Sunday, December 30, 2007

चक्काजाम

यातायात मजदुरहरुबाट आज गरिएको चक्काजामका कारण ठप्प बनेको दमक चोकको अवस्था

Sunday, December 16, 2007

अर्जुनलाई गोली हान्ने पक्राउ

गत विहिवार शरणार्थी युवा व्यक्तित्व अर्जुन सुव्वामाथि गोली प्रहार भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले हिजो शनिवार साँझ सुवास आचार्य र वीर बहादुर सुव्वा नाम गरेका दुई जना भुटानी शरणार्थीलाई गिरफ्तार गरेको थाहा भएको छ । स्मरणीय रहोस् सुवास पूर्व क्याम्प सचिव समेत रहिसकेका व्यक्ति हुन् । उनीहरुको सम्वन्धमा आवश्यक छानविन भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जानकारी दिएको छ ।

Friday, December 14, 2007

अमिर शर्माका दुई कविता

Esp for Unique college Damak and for Ramesh sir

WAKE UP DEADMAN

Swallow me whole with those chapped lips of yours,
or confine me to a closet with your lifeless power.
Chase me back into a corner and take advantage,
but always remember - you have nothing on me.

I shan't run from fears of something unrealistic,
nor fight the feelings I'll be puking up tonight.
I shan't turn another cheek when you hit me up right,
nor stir emotions deep within soulful dreams.

Instead I shall wake the dead - curse your name aloud.
Pour demons on the grave I dug up and bury you alive.
I will fight until the day I die for the right I have to live-
for I shine brighter than the sun and you've nothing on me.


==============

Tears of Sorrow
+*+*+~{If only you know how much you've hurt me...}~+*+*+

Tears of sorrow rolling forth
From these once joyful eyes
In the starlight they glisten
Like raindrops from the sky

Tears of sorrow rolling forth
From a severely bleeding heart
For her these tears are wept
The heart she had torn apart

Tears of sorrow rolling forth
The hurt she won't ever know
To the stars I cry them all tonight
Hoping that this pain will go

Tears of sorrow rolling forth
For the love she had taken away
To the stars I make this wish tonight
May I see one more joyful day

Tears of sorrow rolling forth
From a heart still wallowing in pain
She's cut it deeply, if only she knew
Only she can make it whole again

by Amir Sharma(Urlabari)
currently in Qatar Airways

शरणार्थीलाई गोली

गोलीबाट घाइते अर्जुन सुव्वा (फोटो - कुमार)


मुक्ति गुरुङ्ग (Student Union of Bhutan का उपाध्यक्ष) ले हिजो दिउँसो २.३० तिर फोन गरेर मलाई भने, "अर्जुन सुव्वालाई क्रान्तिकारीहरुले गोली हाने तर अहिले खतरामुक्त छ । वाहिर भएका साथीहरुलाई यो खवर दिनुस् न दाई ।" सोधीखोजी गरें खासै डराउनु पर्ने रहेनछ । पेटमा र हातमा १-१ गोली लागेको रहेछ ।

अर्जुन र अरु ४-५ जनालाई अस्ती नै देखि धम्की दिइरहेको कुरा त मलाई पनि थाहा थियो । सफाया गर्ने सम्म लेखिएको पर्चा अर्जुनले नै मलाई देखाएका थिए । तर मलाई चाहिँ यो उनिहरुले तर्साउन मात्र खोजेका होलान् । यस्तो गोली नै हान्ने काम त गर्लान् जस्तो लागेको थिएन । तर शरणार्थी क्याम्प पनि अव त धेरै अगाडि पो पुगिसकेछ । त्यसरी हाकाहाकी दिउँसै गोली हान्ने आँट गर्न थालिसकेछन् त्यो पनि क्याम्प बाहिर आएर । माओवादीको गोलीबाट वल्लवल्ल मुक्ति पाएको अवस्थामा फेरि यो शरणार्थीको गोलीले क-कसलाई सिध्याउने हो अव ।

भुटानी शरणार्थी क्याम्पभित्र स्पष्ट रुपमा देखिएका दुई धार (तेश्रो मुलुकमा वसोवास गर्न चाहने र सशस्त्र आन्दोलन गरेरै भए पनि भूटान नै फर्कन चाहने तर कुनै हालतमा तेश्रो मुलुक नजाने जान नदिने) विचको संघर्षले कति निर्दोषले ज्यान गुमाउने हुन् कतिले अनाहकमा दु:ख पाउने हुन् ।

