Tuesday, July 29, 2008

HAMAR NAYA NEPAL

National Anthem: Hamar Desh Pyara Madhesh 

National Cuisine: Sattu 

National Drink: Gudwa ka sharbat 

National Festival: Chatt ( In Lieu of Dashain) 

Second National Festival: Holi ( In lieu of Deepavali) Celebrated for a month with shit, cow dung and mud 

  

National Weapon: Baans Ke Latthi ( Ek haat mein talwar doosra mein dhaal. Duno haat khali nahi to lade kaise?) 

  

National Language: Bhojpuri 

National Pastime: Calling Bandhs to teach the saala pahadiyas a lesson. 

National Transport: Bayel Gada 

National Sport: Kidnapping, Extortion, Wife burning 

National Hobby: Corruption ( On the footsteps of our Vice President) 

  

NATIONAL CHARACTER: Indiscipline 

  

Cheers and have a good time JAY MADHESH HAMRA DESH

Sunday, July 27, 2008

छोटकरी समाचार

उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको विरोधमा आज पश्चिम झापामा सडकमा यातायात पूर्ण रुपमा ठप्प पारिएको छ । 
 जिल्लाको दक्षिणी गाविसहरुमा पनि उपराष्ट्रपति पुत्ला दहन गरिएको छ । शिवगंजमा युवाले विहान १० देखि एक घण्टा बजार बन्द गराएका छन् । 
 सुरुङा, दुर्गापुर, माइधार, धरमपुर र दमकमा सडकमा टायर बाली यातायातका साधन चल्न दिइएको छैन् । 
 माईधारमा विहान नौ बजे देखि अलपत्र परेका बोलबमका तर्ीथ यात्री लाई तीन घण्टापछि गन्तब्य तर्फजान दिइएको थियो ।
 सडकमा लाठी मुङग्री लिएर बसेका युवाले उपराष्ट्रपति झाको राजिनामा माग गर्दै चर्का नारावाजी गरेका छन् । 

--------------------------------------------------------------------------


सडकको अवस्था नाजुक बनेका कारण झापाको दुधेबाट शिवंगन्ज र महाभाराको कुन्जीवारीसम्म चल्ने यातायातका साधन बन्द भएका छन् । 
 त्यो रुटमा मेची यातायात संघसँग आबद्ध ६ वटा ठूला बस चल्ने गरेकोमा तीन देखि यातायात ठप्प रहेको संघका अध्यक्ष पूण्य ढकालले बताउनु भयो । 
 वर्षामा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटना हुन सक्ने खतरा बढेपछि यातायातका साधन नचलाइएको उहाँले बताउनु भयो । 
 शिवगन्जसम्म साना र हलुका जिपहरु भने पातलो गरि चलिरहेको शिवगंजका दीपक भेटवालले बताउनु भयो ।  

--------------------------------------------------------------------------


झापाको दुधे महाभारा सडक खण्डमा हालै कालोपत्रे गरिएको सडक एक महिना नवित्दै विग्रन थालेको छ । 
 त्यहाँ जिल्ला विकास समिती झापाले चन्द्रडाँगीबाट सात सय मिटर खण्ड बैसाख महिनामा निर्माण शुरु गरी एक महिना अघि सम्पन्न गरेको थियो । 
 तर सडक निर्माण सम्पन्न भएको केही समयमै सडकमा खाल्डा खुल्डी परेको निर्माण समितिका सचिव राकेशकुमार साहले स्वीकार गर्नु भयो । कमसल सामाग्री प्रयोग गरिएकोले सडक भत्केको उहाँले बताउनु भयो । 
 शिवगंजका स्थानियवासी लक्ष्मी यादवले सडक बनाउँदा हेल्चेक्राई गरिएकोले सडक भत्केको दाबी गर्नु भयो । उक्त सडकमा कालोपत्रे गर्न टेण्डर आव्हान नगरि स्थानिय छवि लुइटेल र गंगानन्द झालाई १५ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । 
 ठेक्दार झाले आफूहरुले सडक कमसल निर्माण गरेको प्रतिकृया दिनु भयो । 

