधन बन्द भएका छन् । 
 त्यो रुटमा मेची यातायात संघसँग आबद्ध ६ वटा ठूला बस चल्ने गरेकोमा तीन देखि यातायात ठप्प रहेको संघका अध्यक्ष पूण्य ढकालले बताउनु भयो । 
 वर्षामा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटना हुन सक्ने खतरा बढेपछि यातायातका साधन नचलाइएको उहाँले बताउनु भयो । 
 शिवगन्जसम्म साना र हलुका जिपहरु भने पातलो गरि चलिरहेको शिवगंजका दीपक भेटवालले बताउनु भयो ।  

--------------------------------------------------------------------------


झापाको दुधे महाभारा सडक खण्डमा हालै कालोपत्रे गरिएको सडक एक महिना नवित्दै विग्रन थालेको छ । 
 त्यहाँ जिल्ला विकास समिती झापाले चन्द्रडाँगीबाट सात सय मिटर खण्ड बैसाख महिनामा निर्माण शुरु गरी एक महिना अघि सम्पन्न गरेको थियो । 
 तर सडक निर्माण सम्पन्न भएको केही समयमै सडकमा खाल्डा खुल्डी परेको निर्माण समितिका सचिव राकेशकुमार साहले स्वीकार गर्नु भयो । कमसल सामाग्री प्रयोग गरिएकोले सडक भत्केको उहाँले बताउनु भयो । 
 शिवगंजका स्थानियवासी लक्ष्मी यादवले सडक बनाउँदा हेल्चेक्राई गरिएकोले सडक भत्केको दाबी गर्नु भयो । उक्त सडकमा कालोपत्रे गर्न टेण्डर आव्हान नगरि स्थानिय छवि लुइटेल र गंगानन्द झालाई १५ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । 
 ठेक्दार झाले आफूहरुले सडक कमसल निर्माण गरेको प्रतिकृया दिनु भयो । 

कुमार लुइटेल

Saturday, July 26, 2008

देशभर झाको पुत्ला दहनः


उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा विभिन्न दल निकट भातृ संगठन तथा विद्यार्थीहरुले शुक्रबार पनि देशभर प्रदर्शन गरे । उपराष्ट्रपतिजस्तो मुलुकको सम्मानित पदमा रहेको व्यक्तिले मातृ भाषाको बेवास्ता गर्दै हिन्दीमा सपथ लिएको भन्दै विद्यार्थीलगायतका संगठनहरुले प्रदर्शन सुरु गरेका हुन् । झाको विरोधमा मधेशी जनताले पनि विरोध गरेका छन् । उनले आफ्नो मातृ भाषा मैथिलिलाई समेत उपेक्षा गरेको भन्दै झाले राष्ट्रघात गरेको जनाएका छन् । उनीहरुले सम्पूर्ण मधेशी जनताको शिर निहुराएको प्रतिक्रिया दिएका छन् । राजधानीलगायत देशका विभिन्न भागमा शुक्रबार झाको पुत्ला दहन गरियो ।


Friday, July 25, 2008

रअ को हस्तक्षेपपछि माओवादीमा मच्चियो बवण्डर ९-साउन-२०६५,बिहिवार रोडम्याप संवाददाता माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? प्रचण्ड–बाबुर

माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? 
प्रचण्ड–बाबुराम गुट किरण–वादल गुट  
पुष्पकमल दाहाल 'प्रचण्ड' मोहन वैद्य 'किरण' 
बाबुराम भट्टराई 'लालध्वज' रामबहादुर थापा 'वादल' 
बर्षमान पुन 'अनन्त' सीपी गजुरेल 'गौरव' 
नन्दकिशोर पुन 'पासाङ' पम्फा भुषाल 'विद्युत'  
हिसिला यमी 'पार्वती' नेत्रविक्रम चन्द 'विप्लव' 

काठमाडौं। नेकपा (माओवादी) भारतीय गुप्तचर संस्था 'रअ'को नियन्त्रणमा पुगेपछि त्यस पार्टीभित्र लामो समयदेखि चल्दै आएको दुई लाइन संघर्ष तीब्र बन्दै गएको छ। पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले 'रअ' को निर्देशनमा अन्तिम चरणमा पुगिसकेको वाम सहकार्य भाँडेपछि दुई लाइन संघर्ष थप तीब्र बन्न लागेको हो। संस्थापन पक्षले किरण–बादल गुट नै एमाले–माओवादी सहकार्यको बाधक भनी कूप्रचार गर्दै आएकोमा किरणले उक्त कूप्रचारको आफू निकट पत्रिका जनदिशालाई अन्तर्वार्ता दिँदै खण्डन गरेपछि दुई लाइन संघर्ष तीब्र बन्न लागेको थप रहस्योद्घाटन भएको छ। उनले भनेका छन्–“मैले सहमति तोडाउन भूमिका खेलें भन्ने कुरा विल्कुलै झुटा प्रचार हो। व्यक्तिगत रुपमा मेरो विचार भन्नुहुन्छ भने एमालेसँग जसरी भए पनि सहमति गरेर जानुपर्छ भनेर मैले अन्तिम अवस्थासम्म अडान राखेको थिएँ जुन कुरा पार्टी पंक्तिभित्र पनि प्रष्ट छ। त्यसैले वाम सहकार्य विरोधी भन्ने कुप्रचारले मेरो चरित्रहत्या गरेको छ।” किरणले प्रचण्ड र डा. बाबुराम भट्टराई भारतीय गुप्तचर संस्था 'रअ'को प्रभावमा परेर एमालेसँगको सहकार्य तोडेको संकेत गर्दै भनेका छन्– 'निश्चित रुपमा विदेशी चलखेल तिव्र भएको हो। साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको नियोजित योजनाकै कारण यस्तो स्थिति सृजना भएको हो।' 
 