Thursday, December 13, 2007

दमक नगरपालिका क्षेत्रभित्रका केही महत्वपूर्ण स्थलहरु (भाग – २)

चिया बगान

दमक न‌.पा. वडा नं‌. १५ र ९ मा अवस्थित हिमालय गुडरिक नामको यो चिया वगान करीव ८०० विगाह क्षेत्रफलमा फैलिएको छ । पहिले यो बगान त्रिभुवनका माहिला छोरा हिमालयको सम्पत्तिको रुपमा रहेको थियो भने अहिले ज्ञानेन्द्रको रहेको छ । राजपरिवारको नाममा भएको सवै सम्पत्ति राष्ट्रियकरण गर्ने भनिए पनि यो बगान अहिलेसम्म राष्ट्रियकरण भएको सुनिएको छैन ।



जे जसको नाममा भए पनि यो चियावगानले दमक क्षेत्रको सौन्दर्य बढाइरहेको कुरामा द्विविधा छैन । साथै धेरै व्यक्तिहरुलाई रोजगारी दिएर यो क्षेत्रको आर्थिक अवस्था वृद्धि गर्न पनि धेरथोर टेवा पुर्‍याएकै छ ।

चियावगानको सौन्दर्य त आफ्नो ठाउँमा छँदैछ, साथसाथै यहाँ एक शिव मन्दिर पनि रहेको छ । यो मन्दिरमा श्रावण महिनाका सवै सोमवारहरुमा विषेश चहलपहल हुने गर्दछ । त्यस्तै तीज, वाला चतुरदशी, शिवरात्री इत्यादि जस्ता पर्वमा त झनै बढि मानिसहरुको आवतजावत हुने गर्दछ ।

त्यस्तै यो चियावगानको सीमानामा नै वौद्ध धर्मावलम्वीहरुको लागि पनि वुद्धस्तुप रहेको छ । वुद्धजयन्तीको दिन र गुरु पूर्णिमाको दिन यहाँ निकै नै बौद्ध तथा हिन्दु धर्मावलम्वीहरु पनि पूजाआजा गर्न भेला हुने गर्दछन् ।

चियावगानकै सम्पत्तिको रुपमा यहाँ ३ वटा ठूला ठूला माछा पोखरीहरु रहेका छन् । तर हाल यी पोखरीमा माछापालन गरिएको छैन । वगान व्यवस्थापनले यी पोखरीलाई त्यति ध्यान दिएको छैन । तर त्यसलाई त्यत्तिकै राख्नु भन्दा त्यसलाई पूर्ण सदुपयोग गरेमा वगानको आम्दानी पनि बढ्ने र अरु व्यक्तिहरुले पनि रोजगारी पाउने थिए । वगान आफैले नगरे अन्य इच्छुक व्यक्ति/संस्थालाई लिजमा दिए पनि हुन्थ्यो ।

हुन त यो बगान यो क्षेत्रमा भएर सवै फाइदै मात्र भएको चाहिँ पक्कै होइन । यसका केही वेफाइदाहरु पनि रहेका छन् । सवभन्दा मुख्य कुरा त के भने यो बगान २ कि‌‌.मि‌. उत्तर दक्षिण लम्वाइको भएकोले गर्दा बगानदेखि दक्षिणी क्षेत्रमा विकासका पूर्वाधार हतपत् नपुग्ने, पुगे पनि धेरै ढिलो पुग्ने गरेको छ । विजुली, टेलिफोन र खानेपानी जस्ता विकासका पूर्वाधारहरुको विस्तार गर्न सम्वन्धित निकायहरुलाई पनि निकै अप्ठ्यारो परेको छ । २ कि‌‌.मि. लम्वाइको कुनै वसोवास नभएको खाली क्षेत्रमा तार, पोल, पाइप ईत्यादि विस्तार गर्नु उनिहरुको लागि फाइदाजनक नभएकाले सिधा बाटोको सट्टा घुमाउरो बाटोबाट विस्तार गर्दा ढिलो भएको हुन सक्छ । त्यसको अलावा सवभन्दा महत्वपूर्ण कुरा हो बाटोको समस्या । २० वर्ष अघि ग्राभेल भएको बाटो अहिले हिंड्न नहुने भएको छ । पिच बन्ने आशामा बसेका त्यहाँका जनताको चाहना कति वर्षपछि पूरा हुने हो या त्यो पनि नहुने हो कुनै ठेगान छैन ।

Wednesday, December 12, 2007

दमक चोक

दमक चोकको सुन्दर दृष्य - फोटोमा क्लिक गरेर ठूलो पारि हेर्नु होला । (फोटो - कुमार लुईटेल)


