Sunday, April 27, 2008

अमेरिकाको विभिन्न सहरमा भुटानी शरणार्थीको आगमन

हालै भुटानी शरणार्थीहरुलाई विश्वको विभिन्न देशहरुमा पुनर्वासको व्यवस्था भईरहेको छ र हालै अमेरिका लगायतका देशहरुमा भुटानी शरणार्थीहरुको आउने क्रमको शुरुवात समेत भई सकेको छ ।
अप्रिल २५ को दिनमा अमेरिकाको न्युयोर्क सहरमा २९ जनाको समुह आई पुगेको र त्यहाँवाट अमेरिकाको विभिन्न सहरहरुमा प्रश्थान गरिसकेका छन् । उक्त तथ्यको जानकारी त्यही समुहमा आउने नेपाल परिवारका टेकनाथ नेपालले ओकल्याण्ड एयरपोर्टमा जानकारी गराएका थिए । वहाँका साथ श्रीमति र तीन जना छोराहरुलाई भुटनीज् अमेरिकन कम्युनिटि सेन्टरका अध्यक्ष वि वि थापाले खादा पहिराई स्वागत गरिएको थियो । साथै स्वागत तथा वहाँहरुलाई अलमेडामा ल्याउन स्थानिय अमेरिकन समाजसेवी वड जोस्लिन, अनन्त गुरुंग, डम्वर वस्नेत तथा अन्य भुटानी समुदायकासाथ पत्रकार ध्रुब थापाको पनि उपश्थिति थियो ।

नेपालवाट आवुधावी हुँदै न्युयोर्क आई पुग्दा आफुसित ल्याएका पाँचैवटा व्याग अवुधावीको एयरपोर्टमै वेपत्ता भएको र यहाँको एयरपोर्टमा जानकारी राख्दा व्याग इराक पुगेको र एक दुइ दिन भित्र सोझै घरको ठेगानामा पठाउने जानकारी त्यहाँका कर्मचारीले गराएका थिए । भुटानी शरणार्थी नेपालसित जानकारी राख्दा वहाँहरुको साथमा आउने अन्य साथीहरुमा गोविन्द रेग्मीका परिवारका पाँच जना वाल्टिमोरमा, टेकनाथका पाच जना अलमेडामा, कुमार दाहाल र वहाँकी वहिनी वाल्टिमोरमा, ठकलाल दर्जीका तीनजना कोलोराडोमा, तारानिधि सन्जेलका पाचजना टेक्सासमा, यदुनाथ नेपालका चारजना पोर्टल्याण्डमा र रंग खतिवडाका पाँचजना न्युयोर्कमा आएको जानकारी गराएका थिए ।





यहा अलमेडामा भुटानी कम्युनिटीको तर्फबाट वहाँहरुलाई स्वागत गर्दै आफनो खाना खुवाएर राहत दिलाएका थिए भने संस्थाका सदस्यहरु आफनो समय र हैसियत अनुसारका सहयोग पुयाउन लागेको जानकारी संस्थाका अध्यक्षले जानकारी गराउदै अमेरिकाको विभिन्न सहरहरुमा आउनु हुने शरणार्थीहरुलाई समेत त्यहाका स्थानिय नेपाली समुदायले सहयोग पुर्‍याउने अपेक्षाका साथ अनुरोध समेत गर्नुभएको छ र यो नया देशमा र नया परिवेशमा घुलमिल गराउन समेत अनुरोध गर्नुभएको छ । साथै अर्को समुह केही दिन भित्रै नेपालवाट प्रश्थान हुने जानकारीमा आएको छ, तर वहाँहरु कुन कुन सहरमा आउने हो त्यो जानकारी अहिले सम्म थाहा नभएको र पाँच वर्षभत्र ६० हजार भुटानी शरणार्थी अमेरिका आउने भएका छन्, अर्थात प्रत्येक वर्षकरिव १२ हजार शरणार्थी अमेरिकामा मात्र पुनर्वाशका लागि आउने छन् ।