कुमार लुइटेल

Saturday, July 26, 2008

देशभर झाको पुत्ला दहनः


उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा विभिन्न दल निकट भातृ संगठन तथा विद्यार्थीहरुले शुक्रबार पनि देशभर प्रदर्शन गरे । उपराष्ट्रपतिजस्तो मुलुकको सम्मानित पदमा रहेको व्यक्तिले मातृ भाषाको बेवास्ता गर्दै हिन्दीमा सपथ लिएको भन्दै विद्यार्थीलगायतका संगठनहरुले प्रदर्शन सुरु गरेका हुन् । झाको विरोधमा मधेशी जनताले पनि विरोध गरेका छन् । उनले आफ्नो मातृ भाषा मैथिलिलाई समेत उपेक्षा गरेको भन्दै झाले राष्ट्रघात गरेको जनाएका छन् । उनीहरुले सम्पूर्ण मधेशी जनताको शिर निहुराएको प्रतिक्रिया दिएका छन् । राजधानीलगायत देशका विभिन्न भागमा शुक्रबार झाको पुत्ला दहन गरियो ।


Friday, July 25, 2008

रअ को हस्तक्षेपपछि माओवादीमा मच्चियो बवण्डर ९-साउन-२०६५,बिहिवार रोडम्याप संवाददाता माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? प्रचण्ड–बाबुर

माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? 
प्रचण्ड–बाबुराम गुट किरण–वादल गुट  
पुष्पकमल दाहाल 'प्रचण्ड' मोहन वैद्य 'किरण' 
बाबुराम भट्टराई 'लालध्वज' रामबहादुर थापा 'वादल' 
बर्षमान पुन 'अनन्त' सीपी गजुरेल 'गौरव' 
नन्दकिशोर पुन 'पासाङ' पम्फा भुषाल 'विद्युत'  
हिसिला यमी 'पार्वती' नेत्रविक्रम चन्द 'विप्लव' 

काठमाडौं। नेकपा (माओवादी) भारतीय गुप्तचर संस्था 'रअ'को नियन्त्रणमा पुगेपछि त्यस पार्टीभित्र लामो समयदेखि चल्दै आएको दुई लाइन संघर्ष तीब्र बन्दै गएको छ। पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले 'रअ' को निर्देशनमा अन्तिम चरणमा पुगिसकेको वाम सहकार्य भाँडेपछि दुई लाइन संघर्ष थप तीब्र बन्न लागेको हो। संस्थापन पक्षले किरण–बादल गुट नै एमाले–माओवादी सहकार्यको बाधक भनी कूप्रचार गर्दै आएकोमा किरणले उक्त कूप्रचारको आफू निकट पत्रिका जनदिशालाई अन्तर्वार्ता दिँदै खण्डन गरेपछि दुई लाइन संघर्ष तीब्र बन्न लागेको थप रहस्योद्घाटन भएको छ। उनले भनेका छन्–“मैले सहमति तोडाउन भूमिका खेलें भन्ने कुरा विल्कुलै झुटा प्रचार हो। व्यक्तिगत रुपमा मेरो विचार भन्नुहुन्छ भने एमालेसँग जसरी भए पनि सहमति गरेर जानुपर्छ भनेर मैले अन्तिम अवस्थासम्म अडान राखेको थिएँ जुन कुरा पार्टी पंक्तिभित्र पनि प्रष्ट छ। त्यसैले वाम सहकार्य विरोधी भन्ने कुप्रचारले मेरो चरित्रहत्या गरेको छ।” किरणले प्रचण्ड र डा. बाबुराम भट्टराई भारतीय गुप्तचर संस्था 'रअ'को प्रभावमा परेर एमालेसँगको सहकार्य तोडेको संकेत गर्दै भनेका छन्– 'निश्चित रुपमा विदेशी चलखेल तिव्र भएको हो। साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको नियोजित योजनाकै कारण यस्तो स्थिति सृजना भएको हो।' 
 