Tuesday, December 11, 2007

दमक नगरपालिका क्षेत्रभित्रका केही महत्वपूर्ण स्थलहरु (भाग – १)

१‌. इन्द्रेणी ताल :
दमक न‌.पा‌, वडा नं‌ १९ मा अवस्थित यो ताल करीव १० विघा क्षेत्रफलमा फैलिएको छ । यो ताल अवलोकन गर्न दिनहुँ सरदर ४०-५० जना मानिसहरु झापा र मोरङ्ग जिल्लाबाट आउने गर्छन् । तर भ्यालेन्टाइन डे, नयाँ वर्ष र पिकनिक जस्ता अवसरमा सरदरभन्दा निकै नै बढी मानिसहरु यहाँ आउने कुरा स्थानिय वासिन्दाहरुबाट थाहा भयो ।





यो तालको मुख्य विशेषता भनेको बोटिङ्ग नै हो । बोटिङ्गको लागि यहाँ एउटा काठको डुङ्गा राखिएको छ, जुन कोशी व्यारेजबाट ल्याइएको रहेछ ।
मुख्य प्राकृतिक ताल वरिपरि अरु स-साना पोखरीहरु पनि बनाइएका छन् जसको मुख्य उद्देश्य चाहिँ माछापालन रहेको छ । यी पोखरीहरुमा पहिले माछाका भुरा ल्याएर हुर्काउने र अलिक ठूला भएपछि ठूलो प्राकृतिक तालमा छोड्ने गरिएको रहेछ ।



सामुदायिक सम्पत्तिको रुपमा रहेको तालको अझै राम्रो व्यवस्थापन र प्रचार प्रसार गर्न सके उक्त क्षेत्रको आर्थिक तथा सामाजिक उन्नति हुने थियो । अझ एकपटक मात्र भए पनि मेलाको आयोजना गरे झन राम्रो हुने थियो ।

Monday, December 3, 2007

कन्यामका केही फोटोहरु

इलामको रमणीय स्थल कन्याम, जुन चियाको लागि पनि प्रख्यात छ । यही कन्यामका केही फोटोहरु


















Sunday, December 2, 2007

फेरी लोडसेडिङ्ग

ब्राजिल पछिको दोश्रो ठुलो देश हो नेपाल, जलश्रोतमा । तर यो देशमा न हिउँद, न वर्षा, बाह्रै महिना लोडसेडिङ्ग हुन्छ । अस्तीसम्म त हप्ताको एक दिन २-३ घण्टा हुन्थ्यो अव त हप्ताको ५ दिनमा जम्मा १३ घण्टा रे । त्यो पनि केहि दिनलाई मात्र । पुष लाग्दा नलाग्दै यो समय २० घण्टाबाट उकालो लाग्न सक्छ । फागुन चैततिर त दिनको १२ घण्टासम्म लोडसेडिङ्ग हुने हल्ला छ । हेर्दै जाउँ के के हुने हो । नेपाली जनताले कहिले सम्म वेहोर्नु पर्ने हो ।


विजुलीको तार जताततै छ, तर तारमा करेण्ट छैन । मोवाइल फोन हात हातमा छ, तर नेटवर्क छैन । स्वास्थ केन्द्रहरु गाउँ गाउँमा छन् तर औषधी र स्वास्थ्यकर्मी ‍‌‌छैनन् । के छैन नेपालमा, सवथोक छ तर केही पनि छैन । कस्तो अचम्म । कहिलेसम्म हो यस्तो स्थिति ? कि सि‌‌‌ङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जस्तो कोही नेता नै जन्मनु पर्ने हो ? वरु ३२ को सट्टा ४०-५० वर्ष नै शासन गरोस् तर देश चाहिँ बनाओस् । यि अहिलेका नेताहरुले चाहिँ देश बनाउने छाँट मैले चाहिँ देखिन, कुनै पनि पार्टीमा ।

सि‌‌‌ङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जसले ३२ वर्षसम्म देशको प्रधानमन्त्री भएर देशलाई उन्नतीको शिखरमा पुर्‍याएका थिए ।

Monday, November 26, 2007

Beauty of Math!

Beauty of Math!