बुधबार मध्यरातमा 'रअ'का नेपाल प्रमुख आलोक जोशीले दिएको गोप्य सल्लाहअनुसार एमालेसँगको सहकार्य तोडिएको रहस्य किरणको यो अभिव्यक्तिले पनि पुष्टी गरिसकेको छ। उक्त रहस्य क्रमशः सार्वजनिक हुँदै गएपछि जनयुद्धको सफलतासँगै संसदवादी दलहरुलाईसमेत आफ्नो एजेण्डामा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलाई पुर्‍याएको दाबी गर्दै आएको माओवादी नराम्ररी नांगिएको छ। वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुमात्रै होइन 'रअ' कै इशारामा नाच्दा आफ्नो उपयोगतावादी र धोकाधडीको राजनीति जनतासामु नराम्ररी नांगिएपछि माओवादी अहिले विक्षिप्त बन्दै सरकार नबनाउने धम्की दिन थालेको छ। बाबुरामको प्रभावमा अन्तिम क्षणमा गलत निर्णय गरेकोमा प्रचण्डले भूलप्रति आत्मालोचित हुँदै अहिले त्यस निर्णयकै प्रतिरक्षामा बढी शब्द खर्चिरहेका छन्। उल्टै आफ्नो पार्टी माधव नेपाललाई राष्ट्रपति स्वीकार गर्ने तहमा पुगे पनि  
एमालेले गृह, अर्थ र रक्षा मन्त्रालयको पनि माग गरेपछि सहमतिमा पुग्न नसकेको नक्कली तर्क ओकल्दै आफ्नो बचाव गरिरहेका छन्। 
प्रचण्ड र बाबुरामका कारण मुलुकको राजनीति फेरि संसदीय फोहरी खेलतिर धकेलिएको, अस्थिरताका कारण आगामी दिनमा भारतले अरु बढी चलखेल गर्ने सम्भावना बढेको, विकल्पमा रहेको जनबिद्रोहको कार्यनीति पनि धरापमा पर्ने सम्भावनाका कारण किरण–बादल समूह पार्टीलाई बचाएर लैजानुपर्ने निष्कर्षमा पुग्ोको स्रोतले बताएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पार्टी 'रअ'को प्रभावमा परेको बारे प्रचण्ड र बाबुरामको कडा आलोचना गरेको थियो तर सो बैठकमा बाबुराम रातो मुख लगाएर नाजवाफ भएको बुझिएको छ। किरण समूहको प्रभावकै कारण माओवादीले पार्टी सरकारमा नजाने निर्णय गरेको बुझिएको छ। बाबुरामको लाइन 'रअ' सामू लम्पसार परेकै कारण अब उनको विगतदेखिको भूमिकाका बारेमा गम्भीर समीक्षा हुन लागेको बताइएको छ। १२ बुँदे समझदारीयता प्रचण्डपथका बिचारका रुपमा देखिएका बाबुराम यो घटनासँगै कमजोर अवस्थामा पुगेपछि दुईलाइन संघर्ष अरु तीब्र बन्दै जाने माओवादी निकट बिश्लेषकहरु बताउँछन्। अहिले ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा किरण–वादल समूहको बलियो पकड देखिएको छ। प्रभावशाली नेताहरुसहित किरण समूहको पक्षमा २१ सदस्य रहेका छन् भने संस्थापन पक्षमा १४ सदस्य रहेका छन्। यद्यपि माओवादीनिकट स्रोतका अनुसार किरण समूहमा रहेका पाँच सदस्य तटस्थ जस्तो देखिएका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा 'प्रभाकर', मातृका यादव, खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतका नेताहरु तटस्थ रहेको स्रोतले जनाएको छ। तटस्थ रहेका यी पाँच केन्द्रीय सदस्यहरु संविधानसभा निर्वाचनअघिसम्म प्रचण्ड–बाबुराम निकट मानिन्थे। प्रचण्ड–बाबुरामको लाइन नराम्ररी नांगिएपछि अब माओवादीभित्र बिस्तारै किरण लाइन हावी हुने निश्चित जस्तै छ। किरण–बादल लाइन बिद्रोहमा जानुपर्ने पक्षमा रहेको छ।  
२०६१ साल भदौमा रोल्पाको चुनवाङ बैठकमा भट्टराईको लोकतान्त्रिक गणतन्त्रका लागि संसदवादी दलहरुसँगको सहकार्यको लाइनअनुसार अहिलेसम्म माओवादी चल्दै आएको थियो तर उनी भारतीय गुप्तचर संस्था 'रअ'को निर्देशन अनुसार चल्दै आएको र आगामी दिनमा माओवादीलाई मात्रै होइन सिंगो मुलुकको अस्तित्वसमेत खतरामा पुग्ने रहस्य सार्वजनिक भएपछि किरण–वादल समूह पार्टी कब्जा गनर्ुुपर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। अन्तिम अवस्थामा एमालेसँगको सम्भावित सहकार्य भाँडिएपछि किरण निकट प्रभावशाली नेता विप्लवले देशी–विदेशी प्रतिक्रियावादी र विस्तारवादी दलालको चलखेलका कारण एकता भाँडिएको बताएका छन्। वीरगञ्जमा आयोजित कार्यक्रममा संस्थापन पक्षले नियोजित आक्रमण गरेपछि विप्लवले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अखिल नेपाल ट्रेड युनियन महासंघ भोजपुरा उपराज्य समितिको प्रशिक्षण कार्यक्रममा किरण पक्षधर विप्लवलाई संस्थापन पक्षीय मधेशी नेता प्रभु साहको निर्देशन र क्षेत्रबहादुर श्रेष्ठ अनिलको योजनामा आक्रमण भएको रहस्योद्घाटन भइसकेको छ। स्थानीय वाइसीएलको अराजक समूहले उनीमाथि आक्रमण गरेको थियो। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार वीरेन्द्र शाहको हत्यामा समेत संलग्न अनिलमाथि प्रचण्डले नै कारबाही नगरी बचाएको बुझिएको छ।  

(रोडम्याप)

Wednesday, July 23, 2008

पोखरामा IT मेला

गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सले पोखरामा आजदेखि तीन दिनसम्म दोश्रो सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर सफ्टवेयरसम्बन्धी जिसीइएस आइटी महोत्सवको आयोजना गर्ने भएको छ ।

नेपाल सुहाउँदो सूचना तथा सञ्चार प्रविधि, कम्प्युटर सफ्टवेयर प्रविधि र यसले नयाँ नेपाल निर्माणमा खेल्नसक्ने भूमिकाका बारेमा व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ ।

नेपालका दुर्गम गाउँहरूलाई विश्वव्यापी सूचना सञ्जालमा जोड्नका लागि उपयुक्त हुने वायरलेस नेटवर्किङका बारेमा जानकारी दिने र विद्यार्थीले विकास गरेका सफ्टवेयर प्रणाली, सफ्टवेयर वृत्तचित्र, चेतनामूलक कार्यक्रम, आइसीटी खेल तथा हाजिरीजवाफ प्रतियोगिता, प्रवचन कार्यक्रम र आइसीटी व्यावसायिक संस्थाहरूका स्टलसमेत महोत्सवमा रहनेछन् ।

कुनै प्रकारको कच्चापदार्थ आयात गर्ननपर्ने र भौगोलिक कठिनाइ पनि नहुने सो उद्योगलाई आवश्यक पर्ने सफ्टवेयरको विकास, विस्तार र सुधार कार्य देशभित्रै गर्नसकिने र यसले रोजगारी सृजना गर्नसमेत सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।

Sunday, July 20, 2008

छोटकरी समाचार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्न प्रयास गर्ने गिरोहमा संलग्न एकजना भुटानी शरणार्थी प्रक्राउ परेका छन् । 
 झापाको काकरभिट्टाबाट नविन पौडेल नाम गरेका शरणार्थी युवा केही दिन अघि पक्राउ परेका हुन् ।
 उनले पोखरा र सोलुखुम्वुका पाँच जना नेपाली बाट तीन महिनाको अवधिका ३ लाख ५० हजार रुपैयाँ अशुल गरेको प्रहरीसँग स्वीकार गरेको भुटान समाचार संस्थाले जनाएको छ । 
 पौडेलले उनीहरुलाई अमेरिका जान १८ लाख रुपैयाँ लाग्ने भनेको समाचारमा जनाईएको छ । 
 झापाबाट उनलाई थप अनुसन्धानका लागि काठमाण्डौ  पुर्‍याइए पनि  थप केही खुलाइएको छैन् । पौडेलको साथबाट उनी भुटानमा रहँदा त्यहाँको सरकारबाट पीडित बनेको प्रमाण स्वरुप अन्तराष्ट्रिय रेडक्रसले उपलब्ध गराएको २४५ नम्वरको परिचयपत्र पनि बरमाद भएको छ ।  
  


भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनलाई पुनः गति दिईने भएको छ । 
 तेस्रो मुलुक पुनर्वास प्रकृयापछि स्वदेश फिर्तीको आन्दोलन ओझेलमा परेकोले शरणार्थीको छाता संगठन भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीको अगुवाईमा त्यस्तो अभियान चलाउन लागिएको हो । 
 समिती पुनर्गठन पछि अध्यक्षको जिम्मेवारी पाउनु भएका शरणार्थीका अगुवा डा. भम्पा र्राईले स्वेच्छिक स्वदेश फिर्तीको कार्यक्रमलाई पनि निरन्तरता दिने तयारी भई रहेको बताउनु भएको छ । 
 समितीको हिजो बसेको वैठकले नयाँ नेतृत्व चयन गरेपछि आन्दोलनको खाका तयार गरेपनि यस विषयमा थप केही खुलाईएको छैन् । 
राईले पुनर्वासमा जान अनिच्छुक शरणार्थीको लागि स्वदेश फिर्तीको ढोका खुला गर्न भुटानलाई दबाव दिन भारत, नेपाल र संयुक्त राष्ट्र संघलाई आग्रह गरिने बताउनु भयो ।  