बुधबार मध्यरातमा 'रअ'का नेपाल प्रमुख आलोक जोशीले दिएको गोप्य सल्लाहअनुसार एमालेसँगको सहकार्य तोडिएको रहस्य किरणको यो अभिव्यक्तिले पनि पुष्टी गरिसकेको छ। उक्त रहस्य क्रमशः सार्वजनिक हुँदै गएपछि जनयुद्धको सफलतासँगै संसदवादी दलहरुलाईसमेत आफ्नो एजेण्डामा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलाई पुर्‍याएको दाबी गर्दै आएको माओवादी नराम्ररी नांगिएको छ। वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुमात्रै होइन 'रअ' कै इशारामा नाच्दा आफ्नो उपयोगतावादी र धोकाधडीको राजनीति जनतासामु नराम्ररी नांगिएपछि माओवादी अहिले विक्षिप्त बन्दै सरकार नबनाउने धम्की दिन थालेको छ। बाबुरामको प्रभावमा अन्तिम क्षणमा गलत निर्णय गरेकोमा प्रचण्डले भूलप्रति आत्मालोचित हुँदै अहिले त्यस निर्णयकै प्रतिरक्षामा बढी शब्द खर्चिरहेका छन्। उल्टै आफ्नो पार्टी माधव नेपाललाई राष्ट्रपति स्वीकार गर्ने तहमा पुगे पनि  
एमालेले गृह, अर्थ र रक्षा मन्त्रालयको पनि माग गरेपछि सहमतिमा पुग्न नसकेको नक्कली तर्क ओकल्दै आफ्नो बचाव गरिरहेका छन्। 
प्रचण्ड र बाबुरामका कारण मुलुकको राजनीति फेरि संसदीय फोहरी खेलतिर धकेलिएको, अस्थिरताका कारण आगामी दिनमा भारतले अरु बढी चलखेल गर्ने सम्भावना बढेको, विकल्पमा रहेको जनबिद्रोहको कार्यनीति पनि धरापमा पर्ने सम्भावनाका कारण किरण–बादल समूह पार्टीलाई बचाएर लैजानुपर्ने निष्कर्षमा पुग्ोको स्रोतले बताएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पार्टी 'रअ'को प्रभावमा परेको बारे प्रचण्ड र बाबुरामको कडा आलोचना गरेको थियो तर सो बैठकमा बाबुराम रातो मुख लगाएर नाजवाफ भएको बुझिएको छ। किरण समूहको प्रभावकै कारण माओवादीले पार्टी सरकारमा नजाने निर्णय गरेको बुझिएको छ। बाबुरामको लाइन 'रअ' सामू लम्पसार परेकै कारण अब उनको विगतदेखिको भूमिकाका बारेमा गम्भीर समीक्षा हुन लागेको बताइएको छ। १२ बुँदे समझदारीयता प्रचण्डपथका बिचारका रुपमा देखिएका बाबुराम यो घटनासँगै कमजोर अवस्थामा पुगेपछि दुईलाइन संघर्ष अरु तीब्र बन्दै जाने माओवादी निकट बिश्लेषकहरु बताउँछन्। अहिले ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा किरण–वादल समूहको बलियो पकड देखिएको छ। प्रभावशाली नेताहरुसहित किरण समूहको पक्षमा २१ सदस्य रहेका छन् भने संस्थापन पक्षमा १४ सदस्य रहेका छन्। यद्यपि माओवादीनिकट स्रोतका अनुसार किरण समूहमा रहेका पाँच सदस्य तटस्थ जस्तो देखिएका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा 'प्रभाकर', मातृका यादव, खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतका नेताहरु तटस्थ रहेको स्रोतले जनाएको छ। तटस्थ रहेका यी पाँच केन्द्रीय सदस्यहरु संविधानसभा निर्वाचनअघिसम्म प्रचण्ड–बाबुराम निकट मानिन्थे। प्रचण्ड–बाबुरामको लाइन नराम्ररी नांगिएपछि अब माओवादीभित्र बिस्तारै किरण लाइन हावी हुने निश्चित जस्तै छ। किरण–बादल लाइन बिद्रोहमा जानुपर्ने पक्षमा रहेको छ।  
२०६१ साल भदौमा रोल्पाको चुनवाङ बैठकमा भट्टराईको लोकतान्त्रिक गणतन्त्रका लागि संसदवादी दलहरुसँगको सहकार्यको लाइनअनुसार अहिलेसम्म माओवादी चल्दै आएको थियो तर उनी भारतीय गुप्तचर संस्था 'रअ'को निर्देशन अनुसार चल्दै आएको र आगामी दिनमा माओवादीलाई मात्रै होइन सिंगो मुलुकको अस्तित्वसमेत खतरामा पुग्ने रहस्य सार्वजनिक भएपछि किरण–वादल समूह पार्टी कब्जा गनर्ुुपर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। अन्तिम अवस्थामा एमालेसँगको सम्भावित सहकार्य भाँडिएपछि किरण निकट प्रभावशाली नेता विप्लवले देशी–विदेशी प्रतिक्रियावादी र विस्तारवादी दलालको चलखेलका कारण एकता भाँडिएको बताएका छन्। वीरगञ्जमा आयोजित कार्यक्रममा संस्थापन पक्षले नियोजित आक्रमण गरेपछि विप्लवले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अखिल नेपाल ट्रेड युनियन महासंघ भोजपुरा उपराज्य समितिको प्रशिक्षण कार्यक्रममा किरण पक्षधर विप्लवलाई संस्थापन पक्षीय मधेशी नेता प्रभु साहको निर्देशन र क्षेत्रबहादुर श्रेष्ठ अनिलको योजनामा आक्रमण भएको रहस्योद्घाटन भइसकेको छ। स्थानीय वाइसीएलको अराजक समूहले उनीमाथि आक्रमण गरेको थियो। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार वीरेन्द्र शाहको हत्यामा समेत संलग्न अनिलमाथि प्रचण्डले नै कारबाही नगरी बचाएको बुझिएको छ।  