1 x 8 + 1 = 9
12 x 8 + 2 = 98
123 x 8 + 3 = 987
1234 x 8 + 4 = 9876
12345 x 8 + 5 = 98765
123456 x 8 + 6 = 987654
1234567 x 8 + 7 = 9876543
12345678 x 8 + 8 = 98765432
123456789 x 8 + 9 = 987654321

1 x 9 + 2 = 11
12 x 9 + 3 = 111
123 x 9 + 4 = 1111
1234 x 9 + 5 = 11111
12345 x 9 + 6 = 111111
123456 x 9 + 7 = 1111111
1234567 x 9 + 8 = 11111111
12345678 x 9 + 9 = 111111111
123456789 x 9 +10= 1111111111

9 x 9 + 7 = 88
98 x 9 + 6 = 888
987 x 9 + 5 = 8888
9876 x 9 + 4 = 88888
98765 x 9 + 3 = 888888
987654 x 9 + 2 = 8888888
9876543 x 9 + 1 = 88888888
98765432 x 9 + 0 = 888888888

Brilliant, isn't it?

And look at this symmetry:
1 x 1 = 1
11 x 11 = 121
111 x 111 = 12321
1111 x 1111 = 1234321
11111 x 11111 = 123454321
111111 x 111111 = 12345654321
1111111 x 1111111 = 1234567654321
11111111 x 11111111 = 123456787654321
111111111 x 111111111 = 12345678987654321



Now, take a look at this...


101%



From a strictly mathematical viewpoint:



What Equals 100%?
What does it mean to give MORE than 100%?

Ever wonder about those people who say they are giving more than 100%?

We have all been in situations where someone wants you to
GIVE OVER 100%.

How about ACHIEVING 101%?


What equals 100% in life?


Here's a little mathematical formula that might help
answer these questions:


If:

A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Is represented as:

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26.


If:


H-A-R-D-W-O-R- K

8+1+18+4+23+15+18+11 = 98%


And:

K-N-O-W-L-E-D-G-E

11+14+15+23+12+5+4+7+5 = 96%


But:

A-T-T-I-T-U-D-E

1+20+20+9+20+21+4+5 = 100%

Saturday, November 24, 2007

नहाँसे पनि हुन्छ ।

राम- यो मेरो एकदम इमान्दार कुकूर हो । यसले दैनिक मलाई कान्तिपुर पत्रिका लिएर दिन्छ ।
अर्जुन(साथी)- जाबो पत्रिका लिएर दिनुलाई पनि इमान्दारिता भन्छन् ?
राम- किन नहुनु त ?। छिमेकीकोबाट पत्रिका उठाएर ल्याउनु कति ‘रिक्स’को कुरा हो , जो त्यहिले कहाँ सक्छ ।

----*--------*----

एउटा मानिस लर्खराउँदै बारभित्र छिरेर म्यानजर सँग करायो म तिम्रो बारम्यानलाई कारबाही गर्छु छोड्दिनँ म्यानेजर किन ग्राहक किनकि उसले मेरो कोट सडकमा फ्याँकिदियो
म्यानेजर मजाक गरेको होला यति सानो कुरामा किन रिसाउनुहुन्छ - यो सानो कुरा होईन् ठुलो कुरा हो म्यानेजर किन र ग्राहक किनकि त्यो कोटभित्र म पनि थिएँ ।

----*--------*----

पत्नीको अनुपस्थितीको फाइदा उठाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै नोकरले भन्यो, "सय रुपैया दिनोस हजुर । मालिकनीले त सय रुपैया दिनु हुन्थ्यो ।"

----*--------*----

चारजना साथी पिकनिक जाने बिचार गर्दै थिए । सबैले खानेकुरा घरबाटै लिएर जाने निधो गरे ।
पहिलो : म मिठाई लैजान्छु ।
दोस्रो : म दाल-तरकारी ल्याउछु ।
तेस्रो : म रोटी, परौठा बनाएर ल्याउछु ।
चौठो (जुन अलि कंजुस थियो ): म आफ्नो दुबै भाईलाई लिएर आउछु ।

----*--------*----

एक जान महिला पर्यटकले हातीको दाँतको सामान बेच्ने पसलमा गएर कड्किदै भनिन् तिमीले मलाई बेचेको सामान एकदम रद्दी रहेछ यसको रङ्ग पनि उडिसक्यो यो पक्का पनि हातीको नक्कली दाँतबाट बनाएको हुनुपर्छ पसलेले विनम्रतापूवक भन्यो हात्तीले नक्कली दाँत त लगाउदैन म्याडम ।

----*--------*----

एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए पहिलो शव बाहनमा लैजानुपर्ला दोस्रो ठेलागाडामा लगे पनि भईहाल्छ नि तेस्रो बाँधेर घिस्याउदै लैजाउँन । छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क उठेर भन्यो धत्तेरिका कन्जुसहरु मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु

----*--------*----

बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ । त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु । जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् !तपाईं जान्ने कि डाक्टर साहव ?