झापामा ट्राफिक नियमको अवहेलना हुन थालेपछि अनुगमन बढाइएको छ । 
 आज दमकका विभिन्न स्थानमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले राजमार्गमा अनुगमन गरिरहेका छन् । 
इलाका प्रहरी कार्यालय दमकले प्रहरी टोली राजमार्गमा खटिएर नियम उल्लंघन गर्ने सवारी साधनको चेकजाँच गरिरहेको जनाएको छ । 
प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताउनु भयो मोटरसाइकलमा तीनजना चड्न नदिने , हेल्मेट लगाउन र सवारी साधनलाई नियम पालना गर्न अभिप्रेरित गर्ने काम प्रहरीले गरिरहेको बताउनु हुन्छ । 
 हिजो बसेको र्सवपक्षिय बैठकले जिल्लामा ट्राफिक नियम पालना गर्न कर्डाई गर्ने निष्कर्षनिकालेको थियो ।  


दमक रवि चिसापानी सडक खण्डमा तीन किलोमिटर नया“ ट्राक खन्ने कार्य संम्पन्न भएको छ । 
 पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमकले दिएको जानकारी अनुसार इलामको बा“झो गाविसमा नयाँ ट्र्याक खनिएको हो । 
 इञ्जिनियर लोकबहादुर कार्कीले तीन किलोमिटर बाँकी खण्डमा सडक मर्मत र सफाई गर्ने कार्यपनि सकिएको छ । 
 सडक निर्माण गर्न सरकारले यस गत आर्थिक वर्ष एक करोड रुपैयाँ बजेट निकासा गरेको थियो । सडक योजना रातो कितावमा पनि परेको छ । दमकबाट पाँचथर जोड्ने यो राजमार्ग दुरीका हिसावले छोटो हो ।  

कुमार लुइटेल


Saturday, July 19, 2008

प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा...



प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ । ग्लोब लगाएको हातमा चरा हुन्छ । अनि चरालाई उडाउँछन । त्यसपछि चरासँगै चक्कर खान्छन् उनी आकाशमा ।

यी तालिम प्राप्त चराहरू हुन् । स्कट भन्छन, "जसले प्याराग्लाइडरलाई न्यानो तातो हावा थर्मल भएतिर लैजान्छ, कहिलेकाहीँ वृत्ताकारमा चक्कर खाँदै डाइफ हान्ने कला सिकाउँछ । " कहिलेकाँही त चरासँगै आकाशमा उड्दैमा दिन बित्छ स्कटको । 

मौसम, तापक्रम र भौगोलिक आकर्षणका कारण संसारकै पाँचौं उत्कृष्ट प्याराग्लाइडिङ्ग गर्ने स्थलका रूपमा प्रसिद्ध पोखरामा सातवर्षघि सुरु भएको यो कार्यलाई प्याराहकिङ्ग नाम दिइएको छ । संसारकै पहिलो प्याराहकिङ्ग हो यो ।

अनुकूल मौसम, वर्षो आठ महिनासम्म उड्न सकिने, हिमाल तथा प्राकृतिक दृश्यावलोकनले प्याराग्लाइडिङ्गको लागि प्रसिद्ध यहाँ वाषिर्क झण्डै तीन हजारले उडान भर्ने व्यवसायी बताउँछन् । तर तीनको हुलमा चरासँगै आकाशमा उड्ने काममा भने स्कट अनौठो ढंगले व्यस्त देखिन्छन् । गुँडबाट खसेका, विरामी परेका वा घाइते रैथाने शिकारीचरा ल्याएर पालेको उनले बताए । तीनको उपचार र संरक्षण गरेर तालिम दिइएको छ । संसारमा साहसिक खेलका रूपमा विकसित प्याराग्लाइडिङ्गको पारखीसँगै उड्ने चरालाई तालिम दिन कम्तिमा तीन महिना लाग्छ ।

त्यहाँ तीनवटा ब्ल्याक काइट्स रैथाने चरा छन् । नाम सपना दिइएको छ । इजिप्सीयन गिद्ध र पोथी हडग्सन्स हक चील पनि छ । ब्ल्याक काइट्स र गिद्ध प्याराग्लाइडिङ्गको लागि हो । चील सौखले पालिएको हो । गोलाकार घरमा तारले बारेर पालिएको छ ।

पोखराको पश्चिमपट्टी लेकसाइडबाट साढे दुइ किमी फेवाताल किनारको रमणीय भागमा मायादेवी भिलेज नाम दिएर रेष्टुरेण्ट चलाएका उनले यसलाई प्याराहकिङ्गको गन्तव्यका रूपमा विश्वमा चिनाएका छन् । चराबारे रुचि राख्ने, चरासँगै उड्न इच्छुक र चराको उपचार खोज्नेहरू पनि उनीकहाँ पुग्छन् ।

"चरासँग उड्दा सुरक्षित हुन्छ र उडानका कला देखाउँछ," आकाश उड्दाका अनुभव बताउँछन स्कट । ग्लोब लाएको हातमा चरासँगै लिएर उडिन्छ । हावामा चराले उचाई लिएर उडान भर्छ । हातमा आएर बस्छ र फेरि उडेर चराले आफूसँगै तान्छ । "यसरी उड्नुको मज्जा नै बेग्लै हुन्छ, आर्श्चर्यजनक, साहसिक र रोमाञ्चकारी ।"

विदेशीहरू यही चरासँग उड्न आउने वाषिर्क दुइ दर्जन बढी हुने गरेको बताइन्छ । चरासँग विशेषगरी तालिम प्राप्त पाइलटहरू उड्छन् । " उडानको सिद्धान्त उही हो चरा र मान्छेको । तातो हावा पछ्याउँदै उडने," सनराइज प्याराग्लाइडरीङ्ग कम्पनी पोखराका पाइलट राजेश बमजन भन्छन् - शिकारुले सक्दैन र तालिमप्राप्त पाइलटले उड्ने हो । पाइलट राखेर उड्ने टेण्डम फलाईटमा बसेर चरासँग उड्न सकिन्छ ।

सबै चरा उड्न सक्दैनन् । नसक्नेहरूले मौसमको जानकारीसम्म दिन्छन् । सानैदेखि चराप्रति आकर्षिर् स्कटले चराबारे अध्ययन र तालिम दिन थालेको २५ वर्षभएको बताए । "त्यही अनुभवलाई समेटेर प्याराग्लाइडिङ्गप्रति रुचि भएकोले प्याराहकिङ्ग सुरु गरेको हो," स्कटले भने । पोखरामा सात वर्षअघि स्कट, एडम हिलसहितको विशेषज्ञ टोलीले प्याराहकिङ्गको विकास गरेको हो । फेवातालको रातमाटा, सराङ्गकोट र माटेपानीमा पुगेर शिकारी चरासँगको उडान गर्ने गरिएको छ ।

प्याराग्लाइडिङ्गमा दुइथरि उडान गरिन्छ । एउटा १५ सय मिटर उचाइको सराङ्गकोट माथिको आकाशमा न्यानो हावा भेटिन्जेल चील र गिद्धसँगै उडेर आधाघण्टामा ताल किनारमा ओरालिन्छ । अर्को एउटा उपत्यकाबाट अर्को उपत्यकामा उड्ने । तापक्रम, बादल र चराको निर्देशनमा लहरै उत्तरतर्फदेखिने हिमालतर्फएकदेखि डेढ घण्टाको क्रस क्रन्ट्री उडान गरिन्छ ।