प्रधानमन्त्रीको अपील आउदै

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज बैशाख १५ गते बेलुकासम्म राष्ट्रवाशीका नाममा अपील गर्ने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । प्रधानमन्त्रीका निकट सहयोगी शितल कोइरालाले बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाट आउने अपीलको ड्राफ्ट भइरहेको जानकारी आफूले पाएको उल्लेख गरे । प्रधानमन्त्रीको अपील आउनुअघि सात दलको बैठक हुने सम्भावना रहेको बालुवाटार श्रोतले बताए पनि अन्य दलले भने बैठकबारे आफूलाई जानकारी नभएको दावी गरे ।
श्रोतले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीबाट आउने बक्तब्यमा संविधानसभा चुनावबाट संविधानसभा गठन भएको उल्लेख छ । यसैगरी, बक्तब्यमा संविधानसभा बैठक बसाल्न र बैठकको कार्यसूची बनाउन सबैसँग आह्वान गरिएको श्रोतको भनाइ छ । प्रधानमन्त्रीको बक्तब्यमा दलहरुबीचको सहमतिमा राज्य संचालन गर्ने जनआन्दोलनको आदेश रहेको तथा संविधानसभा निर्वाचनले पनि त्यही जनादेश दिएको बेहोरा रहेको श्रोतको दावी छ । प्रधानमन्त्रीको बक्तब्यमा संविधान निर्माण र राज्य संचालन जनआन्दोलनमा ब्यक्त अभिमत र अन्तरिम संविधान अनुसार हुनुपर्ने पनि उल्लेख भएको श्रोतले जानकारी दीएको छ ।

Saturday, April 26, 2008

अरबपतिले धनी हुन सिकाउने


रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ ।
शब्दकोषअनुसार स्नबको अर्थ अंग्रेजीमा आफूलाई प्रतिष्ठित ठान्ने र अरुलाई होचो देख्ने प्रवृत्तिलाई जनाउँछ । तर यता यस पत्रिका र टेलिभिजनका सञ्चालक रसियाका यी धनाढ्य मिखाइल प्रोखोरोभले चाहिँ भनेका छन्- "यो टेलिभिजन र पत्रिका ती व्यक्तिलाई हुनेछ जो धनी छन् वा जो धनी हुन चाहन्छन् ।"
४२ वर्षीय मिखाइल अझै अविवाहित छन् र सन् १९९० को दशकमा सोभियत संघको पतनसँगै यिनले कम मूल्यमा अत्यन्तै बढी मूल्यको सरकारी कारखाना हात पारेका थिए । जसमध्ये एउटा पोलियस गोल्ड नामक सुनको खानी रहेको छ भने अर्को चाहिँ निकेलको खानी रहेको छ । यो खानी संसारकै सबैभन्दा ठूलो खानीका रुपमा चिनिन्छ भने उनको सुन खानी रसियाकै सबैभन्दा ठूलो खानी हो । उनी संसारभरका धनीमध्ये २४ औँ स्थानमा पर्छन् ।
रसियाली भाषाअनुसार स्नबको अर्थ "आफैँ बनेको व्यक्ति" भनी बुझिन्छ ।
केही वर्षगरिवीको गर्तमा भाषिएको रुस पछिल्लो समय व्यवसाय र ऊर्जाको कारण धनी हुँदै आएको छ । र, धनसँगै यहाँ पैसाको खोलो बगाउनेहरुको बढोत्तरी हुँदै आएको छ ।
त्यसो त रुसका २० प्रतिशत जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेका छन् तर आफ्नो यस किसिमको म्यागेजिन र टेलिभिजन च्यानलले ती २० प्रतिशत गरीव जनतालाई पनि आफू कसरी धनी हुने भन्ने विषयमा सिकाउने उनले बताएका छन् ।
यी अरबपति गएको वर्षचर्चामा आएका थिए, जब फ्रान्सेली प्रहरीले उनलाई वेश्यागमनको आरोपमा एउटा रिसोर्टबाट पक्राउ गरी थुनामा राखेको थियो । पछि प्रहरीले उनलाई बिना कुनै अभियोग रिहा गरिदिएको थियो । यस म्यागेजिनसँगै वेबसाइट पनि सँगै चल्ने उनले बताएका छन् र यी सबै आउँदो गर्मी महिना जुन/जुलाईबाट जनतासमक्ष आउने उनले बताएका छन् ।

Friday, April 25, 2008

बुढ्यौलीको जोस

माइनस सय डिग्री चिसो र अक्सिजन नभएको ४० किलोमिटरको उचाइबाट ध्वनिभन्दा द्रुत गतिमा हामफाल्दै छन् ६४ वर्षे माइकल