Sunday, November 18, 2007

कन्क्रिटको ओछ्यान

कुरो आजभन्दा झण्डै पन्ध्र वर्ष अघिको हो । लुम्दे (इलामको पश्चिमी गाउँ) का साँहिला काका (वुवाको सानीमाका छोरा) को विहेको निम्तो आयो । निम्तो त विहेभन्दा एक हप्ता अगाडि नै आएको थियो तर को जाने र कहिले जाने भन्ने निर्णय चाँही विहेको अघिल्लो दिनसम्म पनि हुन सकिरहेको थिएन । वुवा आफ्नै काममा व्यस्त, भाइ पनि पढाईमा भएकोले बाहिरै । म एउटा पढाइ सकेर फुर्सदमा थिएँ तर (वस्ने ठाउँमा) पिलो निस्केर थला नै परेको थिएँ भन्दा हुन्छ । विहेको २ दिन अगाडि पिलो त निचोरियो तर पनि हिँड्न सक्ने अवस्था चाहिँ थिएन दुखेर । जान मन त धेरै नै लागेको थियो तर के गर्नु त्यत्रो बाटो हिँडेर जानु पर्ने, आफू भने विरामी । तै पनि यसो विचार गरें, दुखेकै मात्र त हो नि, वरु नदुख्ने औषधि खाएर पनि हिंड्नु पर्ला । विहानको दश बजिसकेको थियो । छिट्टै नहिंडे त भोलि विहान जन्ती जान भ्याइदैन, त्यसै पनि यतिवेला हिंड्दा बेलुकाको ८-९ वजिहाल्छ । एक्लै हिंड्ने कुरा पनि भएन । एउटा साथी त चाहियो । साथी को छ त भनेर सोच्दा तल्लाघर साँल्दाइ (नाताले त भाइ नै हो तर सवैले साँल्दाइ नै भन्ने गर्छों) त छन् उनलाई नै भन्नु पर्‍यो, कतै मानि पो हाल्छन् कि । गएर सोधेको जाउँ न त मलाई पनि लुम्दे हेर्न मन लागेको छ भने ।

हामी तयार भएर घरबाट हिंड्दा ११ बजिसकेको थियो । बाटो धेरै लामो थियो त्यो पनि पैदल हिंड्नु पर्ने । दुम्सेको जंगल, मावा खोलाका २०-२२ जंघार तरेर दिउँसै अँध्यारो हुने पेरुङ्गेको चेप छिचोल्दै हिँड्नु पर्ने बाटो सम्झिदा किन पो हिंडिएछ जस्तो लाग्थ्यो । मावा खोलाको जंघार तर्दै गर्दा एउटा अँध्यारो ओडार जस्तो वाटो देखेर साँल्दाइले हामी जानु पर्ने बाटो यो त होइन भनेर सोधे । म ५-७ पल्ट त्यो बाटो हिंडिसकेको मान्छे, मलाई त थाहा हुनु पर्ने नि त्यही बाटो हो भनेर तर मैले होइन अलिक पर छ पेरुङ्गे, त्यहाँबाट जानुपर्छ भनें । अलिक पर पुगेपछि चाँहि मलाई थाहा भयो बाटो त्यही रहेछ भनेर । अव फर्किने समय पनि थिएन साँझ पर्नै लागेको थियो । र मलाई यो बाटो गएर पनि पुगिन्छ भन्ने थाहा थियो । आफैं हिंडेको चाहिँ होइन, अरुले भनेको सुनेको ।

एक किसिमले पेरुङ्गेको बाटो नगएको पनि ठिकै लाग्यो । त्यो बाटो गएको भए त्यस्तो अँध्यारोमा टोड्केको उकालो र तारेभिरमा हाम्रो हालत के हुन्थ्यो होला !! तारेभिरबाट एकै चोटी तल खोचमा पुगिन्थ्यो होला । बरु त्यो बाटो भन्दा त हामीले बाटो विराएरै गएको साकफाराको बाटो धेरै सजिलो रहेछ । अलिकति बढि घुम्नु पर्ने मात्र हो ।