मुख्य मौसम अक्टोवरदेखि जनवरी हो । व्यावसायिकतर्फअहिले दैनिक ४० जनाले उडान भर्ने गरेको र पोखरा प्याराग्लाइडिङ्गमा उड्नेहरू वार्षिक तीनहजार हुने पाइलट वमजनले बताए । तिनमा प्रायः सबै विदेशी छन् । विदेशीलाई ८५ डलर र नेपालीलाई ४५ सय शुल्क लाग्छ । उडानका लागि तीन व्यावसायिक संस्था छन् । विश्वकै सुन्दर नगरी पोखरामा साहसिक खेलको रूपबाट पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ्गले ठूलो योगदान पुर्याएको क्षेत्रीय होटल सङ्घका सल्लाहकार नीलकण्ठ शर्मा बताउनुहुन्छ । 

टान क्षेत्रीय च्याप्टरले पोखरामा विश्वकप प्रतियोगिता गर्ने लक्ष्यसाथ आठौँ अन्तरराष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता गरिसकेको छ । "विश्वमा नेपालमा मात्र चरासँग उड्ने प्याराहकिङ्गको आकर्षणले प्याराग्लाइडिङ्गका पाइलटलाई नयाँ विषय र आकर्षण थपेको छ," प्रतियोगिताका संयोजक टिकाराम सापकोटाले भन्नुभयो ।

यहाँबाट आठहजार मिटर अग्ला अन्नपूर्ण, धौलागिरी, मनास्लुसहित माछापुच्छ्रे हिमाल लहरै दैखिन्छन् । पहाडी भौगोलिक बनावट, मादी, सेतीलगायतका नदीहरू, पोखरा उपत्यका, फेवातालसहित सात तालको वाटिका सहर लेखनाथको दृश्यावलोकन मनोहर देखिन्छ । दैनिक दुइचोटि चरासँग उड्ने स्कटले चरासँग आकाशमा लुकामारी खेल्दै उडनुको साथै प्राकृतिक सौर्न्दर्यको पनि मज्जा पाइलटहरूले लिने हुँदा प्याराग्लाइडिङ्गको लागि भारत, युरोपीयन मुलुकभन्दा नेपाल उत्कृष्टस्थल रहेको धारणा राखे । 

विहान उठ्नु, चरालाई खुवाई पियाई गर्नु र घाम चर्किंदै गएपछि चरासँगै उड्नु स्कटको दिनचर्या हो । एउटा चराले दैनिक सय रूपैयाको मासु खान्छ । हेर्नेहरू र चरासँगै उड्न चाहने प्याराग्लाइडरहरू मायादेवी भिलेजमा उत्तिकै आउँछन् । वरपरका मानिसहरूले चरा घाइते हुँदा उपचार गर्न ल्याउने गरेको बताउँदै सेतो पुच्छर भएको चील चिडियाखानामा पुर्‍याएको बताए । 


Thursday, July 17, 2008

गइन् १०८ वर्षे ब्लगर


रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।
विश्वकै सबैभन्दा वृद्ध ब्लगर ओलिव रिलेको १०८ वर्षको उमेरमा शनिबार देहान्त भएको छ । उनी अस्ट्रेलियामा बस्थिन् ।
फेब्रुवरी, २००७ देखि उनले ब्लग लेख्न थालेकी थिइन् । ब्लगमा उनको मृत्युअगाडिसम्म लेखिएका ७० वटा फरक विषयका ब्लगहरू रहेका छन् ।
ब्लगमा उनले आफ्नो लामो जीवनको अनुभव र आधुनिक जीवनका बारेमा आफ्ना विचारहरू व्यक्त गरेकी छिन् । ब्लगमा दुवै विश्वयुद्ध र आर्थिक मन्दीका बारेमा पनि कुरा उठाएकी छिन् ।
२६ जुनमा लेखिएको अन्तिम ब्लगमा उनले आफ्नो अस्पताल 'केयर होम' का नर्स र आफूलाई भेट्न आएका शुभचिन्तकसँग खुसीका गीत गाएको उल्लेख गरेकी छिन् ।
गएको शनिबार न्यू साउथबेल्सको एउटा नर्सिङ होममा उनले आफ्नो १०८ वर्ष पुरानो देहत्याग गरिन् ।
उनको मृत्युपश्चात् उनको ब्लगमा अन्तिम सन्देश यसरी लेखिएको छ, 'हाम्री पि्रय मित्र ओलव रिले आफ्नो जीवनको अन्तिम सास फेरिन् । हजारौं इन्टरनेटका मित्रहरू र सयौ आफन्तहरूलाई उनको रित्तता महसुस भइरहनेछ ।'
रिलेले आफ्नो अन्तिम ब्लगमा लेखेकी छिन्, 'मलाई विश्वासै हुन सकेको छैन, म दुई हप्तादेखि नर्सिङ होममा छु । नर्सहरूले मेरो हेरविचार राम्रोसँग गरिरहेका छन् ।'
रिलेको जन्म २० अक्टोवर १८९९ मा ब्रोकेन हिलमा भएको थियो । डकुमेन्ट्री निर्माता माइकल रुब्बोले बताएअनुसार नै उनलाई ब्लग लेख्न सल्लाह कुनै मित्रले दिएका थिए ।
अस्ट्रेलियाको एबिसी न्युजलाई रुब्बो भन्छन्, 'रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।'
रिलेका नातिका अनुसार उनी ब्लगका माध्यमबाट संसारभरिका नयाँ मानिससँग जोडिएकी थिइन् । यसले उनको मन र दिमागलाई सधै ताजा बनाइराख्थ्यो ।

Monday, July 14, 2008

काल्पनिक

   यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

  हुन त म तिनै लेखकमध्ये पर्दछु, जो लेख्न त धेरै लेख्दछु तर केही रकम छोडेर प्राप्त गर्न केही सकेको छैन । पत्रिकाले माग्यो कि म गरिब लेखकको उत्साह बढेर आएको हुन्छ । म आफूलाई जसरी भए पनि ठोकठाक गर्छु र लेख्ने लायक बनाउाछु । यतिका वर्ष लेखेर पनि जुन भाउ मलाई दिएका छन् समालोचकहरूले त्यो भन्यो भने हाँसो उठ्दो होला । अझ मेरो पछिल्तिर नलेखेर त के के भन्दा हुन् । म सान्त्वना के गरी आफूलाई दिन्छु भने ती बेवकुफहरू यति लेख्न सकिरहेका छैनन् त्यसैले यस्तो भन्छन् । म केही रकम त पाउँछु लेखेबापत । यसले मेरो परम दरिद्रतामा केही कमी आउाछ भने, तिनका भनाइहरू ईष्र्या नै मान्छु ।

  लेखेर मैले चामल पनि प्राप्त गरेको छु, रक्सी पनि । यहाा तेस्रो कुराको पनि उत्सुकता होला । म स्पष्ट भनिदिउा, मैले तेस्रो कुरो पनि लेखेर पाएको छु । लेखनबाट प्रभावित पारेर होइन नि फेरि । लेखनबाट प्राप्त रकमबाट प्रभावित पारेर । काठमाडौंमा भात खान गाह्रो छ । त्यो तेस्रो कुरो भने उपलब्ध गर्न सजिलो छ, तुलनात्मक रूपमा । कहिलेकाहीं पेटभरि ख्वाइदियो, ऊ पनि तृप्त, आफू पनि तृप्त । भोकपछिको भोक मारिन्छ फोसामा ।

  त्यसो त मलाई लेखक भनेर पूरा स्वीकार गर्न पनि कति जना मात्र चाहादैनन् । भन्छन्­ चारखालको नौसिन्दा पनि त लेखक हो भनेर किन नमान्नु ? यसको जवाफ के दिने ? बोल्नेले पनि यस्तो खरो कुरा मातेपछि नै गरेको हुन्छ । त्यसमा मैले मातेर दिने जवाफको फेरि के अर्थ ?