(रोडम्याप)

Wednesday, July 23, 2008

पोखरामा IT मेला

गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सले पोखरामा आजदेखि तीन दिनसम्म दोश्रो सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर सफ्टवेयरसम्बन्धी जिसीइएस आइटी महोत्सवको आयोजना गर्ने भएको छ ।

नेपाल सुहाउँदो सूचना तथा सञ्चार प्रविधि, कम्प्युटर सफ्टवेयर प्रविधि र यसले नयाँ नेपाल निर्माणमा खेल्नसक्ने भूमिकाका बारेमा व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ ।

नेपालका दुर्गम गाउँहरूलाई विश्वव्यापी सूचना सञ्जालमा जोड्नका लागि उपयुक्त हुने वायरलेस नेटवर्किङका बारेमा जानकारी दिने र विद्यार्थीले विकास गरेका सफ्टवेयर प्रणाली, सफ्टवेयर वृत्तचित्र, चेतनामूलक कार्यक्रम, आइसीटी खेल तथा हाजिरीजवाफ प्रतियोगिता, प्रवचन कार्यक्रम र आइसीटी व्यावसायिक संस्थाहरूका स्टलसमेत महोत्सवमा रहनेछन् ।

कुनै प्रकारको कच्चापदार्थ आयात गर्ननपर्ने र भौगोलिक कठिनाइ पनि नहुने सो उद्योगलाई आवश्यक पर्ने सफ्टवेयरको विकास, विस्तार र सुधार कार्य देशभित्रै गर्नसकिने र यसले रोजगारी सृजना गर्नसमेत सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।