मावा खोलामा हिंड्दै गर्दा भरखरै धान रोपेको खेत भेटियो । घाम रातो भएर अस्ताउने सुरसार गर्दै थियो । धानखेत पार गरेर अलिक पर पुगेपछि एक दुई वटा घरहरु भेटिए । एउटा घरमा पुगेर हामीले बाटो विराएर लुम्देतिर जानु पर्ने यता आइयो भनेको - बाटो गलत नै त होइन अलिक घुमाउरो चाहीँ हो । यही बाटोबाट २ घण्टामा रमिते पुगिन्छ । तर अहिले त साँझ झमक्कै भइसक्यो तपाईहरु पुग्नु हुन्न यतै बस्नुस न त भन्दै थिए तर हामीले जसरी पनि साइला काकाको जन्त जान भ्याउनु थियो त्यसैले उनीहरुलाई धन्यवाद भन्दै त्यहाँबाट बाटो लाग्यौं । एकछिन हिंडेपछि भोक लागेको महशुस भयो । खानेकुरा केही बोकेको पनि थिएन । पैसा छँदैछ, बाटामा किनेर खाउँला नि, वेकारमा अलिकति भए पनि किन भारी बोक्ने भनेर घरबाट त्यत्तिकै हिंडेको अव पो निस्कियो त भन्दै भोक लागे पनि अघिको मुर्खता सम्झेर हाँस्दै, जोक भन्दै, अँध्यारोमा लड्दै, कतै कतै ठोक्किँदै हिँडिरह्यौं, रमितेलाई छिट्टै भेट्ने लक्ष्य लिएर । सहारा एक एक वटा लठ्ठी र एउटा चाइनिज पिलपिले टर्च लाइट थिए । धन्न पानी चाँहि ठाउँ ठाउँमा पाइँदो रहेछ । नत्र १० मिनट नहिंडि मुख घाँटी सुक्ने त्यस्तो ठाडो उकालोमा तिर्खाले मरिन्थ्यो होला ।

वल्ल वल्ल राति ९ बजे तिर रमिते पुगियो । भएका एक दुई वटा पसल पनि बन्द भइसकेका थिए । एउटामा चाहिँ भित्र मान्छे रहेछन् । वोलाएर केही खाने कुरा पाइन्छ कि भनेर सोध्यौं । अरु त केही छैन, खाने भए १ माना मकै भुटिदिने रे । उपाय केहि थिएन । त्यही भए पनि खानै पर्‍यो नि । रातो चिया र भुटेको मकै अलिकति त्यहिँ बसेर खाइयो अनि बाँकी चाँहि हिँड्दै खाँदै ।

फर्कंदा साल्दाइ र म त्यही भुटेको मकै खाएको रमितेमा


त्यहाँबाट हिँडेपछि फेरि एकपल्ट बाटो उल्टो पर्‍यो । पाङ्दुवा हुलाकबाट दायाँ लाग्नु पर्ने बायाँ लागिएछ । अलि पर पुगेपछि थाहा भयो हामी त रवि पो पुग्न लागेछौं । अव त्यहाँबाट नवमी वजार तिर सोझिने बाटो पहिल्याउनु पर्ने भयो । अँध्यारोमा एकछिन यता उता गरेपछि वल्ल भेटियो । खै त्यो ठाउँलाई राँके कि रक्से के भन्छन्, मैले विर्सै । पहिले पहिले जाँदा मैले देखेको थिएँ,त्यो ठाउँ एउटा चिहानघारी थियो । अहिले त झन थपिएका रहेछन् । लिम्वुको चिहान भन्थे, साना साना चौतारी जस्तै कन्क्रिटले बनाएका चिहानै चिहान । १२ त बजिसकेको थियो । भोक पनि टन्नै लागेको, तिर्खा त्यस्तै, थकाइको त कुरै नगरौं । एकछिन त थकाई मार्नै पर्ला । यही सोचेर त्यही बनिवनाउ कन्क्रिटका एक एक वटा ओछ्यानमा पल्टियौं । ३ घण्टा जति मस्तैसँग निदाइएछ ।

फर्कंदा नै साइँला काका (वेहुला)का भाइ कान्छा काका र म रमितेमा

त्यहाँबाट उठेर विहे घर पुग्नलाई १ घण्टा जति मात्र लाग्यो । ४ बजेतिर हामी पुग्दा विहेको तयारी चल्दै थियो । काका काकी र अरु सवै छक्कै परे ।

Monday, November 12, 2007

THE MOST VALUABLE GIFT: FRIENDSHIP

Have you ever felt lonely, even after all your friends are around you every time? Have you ever longed for that one friend you trust most to be with you in your darkest hours and you don’t find him around? Well, I am sure every one of us feels that way once in every while. No matter how much we think of a friend to be true, they are going to ditch us once in a while. It could be for another friend or just because of a bad mood. It’s sure to happen to everyone and that’s pretty natural. Some one has said that no matter how good a friend is, they are going to hurt you every once in a lifetime and you must forgive them for that. But is it really easy to just forget how someone u love and feel for dearly hurts you? Well, some people may say yes but to me it’s the most difficult thing to do.
So who is really your true friend? We all go through life with different people by our sides at different times in our lives. But some people distinguish themselves. They are true friends. To me, a true friend understands. Not the kinds that say they will be there for you and then are purposely. They are the kinds that say they’ll be there, then are, and amaze you with how devoted they really are. Going through a time of crisis reveals that your real friends are. It’s not to say that those who are not there for you in these bad times are not good people or good friends. But you get to see their true dedication and moral character when you face adversity.