  कुनै बेला मोसो दलेर हो कि होइन तर डाँडा कटाइदिनुपर्ने लेखक भन्ने पनि सुनेकै हुा । यो लेखक होइन, लेख्ने रहर गरेर बाँचेको मान्छे हो भन्ने पनि यिनै कानले सुनेका छन् । अपमान गर्ने लगभग सम्पूर्ण विशेषण मैले प्रोटिनसरह आत्मसात् गर्नु परेकै छ । अब यतिका भइसकेपछि म फेरि किन पछि हट्ने ? मैले पनि तिनीहरूलाई ईष्र्यालु बनाउने राम्रै प्रतिबद्धता पालेको छु । यो देशमा मभन्दा खराब लेखकै छैन जस्तो गर्दछन् । के त्यस्तो सम्भव छ, जतिसुकै राम्री केटी भए पनि, त्योभन्दा राम्री भेट्ने सम्भावना हुादैन र ? जतिसुकै कुरुप भए पनि अझ कुरुप भेटिने सम्भावना पनि भइरहन्छ । लेखमा पनि त्यस्तै हो । म जतिसुकै खराब लेखक भए पनि म भन्दा खराब लेख्ने लेखक पनि पाइन्छ । पैसा दिन्छन् भने मै खोजेर ल्याइदिन्छु । केही भएन भने, अन्त्यमा मै हुा मभन्दा खराब लेखक भनेर उभ्याइदिन्छु । उनीहरूलाई मभन्दा खराब लेखक चाहिएको त हो नि । मैले नै मलाई नै मभन्दा खराब लेखक भनेर प्रस्तुत गरेपछि त तिनीहरू झन् हर्षविभोर हुनुपर्ने हो तर यी सब निर्भर गर्दछन्, मलाई तिनले दिने पैसामाथि । 

  मेरो एउटै भनाइ छ­- पैसाका लागि लेख्छु भने, राम्रो पैसा पाए पैसैका लागि लेख्न छोड्न पनि सक्छु । यसमा के छ र ?

  अहिले त मलाई आˆनो लेखकीय व्यक्तित्व धान्नसमेत लगभग सारा पत्रपत्रिका आउनुपर्नेछ, आएकै छु । जोसुकैले जेसुकै भनोस् । लेखक नमाने नमानोस्, पत्रिकाले छापुन्जेल दिनु पर्दछ । जुनमा पनि दिन्छु । प्रतिभा-प्रतिभा छाडौा । मागेर दिएन भने पछि पर्ने ठूलो डर छ मलाई । अरू केही नभए पनि, म प्रत्येक पत्रिकामा प्रकट हुने लेखकका रूपमा त चर्चितै छु । यो पनि त उपलब्धि नै हो ।

  यहाँसम्म त ठीक थियो तर यस पटक मेरो दोस्रो दरिद्रता प्रकट हुने डर भएको छ । मैले राम्रो-नराम्रो छाडौँ, यति विषयमा लेखेा अब मसित विषय नै रहेन । दोहोर्‍याउने-सोहोर्‍याउने सब गरेर सिध्याइसको । सम्बन्धका सबै स्वरूप लेखिसकेा । राजनीतिक व्यङ्ग्य लेखिसकेा सबै प्रकारका । समाजका जति खराबी छन्, सब समेटिसकेा । आजको विज्ञान प्रविधि, पर्यावरण, प्रकृति सारा परिसके । अब के लेख्ने ?

  अब केवल एउटा पात्र जोगिएको छ जुन मैले लेखेको छैन । नलेख्ने कारण पनि छ । सो पात्र नितान्त काल्पनिक हो तापनि त्यसका केही कुराहरू जोरजार पारेर खोजेको छु । यो एउटा फ्याङल्याङे पात्र हो, होइन ? खाते होइन तर निम्नमध्यम वर्गीय अव्यवस्थित । खाते केलाई भन्छन् ? तर भन्नलाई भनिदिउा, यो पात्र एउटा निम्न मध्यमवर्गीय खाते हो । दुई प्रकारको मोजा लगाउनु यसका लागि मामुली कुरा हो । यसको घडीले दिनको दुईपटक सही समय दिन्छ । दुई बजेर पच्चीस मिनेटमा । यसकारण कि घडी दुई बजेर ठ्याक्क पच्चीस मिनेटमा कैयौँ दिनदेखि रोक्किएर बसेको छ । दिउासोको समय त यो पात्र हेर्न भ्याउाछ । प्रसन्न पनि हुन्छ, अहिले त दियो नि ठीक समय तर राति दुई बजेर पच्चीस मिनेटको सही समय ऊ हेर्न भ्याउादैन । त्यसबखत ऊ मदिरा सेवन गरेर मस्त निदाएको हुन्छ । यसरी आˆनो घडीले दिने सही समयको ऊ पचास प्रतिशत मात्र उपयोग गर्न भ्याउाछ । पक्कै घडीको ब्याट्री सकियो । फेर्न पैसा लाग्छ । त्यसकारण फेर्दैन । घडी दिनदिनै भिर्छ । संजोगले कसैले ऊसित समय सोधेको छैन । एकपटकबाहेक । एकपटक एउटी तन्वङ्गी केटीले अनुहारमा हतारको तीव्र भावसहित सोधी- "कति बज्यो दाइ ?"

  उसले साँच्चिकै घडी हेर्‍यो । अनि साँच्चिकै आˆनो घडीमा जुन समय सदाकालदेखि बजिरहेको थियो, त्यही बताइदियो । यस्तो नहुादो हो अन्य परिस्थितिमा । केटी अत्यन्त रुपवती थिई । त्यसको रुपबाट प्रभावित मेरो त्यो पात्र निकै हदसम्म आत्तिएको हुादा उसले त्यहाँ सत्य बोल्दा सत्य, असत्य बोल्दा असत्य हुन्छ भन्ने तथ्य ठ्याम्मै बिस्र्यो । केटी मिलनसार थिई । हाँसी । हाँस्दै भनी- "मैले त १२ बज्यो कि बजेन भनेर जान्नलाई सोधेकी थिएा ।" त्यसपछि त्यहाँ अडिइन त्यो केटी ।

  मेरो पात्र सत्य बोलेर जरिमाना तिरेजस्तै गरी उभिइरहृयो, उसले घडी तत्काल झिकेर मिल्काइदिने समेत नसोचेको होइन । पछि फेरि सोच्यो कुनै दिन त कसैले दुई बजेर पच्चीस मिनेटमा समय सोध्ला ? त्यो प्रश्न कुनै केटीले गरी भने यस केटीप्रति भएको गल्ती सपार्ने मौका पाइन्छ । अहिलेलाई एउटी राम्री केटीलाई सानो मानवीय सन्तुष्टी दिन असफल भएकामा उसलाई घोर पश्चाताप भइरहृयो केही बेरसम्म । त्यसपछि ऊ कतै अन्त लाग्यो ।

  घडीपछि उसको जीवनमा जुत्ताको पालो आउाथ्यो । अहिले जुन जुत्ता ऊ लाएर हिाडिरहेको थियो, त्यो कोही अरूको थियो । प्रायः गरेर रक्सी खाएर निस्किादा कुनै अरूकै जुत्तामा खुट्टा छिराएर हिाडिदिन्थ्यो । प्रायः त्यस्तो भएकाले उसको बानी नै भन्ठानुा । पछि जुत्तावालले कसैगरी पत्ता लगाएर उसबाट आˆनो जुत्ता प्राप्त गर्दथ्यो, खुसी हुादो हो । उसका जुत्ताहरूको तुलनामा तीमध्ये कुनैका पनि जुत्ता उम्दा केटिका हुन्थे । यसपटक गोलमालमा पनि गोलमाल भयो । पन्ध्र दिनभित्रमा तीन जोर जुत्ता फेरिदिएछु अर्काकै । अब असल र खराब पनि ती तीन जोर जुत्ताका बीचमा पो गर्न थाल्यो । यद्यपि तीनै जोर अर्काको थिए । तैपनि उसलाई अपसोच केमा लाग्यो भने दोस्रो जुत्ता राम्रो थियो, त्यो फेरेर तेस्रो जोर लगाउन पुगेकोमा उसलाई थकथक थियो । उसको आˆनो जुत्ता त कहाँ होला कहाँ होला ? आजसम्म दावी विरोध आएको छैन । अब त यही जुत्ता पनि फाट्ने बेला भइसक्यो । उसको सोचाइ हो । अब त उसको आˆनै जुत्ता यीभन्दा साबुत देखिने बेला आइसक्यो ।