फ्रान्स आर्मीका एक रिटायर्ड प्यारासुटर माइकल फोर्नियर ६४ वर्षको उमेरमा पनि पहिलेजस्तै साहसी छन् । उनी ४० किलोमिटरको उचाइ अर्थात् पृथ्वीको वायुमण्डलको किनारबाट हामफालेर नयाँ कीर्तिमान राख्ने तयारी गर्दै छन् । यो अभियान सफल भएमा विश्वका चारवटा कीर्तिमान भंग हुनेछन् ।विश्वास नै गर्न नसकिने यो 'जम्प' उनले क्यानडाको आकाशबाट आगामी मे २५ मा गर्दै छन् । यस अभियानलाई उनले आफ्नो २० वर्ष पुरानो सपना बताएका छन् । उनले हामफाल्ने विन्दुबाट पृथ्वीको गोलाइ र अन्तरिक्षको अन्धकार प्रस्ट देख्न सकिन्छ ।उनले सुरुमा 'जिरो ग्रयाभिटी' क्षेत्रको सामना गर्नेछन् । जहाँ हावा हुनेछैन । उनले हामफाल्दा सुरुमा अन्तरिक्षमा जस्तो आफ्नो तौल शून्यमा झरेको महसुस गर्नेछन् । ४० किलोमिटरको उचाइसम्म पुग्नलाई उनले एक सय ६१ मिटर लामो हेलियम बेलुनको सहारा लिनेछन् । बेलुनको फेदमा उनी बस्नलाई एउटा विशेष डिब्बा जडान गरिनेछ । वायुचाप सन्तुलित गरिएको उक्त डिब्बाको नाम 'बिल्ली बिसप' राखिएको छ र यो साढे तीन घन्टाको यात्रापछि ४० किलोमिटरको उचाइमा पुग्नेछ । उनले फ्रि-फल प्यारासुटको गति, उचाइ, मानवसहितको बेलुन उडानको उचाइ र फ्रि-फलको अवधिमा नयाँ विश्व-कीर्तिमान कायम गर्नेछन् । उनले हामफाल्दा उनको गति १५ सय किलोमिटर प्रतिघन्टा अर्थात् ध्वनिको भन्दा एक दशमलव तीन गुणा बढी हुनेछ ।यसप्रकारको जम्पमा उनको यो तेस्रो प्रयास हो । सन् १९८८ मा गरिएको पहिलो प्रयास प्राविधिक कारणले गर्दा असफल भएको थियो भने सन् २००३ मा हेलियम बेलुनको खराबीले उनको उडान नै रोकिएको थियो । यसपालि उनले प्रयोग गर्न लागेको बेलुन नयाँ प्रविधिको छ । तर, मानवसहित परीक्षण भने भइसकेको छैन ।बाहिरी चिसोबाट जोगिन माइकलले कार्बन फाइबरद्वारा निर्मित विशेष पहिरन लगाउँदै छन् । ३५ हजार डलर तिरिएको उक्त पहिरनले हावाको घर्षणबाट ताप सिर्जना गरी माइकललाई न्यानो रहन सहयोग गर्नेछ । उनले शिर र कानको सुरक्षाका लागि विशेष हेल्मेट र इयरप्याड लगाउनेछन् ।उनले हामफालेपछिको ६ मिनेटपछि मात्र प्यारासुट खोल्नेछन् । त्यसपछि साढे आठ मिनेटको प्यारासुट यात्रापछि उनी क्यानडाको सेस्काचेवनस्थित मैदानमा ओर्लिनेछन् । उनको यस अभियानलाई नासाले समेत विशेष चासो लिएको छ । यसअघि सन् १९६० मा एक अमेरिकी वायुसैनिकले ३२ किलोमिटरको उचाइबाट हामफालेका थिए ।