Jealousy also prevails in friendship sometimes, well you can say almost every time. When your close friend starts to get close to some other person you are likely to be jealous. I have felt so lots of time. I really get frustrated to see my close pal being close to somebody else. Though it is said that you should not feel jealous in such situation, instead you need to be more open and if possible get to know that other person and try spending times together with your friend and their friends. Well, not in every case it’s true. Some people have hard times expressing themselves and thus resulting into a good friendship being lost or lots of misunderstanding. When I was in school, there was this girl named Anne who used to be my best friend. We had been close since we were in 8th standard.
If there was any problem relating to either of us, the first thing people did was to ask us. They would ask about me to her and about her to me instead of asking us in direct. During that time I started taking her as my true friend. We shared everything, from the little things to the deepest secrets. But this closeness of ours came to a sudden halt during 10th standard when some new students were added to our class. Well, I don’t blame her for whatever happened because she had this sweetness and a miraculous attraction that drew people close to her. We started getting apart after those new students came. She would spend lots of times with them instead of me. Even in class, she sat with them and I was given a different bench.

During lunch hours she had no time to talk to me and even if she did, her so-called friends would not let her. I was a sort of left out type. Likewise there was another girl in our class named Sara and she was also treated like me. But the reason behind was that she was an Indian, had dark complexion and others thought that she was JASSI type. But I never looked at her that way. I was going through the same phase and I could easily understand how she could have been feeling. However, Anne never did any thing like that, all that was done was by her group of friends. I used to feel that she was being stolen from me. I never complained to her and took things like they were going. Sara became my good friend since we had same experiences and we could understand each other better. Slowly, I started hating Anne for what she did to me, but I soon realized that it wasn’t her I should blame. It was all my weaknesses that drove her away from me. I was the one who couldn’t hold on to her that’s why others were able to take her away from me. If I had used some senses and had tried to become friends with those others, things would have changed. But I had felt so much hurt that time; I thought being apart from her was the best thing to do. Now looking back I don’t regret for what I did. Anne and I were never meant to be good friends. We are still friends but only to the extent of Hi and Hello.

During my +2 I found really good friends who are still to date my greatest pals. We are still in contact even after we study in different colleges. We talk hours on the phone and laugh at the silly things we had done. However, we don’t meet so often these days but like it’s said distance makes the heart grow fonder. Sometimes in our life we need to be a little away from our loved ones, that’s when we realize their importance in our life and we get more closer to them with each passing moment. Now I am in college and here too I have some pretty good friends, but the history is about to repeat itself again. Same situation like I had in school is arising and I am again in a condition of loosing my close pals. But this time I am trying hard not to let things happen as it had some 3-4 years back.

The most painful situation in your life is to loose someone you really care about. I have lost many people that way but this time I will try my best to hold on to it with all my might. We meet lots of people in our life yet few only touch our hearts and loosing them would be the most foolish thing to do. All those we meet in our lifetime are, in one way or the other, our friends. But the true friend is always hard to find. You need to sort out through many people just to find that person. It’s easy to loose a friend in an hour than to find one in a lifetime. Now I understand when going through rough times, don’t expect everyone to understand—you will just be let down more if they do not. Reach out to your friends if you want them to understand, and give them the opportunity to help. (They aren’t mind readers!)
If you do not find someone to understand, you know that the person has not defined themselves in your eyes as the kind of person who will be there through thick and thin. You can still value people in your life who are not “till the end” friends. These people have just as much to offer, and it should be said that each person in your life is there for a reason. If a friend just does not get the idea that you need him or her, try and understand what that person is going through, or how they view the relationship. Don’t be afraid to confront your friend to see if everything is okay. And most of all, don’t expect everyone to run to your aid. Everyone is busy with his or her own lives.
Rest assured, however, you will find a friend who will be there for you, and you will never truly be alone. Open your eyes to the people in your life and look for someone who you can depend on. Most of all return the favor! When someone goes out on the line for you, you should do the same. Thank the friend(s) who have helped you through rough times and let them know how much you appreciate all they have done, and who they are. That is why I would like to thank all those friends who understand me so well and have been there with me when I needed them most. I truly value your friendship and your appreciation. Your love and your care will always remain sealed in my heart till the end. LOVE YOU ALL AND GOD BLESS YOU.