  एक दिन भोक लागेको थियो । बिहानको समय थियो । एउटा मित्रको घर नजिकै थियो । पसिदियो । पत्तो पाउादैन थिए । जस्तो त्यहाँ ऊ दस महिनाभन्दा बढी भएको थियो नपसेको । त्यतिमा त एउटा बच्चाको गर्भाधान, जन्म र थोरबहुत हुर्काई पनि थालिइसकेको हुन्छ ।

  त्यहाँ गयो । गएपछि थाहा पायो भित्र योगा सिक्न थालेको थियो र योगा गुरुको प्रतीक्षा गरिरहेको थियो पूरा परिवार ।

  मित्रले भन्यो- "तिमी पनि गर आज ।"

  गुरु आयो । गुरुले आफूलाई गुरु देखाउने प्रयत्न जतनसाथ गरेको थियो । लामो केश । पहेालो वस्त्र र पहेालो उपर्ना । जान्न त जान्ने रहेछ । योग पनि र बोल्न पनि । योग सिकाएर गुरु अन्यत्र प्रशिक्षण दिन हिाड्यो । त्यसपछि बल्ल मेरो पात्रको कामको कुरो आयो । टोष्ट र अमलेटपछि कफी खाएर टन्न हुादै हिाड्यो । उसको घरनिर एउटा विशाल खाल्डो बनेको थियो । बिनाप्रयास भास्सिएर । अरू बेला त होइन राति रक्सी धोकेर आउादा खसिएला कि भन्ने डर हुन्थ्यो । साँघुरो बाटो मात्र बाँकी थियो । ऊ दिउासै राम्ररी निरीक्षण गरेर जान्थ्यो, राति कतातिरबाट कसरी आउने हो, खाल्डो जोगाएर । खाल्डोपारि पुगेपछि जहिले पनि किन हो उसलाई एउटा गर्वको अनुभूति हुन्थ्यो । एउटा छोटोमोटो विजय हासिल गरेजस्तो किसिमको । यो चलन महिनौँदेखि यस्तै गरी चलिरहेको थियो । कहिलेकाहीँ जोग्गिादा जोग्गिादा पट्यार मानेर सोच्दथ्यो एकपल्ट खसी हेर्नुपर्‍यो खाल्डोमा । टोलमा कति मानवता बाँकी रहेछ, त्यसको पनि जाँच हुन्छ तर गर्न चाहिा गरेन । सधैा विजयी हुने र वीर हुने भाव नै उसलाई सुखद लाग्यो । जतासुकै हारे पनि, त्यो खाल्डोले कमसेकम मलाई जितेको भाव प्रदान गरिरहेको छ भने मैले आफूले नियम किन उल्लङ्घन गर्ने ?

  यो पात्र प्रेम गर्दैन थियो । त्यसमा उसलाई विश्वास थिएन । उसलाई कुनै रोमाञ्चमा समेत विश्वास थिएन । उसको स्वभावमा पनि कुनै यस्तो कुरा देखिएन, जसले द्वन्द्व वा झगडा वा नेतृत्वमध्ये केही उत्पन्न होस् । ऊ जीवनमा केही नभए पनि आरामसाथ जीवन बाँचिरहेको थियो । यस्तो पात्रबाट के बन्छ लेख्ने ? बलात्कार अथवा शारीरिक अन्य क्रियाकलाप अथवा कुनै किसिमको तरङ्ग केही थिएन । शान्त सरोबर जस्तो जीवनमै ऊ रमाएको थियो । उसलाई जीवनसित कुनै गुनासो पनि थिएन । आठ बजे भात खान बस्दथ्यो । साढे आठ बजे घरबाट निस्किन्थ्यो । बसमा धेरैजसो झुन्डिएर जान्थ्यो । बेलुकी भट्टीमा पस्थ्यो । र्फकंदा पैसा छ भने ट्याक्सी नभए हिाडेरै भए पनि घर पुग्ने आाट राख्दथ्यो । यस्तो जीवनमा के खोजेर लेख्ने ?

  यस्तोमा मैले सोचेँ- पात्र काल्पनिक बनाइदिउँ पूरै । त्यसपछि त्यसबाट जे गराए पनि हुन्छ ।

  एक दिन पात्र आइरहेको थियो । पछिल्तिरबाट आवाज आयो सर । उसले देख्यो छिमेकी रहेछ । त्यसले आएर भन्यो- "सर अब त्यो खाल्डो पुर्न भनेर निकासा आउनै आाटेको छ ।"

  उसले भन्यो- "ए ।"

  त्यस्तो चीसो 'ए' किन भन्यो भने आज ४-५ वर्षदेखि त्यो खाल्डोका लागि उसले कति पटक यसलाई भनिसकेको थियो । यो समाजसेवी भन्थ्यो आफूलाई । कहिल्यै पुरिएन । यता आएर भन्न छोडेको थियो । उसलाई यही खाल्डोले कतै न कतै विजयी बनाइदिइरहेको थियो । यो विजय खोसिने उपाय गरेर ऊ रातप्रति रात पराजित बन्न चाहादैन थियो ।

  खरो त्यो मानिसले आज अचानक त्यति विनम्र वचन कसरी बोल्यो । त्यसमाथि खाल्डो पुर्ने विषय ल्याएर ? पात्र यसमा पो चकित भएको थियो ।

  केही बेर कुरा गरेपछि बल्ल थाहा पायो, ती चुनावका दिन थिए र यो उम्मेदवार बनेर उठेको रहेछ ।

  टोलमा त्यस्तो चलिरहन्थ्यो ।

  हो त्यसैपछि मैले सोचेा, पात्रलाई काल्पनिक बनाउादा त जे लेखे पनि हुन्छ । एक मन त लाग्यो, यसलाई पनि उम्मेदवार बनाइदिउा र लेख्न थालुा तर चुनावका अनेक दाउपेच म आफैालाई थाहा छैन भने त्यो अवास्तविक हुन्छ । एक त मेरो कथा त्यसै पनि मान्यता प्राप्त छैन । त्यसमाथि आफैालाई अवास्तविक लाग्दा त कसरी लेख्नु ?

  लेख्नु त जसरी पनि पर्छ । मेरो कमजोरी नै भइसकेको छ यो । मलाई थाहा छ, यसमा पनि म केही रकम त पाउाछु तर झन् केही नभएको कथा, केही नभएको पात्र लिएर कसरी अघि बढ्नु ? पेनाल्टी पाएको छ तर गोलकिपर छैन रोक्नलाई । यस्तो स्थिति छ मेरो अहिले । झन् कस्तो होला ? यसले पाठकभन्दा अन्य लेखक नै बढी रिसाउने डर छ तर यो मौका त्याग्न पनि सकिादैन । दरिद्रता धेरै शक्तिशाली हुन्छ । त्यसले जति असफल कार्यमा पनि हात हाल्न लगाउाछ । पहिल्यैदेखि ज्ञान असफलतामा समेत ।

  अब जे होला होला । यसै कमजोर उसै कमजोर के एउटा बेकारको, नालायक र जीवनमा लेख्नेलायक केही नभएको पात्रलाई लिएर म लेख्न थाल्दछु ।

  थाल्नुभन्दाअघि एउटा जरुरी सूचना भने अवश्य दिन चाहन्छु । जुन पात्रलाई मैले काल्पनिक भनेा, त्यो वास्तवमा मैा हुा । अब त स्पष्ट भयो होला, यही एउटै पात्र मसाग कसरी बाँकी हुन गयो ? 