'कालो काग'को देशबाट

'काठमाडौंमा गौंथली देखिएनन्,' संवादको अन्त्यमा उनको स्वर हल्का उदास सुनियो । 'सिलोङमा टन्नै गौंथली भेटिन्छन्,' उनले भने । तेस्रो पटकको काठमाडौं बसाइमा एमपी गुरुङले काठमाडौंका गिद्ध देख्न भ्याएका छैनन् । यसपटक उनी पशुपति पनि
पुगेनन् र बागमतीको 'नयाँ रुप' पनि देखेनन् । निलोबाट कालो बन्दै गएको बागमतीमा के बग्छ, उनलाई खासै मेसो छैन । मानव-संस्कृतिको इतिहास कि त प्रकृतिसँगको द्वन्द्वमा लेखिएको छ कि प्रकृति समक्ष आत्मसमर्पणमा । यतिखेर काठमाडौंवासीले
प्रकृतिसँग अर्को एउटा तालमेल गरिरहेका छन् । जसै काठमाडौंमा गौंथली हराएर नदी किनारमा गिद्ध देखिन थालेका छन्, मान्छेका घर पनि बिस्तारै गौंथलीको गुँडबाट गिद्धको गुँडको आकारमा विकसित हुँदै गएका छन् । कुनैबेला यो विम्ब तत्कालिन
'जनप्रतिनिधि'को प्रगतिको बयान गर्न पनि प्रयोग हुने गरेको थियो । समयसँगै अहिले यसको अर्थमा परिवर्तन हुनथालेको छ ।
'काठमाडौंका काग खैरा रै'छन्, यी मधेसी काग हुन् । हाम्रो सिलोङमा निख्खर काला पहाडी काग छन्,’ देशको केन्द्रीय राजनीतिमा मधेस हाबी हुँदै गएको समयमा उनले भने । 'अरू त उस्तै हो, रुपी यहाँ पनि छन्, त्यहाँ पनि छन् । तर,
यताका रुपी अलि बढी दुःखीजस्ता लागे, खानेबेला ब्रेकफास्ट टेबुलमै आउँदा रै’छन् ।’ 'काठमाडौंका काग खैरा रै'छन्, यी मधेसी काग हुन् । हाम्रो सिलोङमा निख्खर काला पहाडी काग छन्,' देशको केन्द्रीय राजनीतिमा मधेस हाबी हुँदै गएको समयमा उनले भने । 'अरू त उस्तै हो, रुपी यहाँ पनि छन्, त्यहाँ पनि छन् । तर, यहाँका
रुपी अलि बढी दुःखीजस्ता लागे, खानेबेला बे्रकफास्ट टेबुलमै आउँदा रै'छन्,' एक सातामा उनको टेबुलमा धन्न 'रुपी' मात्र आइपुगेको छ ! हरेक सहरको आफ्नो शैली मात्र हुँदैन, जीवन नै फरक हुनसक्छ । सिलोङ र काठमाडौंका काग र रुपीको
अन्तरमा यी सहरको फरक लुकेको होला !
वर्षाभन्दा मेघको गर्जन चर्को हुन्छ । पूर्वोत्तर भारतका यी पहाडमा यसको आवाज अझै चर्को सुनिन्छ, यसैले यसलाई नाम दिइयो- मेघालय । मानौं, मेघ यी पहाडको काखमा वास बस्छ र आकाशको संकेत पाउनासाथ 'मिल्किन्छ' । तर, यो नाम चाँडै
नै फेरिन्छ कि भन्ने उनलाई 'डर' छ । भन्छन्- 'जसरी बैंग्लोर बैंगलुरु र कलकत्ता कोलकाता भयो, यसैगरी एक दिन मेघालय पनि फेरिन सक्छ ।' मेघालयको नाम फेरियो भने के होला ? नाम फेरेर सहर फेरिएला ? बुढा सेक्सपीयरले 'नाममा
के राखेको छ ?' भनेर दुनियाँलाई अर्ती दिएको धेरै बर्ष भइसक्यो पनि नामको 'टन्टो'ले दुनियालाई छोडेको छैन । साठी पार गरिसकेका यिनको अनुहारमा घरीघरी अम्बर गुरुङको झल्को आउँछ । तर, यी आफूलाई असी वर्ष पुगिसकेको सम्झिन्छन् । किन ? 'साठी पार गरेपछि सबै असीजस्तै हो भाइ, फल लाग्दैन, फूल फुल्दैन ।' 'पानीको मुख्य कुलो बीचैमा
भाँचिएको फाँटजस्तो उब्जाउ नहुने उनको शरीर'ले चिनी मनपराउँदैन । 'के गर्ने भाइ, सुगर बोर्डरलाइनमा छ,' गुलियोका लागि देशमा 'बाहुन' बदनाम छन्, तर यहाँ त गुरुङको पनि उही हाल छ । 'कर्मचारी लाइनमा लागेपछि केहीको ठेगान