(यो मेरो रचना होइन, मेरो एउटा साथीले केही समय पहिले मलाई पठाएको उसैको रचना हो । )

Friday, November 9, 2007

प्रचण्ड र ज्ञानेन्द्रको दोहोरी

प्रचण्ड: गर्नु गर्‍यौं षड्यन्त्र पैसा ख्वाएर
दलका मान्छे किनेर
संविधानसभा भाँड्छु भनेर।

ज्ञानेन्द्र: गर्नु गर्‍यौं प्रचण्ड युद्ध छेडेर
मेरो निद्रा खोसेर
जताततै आगो झोंसेर

प्रचण्ड: गर्नु गर्‍यौं माइला दरबार ढुकेर
नागर्जुनमा गएर
गिरिजासँग साइनो जोडेर

ज्ञानेन्द्र: गर्नु गर्‍यौं छविलाल ढाडमा टेकेर
भारतसँग मिलेर
राष्ट्रपति बन्ने भनेर

प्रचण्ड: गर्नु गर्‍यौं 'जी. शाह'मधेस चर्काएर
भाजपासँग मिलेर
माओवादीलाई भ्याउँछु भनेर
ज्ञानेन्द्र: गर्नु गर्‍यौं जुँगे कमरेड पुत्ला जलाएर
गणतन्त्र भनेर
बाउबाजेका शालिक फोडेर

प्रचण्ड: भन्नु भन्यौं हामीलाई आतंककारी भनेर
रेडकर्नर नोटिस ल्याएर
टाउकाको मूल्य तोकेर


ज्ञानेन्द्र: भैगो फुर्ती नगर, बाईसिएल देखाएर
भिड्ने भएर भिडौंला
मौका छोपेर

प्रचण्ड: च्यालेन्ज गर्‍यौं तिमीले भिड्छु भनेर
सिंगल सिगंल भिड्ने कि
पाखुरा सुर्केर?
<

अ९ठो प्रेमपत्र

अ९ठो प्रेमपत्र



- रामकुमार पाँडे

मेरी दिलकी रानी
आँखा की नानी
माया कि खानी,
हजुरको सुन्दर मुहारदेखि स्वर्गका अप्सरा हुन्छन लाजले पानी ! क्या जवानी !! अपरिचतको यो पत्र पाउँदा हजुरको Gउमा अ९ठो रक्तसञ्चार भयो होला । त्यो स्वभाBकै हो । तर हजुरलाई मेरो Dलले चिनेको छ । हनुमान जस्तो छाती च्यात्न सक्ने हजुरसँग मेरो PR कति ६ भनेर हजुरको नAनको अगाडी उभिAर देखाउने थिA र सुनुY हुने थियो होला । तर भग1ले त्यसो हुन दिएन ।
हजुरको छटपत् भन्दा मेरो Dल भित्रको ब्यथा केही चर्को छ, यो समस्या समाधानको एउटै उपाA हाम्रो संगम हो । हजुरको प्रेःM पाउने आशाले यो पत्र लेखेको छु । हृदयमा माया भA B४ गरेर मायाको जवाफ मायाले देउ । नभA पापी रहिछौ भनेर छाती PT PT रुनेछु ।
हे हुदयश्वरी, मेरो मन्दिरमा आE Bराजमान होउ । Eमान देखाE Dल खुश् गराउ । मेरो हजुरले यो प्रथम प्रेःM पत्र पढेर मलाई Bमुख पार्ने छैन भन्ने आशा Aवं Bश्वास ब्यक्त गर्दै यो पत्रको लाEन अन्त्य गर्दछु ।
मन लाग्छ खुलाE केही धक नमानी लेख्नु है डार्लिंग ।
हजुरको प्रेःM पुजारी
१ नाराAयण
Eलाम




साभार : डामाडोल डट कम

Saturday, October 27, 2007

Dashai Festival

Just yesterday, we, the nepalese people finished the dashain festival. it is celebrated near about 15 days in nepal. it is the greatest festival of nepal. almost all the nepalese poeple celebrate it happily and joyfully.

Friday, October 19, 2007

my cbyer

i am rajendra dahal. i am operating a cbyer cafe i.e. richa communication since a decade.