  अनि, म स्वयम् पनि त जीवनमा काल्पनिकभन्दा के कम भएको छु र ?

 डा. ध्रुवचन्द्र गौतम  


(मधुपर्कबाट)

Wednesday, July 9, 2008

छोटकरी समाचार

झापाको शान्तिनगरमा प्रहरीले चलाएको गोलि लागेर आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने झापा जलथल ९ का विश्वपति नेम्वाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट गस्तिमा गएको प्रहरी टोलीमाथि शान्ति नगरबाट मोटरसाईकलमा आउदै गरेका नेम्वाङले प्रहरीमाथि पेस्तोलले फायरिङ गर्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो ।
प्रतिकारमा प्रहरीले चलाएको गोली लागी उनको घटना स्थलमै मृत्यु भएको हो । घटनाको पुष्टि गर्दै सशस्त्र प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले आत्मरक्षाका लागि गोली चलाउदा उनको मृत्यु भएको जानकारी दिनुभएको छ ।
मृत्यु हुने महेन्द्र पुलिस क्लबमा कार्यरत प्रहरी नै भएको झापा प्रहरी स्रोतले बताएको छ । तर क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले भने त्यसको स्वतन्त्र पुष्टि गरेको छैन । घटना धुलावारी बाट ५ किलोमिटर उत्तर जंगलमा भएको हो ।
-------------------------------------------------------------------------------------
घुस लिएर जग्गाधनी पूर्जा बितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले २ नम्बर नापी कार्यालयमा छापा मारेको छ ।
दमक १३ मा जग्गाधनी पूर्जा बितरण गरी रकम असुलेको भन्दै प्रशासनले छापा मारेको हो । शाखा अधिकृत मणीराम न्यौपानेको नेतृत्वको टोलीले २ नम्बर नापीको दमक स्थीत कार्यालयमा छापा मारेको हो ।
टोलीले स्थानिय अगुवा हाम पाठकको घरमा समेत छापा मारेको छ । छापामार्ने क्रममा कार्यालयका सेबाग्राहीका साथमा कार्यालयको सहिछाप बिनाको २ बटा धनीपूर्जा फेला पारेको शाखा अधिकृत न्यौपानेले बताए ।
भूमीसुधार मन्त्री जगतबहादुर बोगटीको ठाडो आदेशमा दमक १३ का ७ सय परिवारलाइ धनिपुर्जा बितरण गरिएको थियो । बिबाद बढेपछी सोमबारबाट पुर्जा बितरण बन्द भएको थियो ।


Saturday, July 5, 2008

पुरुषले जन्माए सन्तान


ओरेगन/ गर्भवती अमेरिकी पुरुष थोमस बियटीले आइतबार छोरी जन्माएका छन् । बियटीले ओरेगनको बेन्ड अस्पतालमा छोरी जन्माएका हुन् । अस्पतालका अनुसार 'बाबु' र छोरीको स्वास्थ्यस्थिति राम्रो छ । 
छोरीको रूपमा जन्मिएका ३४ वर्षे बियटी दस वर्षअगाडि कानुनीरूपमा लिंग-परिवर्तन गरेर पुरुष बनेका हुन् । तर उनले बच्चा आफै जन्माउन चाहेकोले प्रजनन अंग भने फेरेका थिएनन् । 
'मेरो विचारमा सन्तान जन्माउने महिला वा पुरुष आवश्यकता होइन । यो मानव आवश्यकता हो,' ओपरा विलपि|mक शोमा अन्तर्वार्ता दिँदै बियटीले भनेका थिए । 
अरूको वीर्यको सहयोगमा उनी गर्भवती बनेका हुन् । छोरीले कसलाई आमा भन्नेमा कुनै अन्योल नरहेको उनी बताउँछन् । 'म छोरीको बाउ हुनेछु र मेरी श्रीमती आमा,' आमा बन्नुभन्दा केही दिनअघि उनले भने । छोरीको पहिलो तस्बिर बेचेर यी जोडीले पाँच लाख पाउन्ड पाउने अनुमान गरिएको छ । 


Thursday, July 3, 2008

दमक क्षेत्रका छोटकरी समाचार

विभिन्न अपराधमा संलग्न तीन जना झापाको दमकबाट पक्राउ परेका छन् ।
रात्रि गस्तीको क्रममा प्रहरीले गएराती दमकका अलग अलग स्थानबाट झापा कोरोवारी १ वलबहादुर बराल, दमकको बेलडा“गी शिविर २ का यामु गिरी र दमक १३ का अर्जुन कटुवाल लाई पक्राउ गरेको हो ।
उनीहरु सबै चोरी, लुटपाट लगायत र्सार्वजनिक अपराधमा संलग्न रहेको प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताए ।

सरकारको इजाजत बिना मेनपावर संचालन गरेको अभियोगमा झापाको दमकबाट पक्राउ परेका ११ जनालाई तेस्रो पटक म्याद थप गरि हिरासतमा राखिएको छ ।
दमकमा विभिन्न मेनपावर कम्पनीको कन्सल्टेन्सी खोलेर बसेका उनीहरु गत असार ५ गते पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले आज म्याद थप गरेर सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । पक्राउ परेकालाइ आफू“ले ठगि नगरेको प्रमाण पेश गर्न समय दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । संचालनका लागि झापामा दुइवटा बाहेक अन्य मेनपावरले सरकारको इजाजत लिएका छैनन् । विकृति र ठगि बढेको पाईएपछि स्थानिय प्रशासनले कर्डाई गर्न शुरु गरेको हो ।

दमक न.पा.का दुइ वटा वडामा सात महिना देखि अबरुद्ध टेलिफोन सेवा सुचारु गर्न काम शुरु भएको छ ।
नेपाल टेलिकमको दमक कार्यालयले टेलिफोनको तार चोरी भई अबरुद्ध बनेको लाईन सुचारु गर्न वडा नं ८ र १६ मा काम शुरु गरेको हो ।
ती वडामा जमिन मुनीबाट केवुल विच्छाउने काम भई रहेकोे टेलिकम दमकका प्रमुख अर्जुनकुमार घिमिरेले बताए ।
स्थानिय चियाबगान क्षेत्रमा बारम्वार टेलिफोन केबुल चोरी हुँदा ती वडाका ८४ लाईन टेलिफोन अबरुद्ध थिए । स्थानिय माधव सिटौलाले तार विच्छाउने कार्यमा स्थानियवासीले पनि काम गरि रहेको बताए ।

बैदेशिक रोजगारीमा लगिदिने बाहनामा ठगिएका झापा दमक १० का ज्ञानेन्द्र नेम्वाङले न्यायका लागि प्रहरीको ढोका घच्घच्याएका छन् ।
दमकमा केही समय पहिले खुलेको नुमाफुङ कन्सलटेन्सीका प्रतिनिधी नरेन्द्र नेम्वाङले आफूलाई ठगि गरेको दाबी गर्दै उनले प्रहरी समक्ष उजुरी गरेका हुन् ।
अफगानिस्तान लगिदिने भन्दै आफू“ बाट लिएको २ लाख १० हजार रुपैयाँ नेम्वाङले फिर्ता नगरेको व्योहोरा उनले प्रहरी समक्ष गरेको उजुरीमा उल्लेख छ ।
अफगानिस्तानमा नेपाल सरकारले बैदेशिक रोजगारीको इजाजत दिएको छैन् ।
झापाको दमक १५ स्थित प्रगति टोल विकास संस्थाको विहिवार भएको वाषिर्क साधारण सभाले नया“ कार्य समिती चयन गरेको छ ।
श्रीमती हिरा श्रेष्ठ अध्यक्ष, सृजना गुरागाई सचिव र लिला सिम्खडा कोषाध्यक्ष रहेको नयाँ कार्य समिती चयन भएको हो ।
उनन्तीस घर धुरी सदस्य रहेको त्यो टोल विकास संस्थाले हालसम्म ४३ हजार रुपैया“ वचत कोष खडा गरेको दमक नगरपालिकाकी सामाजिक परिचालिका लक्ष्मी बरालले जानकारी दिएकी छन् ।
त्यो टोल विकास संस्थामा आदिवासी र जनजाति सदस्यको बाहुल्यता रहेको उनले बताइन् ।
(साथी कुमारको सहयोग)