हुँदैन, दिनभरका मिटिङमा कति चिया खाइयो, त्यो सबै अहिले देखिँदै छ,' जीवनमा अब पुरानो स्वादको सम्झना मात्र बाँकी छ । 'असमयको खाना, फास्टफुड र बढी चिन्तामा लाग्नुभो भने तपाईं जानुभो,' यो युवाहरुलाई उनको धम्की कम सुझाव
बढी हो ।
दार्जिलिङ र सिक्कमबाट थुप्रै स्रष्टा काठमाडौं झरेर जमेका छन् । तर, पूर्वोत्तरबाट निकै कम मात्र आएका छन् । किन होला ? 'सम्बन्धका कारण हो जस्तो लाग्छ, सिक्किम दार्जिलिङ नेपालसँग जोडिएको छ, हामी टाढा छौं,' उनले टाढाको कुरा गरे
र किलोमिटर गन्न थाले, जो हजारभन्दा माथि लाग्नथाल्यो । तर, यो किलोमिटरको लम्बाइको बीचमा भावनात्मक दूरीको भने यहाँ पनि उनले कुरा गरेनन् ।
कलाकारहरू बढी संवेदनाले भरिएका हुन्छन्, सबैकुरा खरर्र बताउँदैनन्, बुझ्नुपर्छ । तपाईं किन आउनुभएन यतै जम्ने गरी ? 'दुईवटा कारणले भाइ, एउटा त म सरकारी जागिरमा लागेँ, अर्को सिलोङमा मेरा बाबुको चिहान छ । जीवन उजाडिएपछि
पनि चिहानको माया हुँदोरहेछ, हामी पुर्खाको चिहान कुर्न बसेका छौं ।' यसो भनिसकेर उनले कसरी सिलोङमा नेपाली समुदायले आपसमा पैसा उठाएर छुट्टै नेपाली चिहान बनायो भन्ने कथा सुनाए । उनका बा, जो गोरखा फौजमा सुबेदार-मेजर थिए र
साथमा बाहुनले भरिएको गोरखा धर्मसभाका अध्यक्ष थिए, उनलाई ती मानिसको चिहानको मायाले मेघको टापुमा रोकेर राखेको छ । बाका पालामा उनको सहरमा भव्य दसैं मनाइन्थ्यो । '३० वटासम्म राँगो काटिन्थ्यो भाइ, अहिले तीनटासम्म
काटिन्छन्,' यसमा संस्कृतिप्रतिको उदासीनता खोजेर झोक्राउने कि राँगाको 'आयु' बढेकामा खुसी मनाउने यसको निर्णय अझै भइसकेको छैन ।
उनलाई 'टाढाको' सिलोङको प्राकृतिक सौन्दर्य खुब मनपर्छ । तर, साथमा खस्या भाषा नजान्दा हुस्सू हुनुपर्ने कुरा मनपर्दैन । हावापानी र खानपिन खुब मनपर्छ, गाडीको भीड मनपर्दैन । चारैतिर हरियो भएको राम्रो बाटो मनपर्छ तर चिसोमा निकै जाडो
हुने कुरा मनपर्दैन । त्यसै पनि साठी पार गरेकालाई जाडो मनपर्दैन, त्यसमा पहाडी चिसो बतास, उनी वैशाखको काठमाडौंमा पनि च्यादर ओडेर बसेका छन् । काठमाडौंको बस्ती बसाइ र घर देख्दा उनी बिरक्तिएका छन् । 'बाफ रे ! कस्तो कन्जस्टेड
सहर, जसले जहाँ जसरी घर बनाए पनि हुने । यस सहरको कुनै प्लानिङ छैन,' बोल्दाबोल्दै उनी आत्तिन्छन् । उनी मात्र आत्तिएर के गर्ने काठमाडौंवासी कहिल्यै आत्तिन्नन्, बिचरा काठमाडौं कति आत्तिएको होला सोध्ने फुर्सद कसलाई पो छ र ! मेघालयको राजधानी हो- सिलोङ । जुन, सहर गोर्खालीले बसाएको एमपी गुरुङसँग प्रमाण छन् । एकजना बि्रटिस सर्भेयर जनरलले लेखेको पुस्तकको कतियौं पानामा यस्तो लेखिएको छ, उनलाई कन्ठै छ । 'बि्रटिस आर्मीका असिफर कालुसिंह थापाको
नेतृत्वमा सिलोङमा सेनाका लागि छाउनी बनाइएको इतिहास छ,' उनले भने र त्यसअघिको सिलोङका बारेमा अंग्रेजीमा बताए- 'दियर वाज नट अ र्‍याट' ।
मेघको पहाडबाट उनी अहिले गुजमुज्ज काठमाडौंमा ओर्लिएका छन्, आफ्नो स्वरको जादु देखाउन । भोलि शुक्रबारको साँझ नेपालयको एउटा सानो हलमा उनको आवाजमा सिलोङ सुसाउनेछ । त्रिचालीस वर्ष भयो उनले काठमाडौंमा नगाएको । 'त्यतिबेला राजा
