अप्रिल २५ को दिनमा अमेरिकाको न्युयोर्क सहरमा २९ जनाको समुह आई पुगेको र त्यहाँवाट अमेरिकाको विभिन्न सहरहरुमा प्रश्थान गरिसकेका छन् । उक्त तथ्यको जानकारी त्यही समुहमा आउने नेपाल परिवारका टेकनाथ नेपालले ओकल्याण्ड एयरपोर्टमा जानकारी गराएका थिए । वहाँका साथ श्रीमति र तीन जना छोराहरुलाई भुटनीज् अमेरिकन कम्युनिटि सेन्टरका अध्यक्ष वि वि थापाले खादा पहिराई स्वागत गरिएको थियो । साथै स्वागत तथा वहाँहरुलाई अलमेडामा ल्याउन स्थानिय अमेरिकन समाजसेवी वड जोस्लिन, अनन्त गुरुंग, डम्वर वस्नेत तथा अन्य भुटानी समुदायकासाथ पत्रकार ध्रुब थापाको पनि उपश्थिति थियो ।


यहा अलमेडामा भुटानी कम्युनिटीको तर्फबाट वहाँहरुलाई स्वागत गर्दै आफनो खाना खुवाएर राहत दिलाएका थिए भने संस्थाका सदस्यहरु आफनो समय र हैसियत अनुसारका सहयोग पुयाउन लागेको जानकारी संस्थाका अध्यक्षले जानकारी गराउदै अमेरिकाको विभिन्न सहरहरुमा आउनु हुने शरणार्थीहरुलाई समेत त्यहाका स्थानिय नेपाली समुदायले सहयोग पुर्याउने अपेक्षाका साथ अनुरोध समेत गर्नुभएको छ र यो नया देशमा र नया परिवेशमा घुलमिल गराउन समेत अनुरोध गर्नुभएको छ । साथै अर्को समुह केही दिन भित्रै नेपालवाट प्रश्थान हुने जानकारीमा आएको छ, तर वहाँहरु कुन कुन सहरमा आउने हो त्यो जानकारी अहिले सम्म थाहा नभएको र पाँच वर्षभत्र ६० हजार भुटानी शरणार्थी अमेरिका आउने भएका छन्, अर्थात प्रत्येक वर्षकरिव १२ हजार शरणार्थी अमेरिकामा मात्र पुनर्वाशका लागि आउने छन् ।
No comments:
Post a Comment