धानको मूल्य कम हुँदा कृषक मर्कामा

धानको उचित मूल्य नपाएपछि झापाली कृषकहरु मर्कामा परेका छन् । वर्षातको समयमा लगाइने धानको मुल्यमा कमी भएपछि खेतमा लगाइएको बाली थन्काएर बस्नुपरेको कृषक कृष्ण पाखरेलले बताउनु भयो । 

झापाका ग्रामिण भेगका अधिकांस कृषकहरु धानको मुल्यमा भएको गिरावट प्रति आक्रोशित भएका छन् । चैत्र र बैशाख महिनामा लगाइने माला, बिजी, चैते ४ लगायतका धानको बजार मुल्य अत्यन्त कमी भएको किसानहरुको दावी छ । 

हप्ता दिन अघि ४ सय रुपैयाँ मन रहेको धानको मुल्य अहिले बजारमा ३ सय रुपैयाँ मन रहेका छ ।

Tuesday, July 1, 2008

धार्मिक पर्यटकीय स्थल बन्दैछ माङसेबुङ

किराँत धर्मावलम्बीहरूको बसोबास रहेको इलामको बाँझोस्थित माङसेबुङ धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुँदैछ। माङसेबुङ बाँझो गाविसको वडा नम्बर आठ र नौमा रहेको छ। त्यस क्षेत्रभित्र लासिङबुङ, लारूम्बा, सेनेला, भालुटार, मिक्तोक्लाजस्ता गाउँहरू पर्छन्। किराँत धर्म र संस्कृतिका सुधारक एवं प्रचारक फाल्गुनन्द लिङ देनका अवतार मानिएका आत्मानन्द लिङ देन २०३४ सालदेखि त्यस क्षेत्रमा बस्न थालेपछि यसको चर्चापरिचर्चा बढ्दै गएको हो। किराँत चोलुङ माङगेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङ हाङ का अनुसार अहिले माङसेबुङ क्षेत्रमा करिब नौ हजार किराँत धर्मावलम्बीहरू बसोबास गर्छन्। उनीहरूमध्ये ९० प्रतिशत लिम्बू र अन्यचाहिँ राई, गुरूङ, मगर समुदायका छन्। माङसेबुङ आत्मानन्द लिङ देनलाई धर्मगुरू मान्ने धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र हो। यसका अलावा किराँत धर्मसंस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूका लागि पनि अध्ययन र अनुसन्धान थलो बन्दैछ। 'यहाँको रहनसहन र किराँत धर्मप्रतिको आस्थाका बारेमा अध्ययन गर्न विभिन्न क्षेत्रबाट मानिसहरू आउने गर्दछन्,' स्थानीय नन्दकुमार नेम्बाङ ले बताए। किराँत अर्थात् जनजाति भन्नासाथ मधपान र मांसाहार गर्ने समुदाय भनेर चिनिन्छ। तर, माङसेबुङमा कसैले पनि धूमपान, मधपान र मांसाहार गर्दैनन्। किराँत धर्म र संस्कृतिका सुधारक फाल्गुनन्द लिङ देनको विचारलाई आत्मसात गर्दै गाउँमा कसैले पनि धूमपान, मधपान र मांसाहार नगरेको स्थानीय सेसेहाङ फियाकले बताए। सो क्षेत्रमा रहेको सरस्वती प्रस्तावित माध्यमिक विधालयका प्रधानाध्यापक मुक्तिहाङ साम्बाले माङ सेबुङ मा कसैले पनि जाँडरक्सी नखाने भएकाले आपसमा कहिल्यै झगडा नभएको बताए। जाँडरक्सी, चुरोट, खैनी र मासु नखानाले स्थानीयवासीले कम खर्चमा घरव्यवहार चलाउने गरेको पनि उनले जनाएका छन्। 'राई, लिम्बूहरूको धेरै खर्च जाँडरक्सी र मासुमा हुने गर्छ। त्यसैले यहाँको परिवारको घरखर्च कम छ। विवाह, मृत्युसंस्कार पनि कम खर्चमा सकिन्छ,' उनले भने। त्यस क्षेत्रका धर्मावलम्बीहरूको जन्म, विवाह, मृत्युजस्ता संस्कार अन्यत्र बसोबास गर्ने किराँतहरूको भन्दा फरक छ। मांसाहार नहुनाले माङसेबुङमा कसैले पनि सुँगुर, कुखुरा पाल्दैनन्। त्यसो त त्यहाँका स्थानीयवासीहरू जुवातास, डाइस, क्यारेमबोर्ड, लुँडो र चेस पनि खेल्दैनन्। फाल्गुनन्द लिङ देनको जन्मजयन्ती कात्तिक २५ गते, धर्मगुरू आत्मनन्द लिङदेनको जन्मोत्सव मंसिर १८ गते र धर्मगुरूकी श्रीमती पवित्रहाङमा लिङ देनको जन्मोत्सव माघ ३ गते र चासोक तङ नाम (न्वागी पर्व) का बेलामा माङसेबुङ क्षेत्रमा किराँत धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ। त्यसबेला नेपालका विभिन्न ठाउँबाट तथा भारत, भुटानलगायतका देशबाट पनि भक्तजनहरू आउने गर्दछन्। यस्ता उत्सव तथा पर्वका बेला अधिकांशले सेतो रङ को परम्परागत पोसाक लगाएका हुन्छन्। यस्तो परम्परागत पोसाकलाई तागा (पुरूषले लगाउने) र मेख्ली (महिलाको) भनिन्छ। माङसेबुङमा 'मुन्धुम' पढाइ हुने पाठशाला रहेको छ। यस्तो पाठशाला नेपालमा अन्यत्र छैन। त्यसो त उनीहरूले अंग्रेजी माध्यममा पढाइ हुने निजी विधालयहरू पनि खोलेका छन्। धर्मावलम्बीहरूले जनश्रमदान गरेर माङसेबुङ क्षेत्रमा डाँडावरिपरि पाँच किलोमिटर लामो रिङ रोड (चक्रपथ) पनि खनेका छन्। चक्रपथभन्दा माथिल्लो क्षेत्रमा माङहिम (किराँतमन्दिर) र धर्मगुरूको आश्रममात्र रहेको छ। मानिसहरूको बसोबासचाहिँ चक्रपथभन्दा मुनि रहेको छ। माङसेबुङ इलाम सदरमुकामदेखि १५ कोस दक्षिणमा पर्छ। तर, झापाको दमकबाट २१ किलोमिटर लामो कच्च्ची सडक पार गरेपछि यस ठाउँमा पुगिन्छ। माङसेबुङलाई नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बन्न सक्ने प्रशस्त सम्भावना रहेको भन्दै किराँत चोलुङ अंसिमाङगेना सेवा समितिले चाहिँ सरकारसँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र सञ्चारजस्ता आधारभूत पूर्वाधार तयार गरिदिनुपर्ने बताउँदै आएको छ। 'यो किराँतहरूको मात्र सम्पत्ति होइन, राष्ट्रकै सम्पत्ति हो,' अध्यक्ष केहेरसिंह योङहाङले भने।