महेन्द्रको जन्मोत्सवमा गाउन आएको थिएँ,' त्यतीबेला उनी महाप्रसाद गुरुङ थिए, अहिले एमपी भएका छन् । यो उनको चौथो नेपाल-भ्रमण र तेस्रो काठमाडौं-भ्रमण हो । बीचमा एकपटक आमालाई पशुपति दर्शन गराउन आएका थिए । '१९९९ मा
काठमाडौं नआईकन मुग्लिनबाटै लमजुङतिर लागेको थिएँ,' यो उनको पुर्खाको थलो हो । लमजुङको गिलोङ टक्सारबाट यिनका बा गोर्खा राइफल्समा भर्ती हुन गएका थिए । जो फर्किएर लमजुङ आएनन्, सिलोङका डाँडामा बस्ती बसाल्दाको थकाइ मार्न उतै सुस्ताए । 'त्यतिबेला म आफ्नो ठाउँ खोज्न एक्लै आएको थिएँ । आफन्तहरू भेटेर
फर्किएँ,' उनले सुनाए । सिलोङमै जन्मेका यिनलाई काका-बाहरूका अघि आफ्नो परिचय दिन कति अप्ठ्यारो भयो होला, खुलाएनन् ।
उनी गायक हुन्, तर गायन उनको पेसा होइन । संगीतको औपचारिक शिक्षा पनि लिएका छैनन् । 'म आफ्नो जातिका कारण संगीतमा लागेको हुँ,' यो १९५५ तिरको कुरा हो । जब एमपी गुरुङको ठेगानापछि 'स्टेट- आसाम' लेखिन्थ्यो । उनकी आमा
मित्रसेनका गीत-भजन गाउँथिन् । तीन वर्षको उमेरमा हारमोनियम समाएर पहिलोपटक उनले सार्वजनिक रूपमा गीत गाए- तिहारको भैलोमा । 'त्यतिबेला नेपालीले नेपाली संगीत-कला समिति खोले, मलाई पनि त्यही दाइहरूले गाउन सिकाए,' यो
सुरुवात थियो । त्यसपछि कतै बिहे वा सत्यनारायणको पूजाको खबर पाए पुग्थ्यो, निम्तो भनेको आउँदै गथ्र्यो किशोर एमपी गीत गाउन पहिले पुग्थे । उत्तराञ्चल अनुष्ठानअन्तर्गत गुवाहाटीबाट अल इन्डिया रेडियोले नेपाली कार्यक्रम दिन्थ्यो, यो नेपाली
गीतको एक मात्र स्रोत थियो । पलेँटीमा सोह्रवटा गीत गाउने उनको योजना छ । जसमा केही आफ्नै गीत छन्, भने केही अम्बर गुरुङ र केही धर्मराज थापाका गीत छन् । 'म त गीतबाट पनि टाढा भइसकेको थिएँ, गएको साल आभास भाइ आएपछि फेरि गाउने रहर जाग्यो,' क्रेडिट
बाँड्न उनी कन्जुस्याइँ गर्दैनन् ।
सिलोङ सहरको जगमा जुन गोर्खालीको पसिनाको सरोवर छ, त्यहीँ नेपाली अल्पमतमा छन् । पूर्वोत्तर भारतको राजनीति अल्पसंख्यकको राजनीति हो । प्रायः अल्पसंख्यक बढी आक्रामक हुन्छन्, आफ्नो अस्तित्व र अधिकारका लागि । मेघालयको जम्मा १५
लाख जनसंख्यमा नेपाली कति छन्, उनलाई ठ्याक्कै सम्झना छैन । चार लाख जनसंख्या भएको सिलोङमा नेपालीको संख्या बीस-पच्चीस हजार भएको उनको अनुमान छ । पछि सहर हुन थालेपछि बंगाली, बिहारी र मारवाडीको आगमन भयो । जो अहिले
नेपालीभन्दा बढी छन् । अहिले मेघालयका नेपाली दूध व्यवसायबाट विस्थापित भएका छन् । नेपालीले दूध सप्लाइ गर्न छाडेपछि सिलोङको सबैभन्दा चर्चित बंगाली मिठाई पसल बन्द भएको कथा पनि उनले भुलेका छैनन् । यस्तै, बिराएका-हराएका कुरा
बिर्सिन्छ गाह्रो हुन्छ, सायद !
पहिले सिलोङ बृहत् आसाम राज्यमा पथ्र्यो । भारतीय गणतन्त्रमा सामेल भएलगत्तै त्यहाँ विभिन्न स्वाधीनता संघर्ष सुरु भए । '१९६३ मा नागाल्यान्ड र १९७२ मा मेघालय छुट्टै राज्य बने,' उनले इतिहास सुनाए । 'मेरा बाले भन्नुहुन्थ्यो लक्ष्य फस्ट
डिभिजनको लिनु अलिकति कम भयो भने पनि सेकेन्ड डिभिजन त आइहाल्छ । यहाँ पनि त्यस्तै भएको थियो । आन्दोलन छुट्टै देशको मागमा भएका थिए तर प्राप्त भयो स्वायत्त राज्य' मेघालय निर्माणको कथा थियो यो । १९१३ मा खुलेको गोरखा पाठशाला
नेपालीको संवेदनाको प्रतीक मानिन्छ । 'यहाँका नेपाली अल्पसंख्यक त मानिन्छन् तर आदिवासी मानिँदैनन्,' उनले सुनाए । स्थिति कस्तोसम्म थियो भने, यिनले स्कुल-कलेज अंग्रेजी माध्यममा पढे- 'पछि साथीभाइको हावा लागेर बल्ल नेपाली लेख्न
सिकेको ।'
सिलोङबाट एउटा नेपाली पत्रिका निस्किन्छ- 'कोसेली' । गोरखा पाठशालाको छेवैमा अहिले एउटा नयाँ कलेज खुलेको छ । नाम छ यस्तो- 'बुद्ध-भानु-सरस्वती कलेज' । नाम सुन्दा लाग्छ, नेपालीले नामबाटै स्वाद लिनेगरी नाम खोजेछन् । यस्ता
नाममा कतै थाहै नपाई बीच-बीचमा अम्बर गुरुङको संगीत, नारायणगोपालको स्वर र बच्चु कैलाशको सादगी मिसिएजस्तो लाग्छ, जो एमपीलाई सबैभन्दा बढी मनपर्ने कलाकार हुन् । कुनैबेला उनले सिलोङको हलमा नेपाली फिल्म हेरेका थिए- 'कान्छी'
। 'त्यसपछि एउटा पनि हेर्न पाएको छैन, कोही-कोही बेला आउँदो होला, मिस गरी पठाउँछु होला,' उनले आफ्नै शैलीमा भने ।
आसामी संगीतका शीर्ष पुरुष छन्- भूपेन हजारिका । 'मेघालयमा त्यस्तो फिगर कुनै छैन,' उनी भन्छन् र हजारिकासँग एउटै मञ्चमा गाएको बजाएको स्मरण गर्छन् । नेपाली संगीतमा उनले संगत गरेका सबैभन्दा 'ठूला' पात्र हुन्- धर्मराज थापा ।
धर्मराज थापा सिलोङ आउँदा यिनको स्कुल बिदा थियो । सो उनी थापासँगै आसामका थुप्रै कार्यक्रममा हिँडे । थापाले 'त्यस जुगमा' लेखेको गीत उनले यसपालि काठमाडौं लिएर आएका छन्, गाउने मुडमा । प्रायः पुरानो पुस्ताको एउटा गुनासो उस्तै हुन्छ-
'संगीतबाट सुर हराउन थाल्यो, हल्ला बढ्न थाल्यो ।' तर, एमपी गुरुङलाई यस्तो लाग्दैन । 'नेपाली संगीत अगाडि बढिरहेको छ, प्रविधिदेखि स्वरको गुणस्तरसम्म वृद्धि भइरहेको छ । कुरा के भने भाइ, आ-आफ्नो टाइमका गवैया हुन्छन्, रफी
र नारायणगोपाल सधैं खोजेर पाइँदैनन्,' यसलाई सन्तोष मान्ने बहाना भने पनि हुन्छ । रिमिक्सका विषयमा यिनी 'कमेन्ट' गर्दैनन् । यत्ति भन्छन्- 'पहिलेका गीतले सुन्नेका मुटु हल्लाउँथे, अहिलेकाले शरीर हल्लाउँछन् ।' यति भनिसकेपछि अरू
कमेन्ट गरिरहनु्पर्ला र ?
काठमाडौंमा राजनीतिक बद्लाव भइरहेको समयमा उनी आइपुगेका छन् । मेघालयको पृथकतावादी सशस्त्र संघर्षलाई नजिकै बसेर हेरेका यिनी भन्छन्- 'नेपालमा ठूलै बद्लाव आउनेवाला छ ।' संविधानसभाको परिणामलाई नै धर्तीको अन्तिम परिवर्तनजसरी
व्याख्या गरिहेका बुद्धिजीवीले यिनका कुरालाई कसरी लेलान् ? 'राजनीति राम्रो हुन देश धनी हुनुपर्छ भाइ ! नेपाल धनी भइदिएको भए म लमजुङको डाँडामा होटल खोलेर बसेको हुन्थेँ होला, अथवा कुनै जिल्लाको सिडिओ हुन्थेँ होला ।' यस्ता कल्पना
उनी 'कहिलेकाहीँ' गरिरहन्छन् । 'रिटायर्ड लाइफ'मा तन्द्राजस्ता कल्पनाको लस्कर धेरै सल्बलाउँछन् । गरिब देशको गौरव केवल झन्डामा मात्र फर्फराउँछ, जीवनमा कता हराउँछ, थाहा नपाउँदै जीवन घर्किइसक्छ !

Wednesday, March 12, 2008

धान रोपाईं .....

असार हो कि फागुन छुट्याउनै गाह्रो भो ।




Monday, March 10, 2008

आफू मरेर मान्छे जोगाउने कुकुर


तपाइँलाई दुइ साता पुरानो खबर सुनाउँछु । त्यो खबर चाहिँ के भने नौ वर्षीय ज्याक रसेल भनिने कुकुर न्यूजिल्याण्डमा पाँच बच्चाहरुलाई अरु दुइ वटा ठूला खाले 'बुल डग'बाट जोगायो । खबर अनुसार ज्याकले पाँच जना साना बालबालिकाहरु सडकमा हिँड्दै गर्दा टोक्न भनी दुइ वटा ठूला कुकुर झम्टिए । तर ज्याकले उल्टै ती कुकुरमाथि आक्रमण गर्‍यो र तिनलाई घाइते वा मारिने सम्भावनाबाट जोगायो । ती कुकुरहरु ज्याकभन्दा निकै ठूला मात्र थिएनन्, विषालु पनि थिए । कतिसम्म भने बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्‍यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो । ती दुइ ठूला बुल डगलाई खेदाएपछि ज्याक अशक्त भएर भुइँमा ढल्न पुगेको थियो । त्यसपछि आफूलाई जोगाउने कुकुरलाई लिएर बालबालिकाहरु तत्काल अस्पताल पुगे । जहाँ, डाक्टरहरुले उसलाई मृत घोषित गर्नु पर्‍यो । यो कुकुरको बहादुरी न्यूजिल्याण्डको नर्थ आइल्याण्डस्थित जनताले त मानेका थिए नै, यो खबर संसारभर पुगेपछि यसमा थप रोचकता थपिएको छ । यो कुकुरको बहादुरीबाट प्रभावित एक व्यक्तिले कुकुरको मरणोपरान्त सम्मान गर्ने उद्देश्यले साहसिक मेडल पुरस्कार दिएका छन् । पर्पल हर्ट नामक यो मेडल (तक्मा) सोसाइटी फर द प्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स नामक संस्थाले दिएको छ । यो तक्मा चाहिँ कुकुरका धनीलाई प्रदान गरिएको हो ।
यो तक्मा (एपीसीए मेडल) सामान्यतया जनावरसँग लड्ने त्यस्ता व्यक्तिहरुलाई प्रदान गरिन्छ, जसले ज्यादै संकटका बेलामा जनावरहरुसँग लडेर आफ्नो ज्यान जोगाउँछ । तर यस पटक यो कुकुरको बहादुरीबाट आफू ज्यादै प्रभावित भएकाले यो अवार्ड कुकुरलाई प्रदान गरिएको एसपीसीएका मुख्य कार्यकारी रोबिन किपेनबर्गरले बताए । "जर्ज सानो आकारको भएर पनि आफूभन्दा दोब्बर ठूला कुकुरहरुसँग टक्कर लिएर तिनलाई घाइते बनाएर मान्छेको ज्यान जोगायो । यो सानोतिनो उदारता र सानोतिनो साहसको कुरा होइन", उनले एपीसँग भने- "तर सँगसँगै हामीलाई दुःख पनि लागेको छ, मान्छेको ज्यान जोगाउँदा उसले आफ्नै ज्यान चाहिँ गुमाउनु पुग्यो ।"