Sunday, July 20, 2008

छोटकरी समाचार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्न प्रयास गर्ने गिरोहमा संलग्न एकजना भुटानी शरणार्थी प्रक्राउ परेका छन् । 
 झापाको काकरभिट्टाबाट नविन पौडेल नाम गरेका शरणार्थी युवा केही दिन अघि पक्राउ परेका हुन् ।
 उनले पोखरा र सोलुखुम्वुका पाँच जना नेपाली बाट तीन महिनाको अवधिका ३ लाख ५० हजार रुपैयाँ अशुल गरेको प्रहरीसँग स्वीकार गरेको भुटान समाचार संस्थाले जनाएको छ । 
 पौडेलले उनीहरुलाई अमेरिका जान १८ लाख रुपैयाँ लाग्ने भनेको समाचारमा जनाईएको छ । 
 झापाबाट उनलाई थप अनुसन्धानका लागि काठमाण्डौ  पुर्‍याइए पनि  थप केही खुलाइएको छैन् । पौडेलको साथबाट उनी भुटानमा रहँदा त्यहाँको सरकारबाट पीडित बनेको प्रमाण स्वरुप अन्तराष्ट्रिय रेडक्रसले उपलब्ध गराएको २४५ नम्वरको परिचयपत्र पनि बरमाद भएको छ ।  
  


भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनलाई पुनः गति दिईने भएको छ । 
 तेस्रो मुलुक पुनर्वास प्रकृयापछि स्वदेश फिर्तीको आन्दोलन ओझेलमा परेकोले शरणार्थीको छाता संगठन भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीको अगुवाईमा त्यस्तो अभियान चलाउन लागिएको हो । 
 समिती पुनर्गठन पछि अध्यक्षको जिम्मेवारी पाउनु भएका शरणार्थीका अगुवा डा. भम्पा र्राईले स्वेच्छिक स्वदेश फिर्तीको कार्यक्रमलाई पनि निरन्तरता दिने तयारी भई रहेको बताउनु भएको छ । 
 समितीको हिजो बसेको वैठकले नयाँ नेतृत्व चयन गरेपछि आन्दोलनको खाका तयार गरेपनि यस विषयमा थप केही खुलाईएको छैन् । 
राईले पुनर्वासमा जान अनिच्छुक शरणार्थीको लागि स्वदेश फिर्तीको ढोका खुला गर्न भुटानलाई दबाव दिन भारत, नेपाल र संयुक्त राष्ट्र संघलाई आग्रह गरिने बताउनु भयो ।  



झापामा ट्राफिक नियमको अवहेलना हुन थालेपछि अनुगमन बढाइएको छ । 
 आज दमकका विभिन्न स्थानमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले राजमार्गमा अनुगमन गरिरहेका छन् । 
इलाका प्रहरी कार्यालय दमकले प्रहरी टोली राजमार्गमा खटिएर नियम उल्लंघन गर्ने सवारी साधनको चेकजाँच गरिरहेको जनाएको छ । 
प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताउनु भयो मोटरसाइकलमा तीनजना चड्न नदिने , हेल्मेट लगाउन र सवारी साधनलाई नियम पालना गर्न अभिप्रेरित गर्ने काम प्रहरीले गरिरहेको बताउनु हुन्छ । 
 हिजो बसेको र्सवपक्षिय बैठकले जिल्लामा ट्राफिक नियम पालना गर्न कर्डाई गर्ने निष्कर्षनिकालेको थियो ।  


दमक रवि चिसापानी सडक खण्डमा तीन किलोमिटर नया“ ट्राक खन्ने कार्य संम्पन्न भएको छ । 
 पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमकले दिएको जानकारी अनुसार इलामको बा“झो गाविसमा नयाँ ट्र्याक खनिएको हो । 
 इञ्जिनियर लोकबहादुर कार्कीले तीन किलोमिटर बाँकी खण्डमा सडक मर्मत र सफाई गर्ने कार्यपनि सकिएको छ । 
 सडक निर्माण गर्न सरकारले यस गत आर्थिक वर्ष एक करोड रुपैयाँ बजेट निकासा गरेको थियो । सडक योजना रातो कितावमा पनि परेको छ । दमकबाट पाँचथर जोड्ने यो राजमार्ग दुरीका हिसावले छोटो हो ।  

कुमार लुइटेल


Saturday, July 19, 2008

प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा...



प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ । ग्लोब लगाएको हातमा चरा हुन्छ । अनि चरालाई उडाउँछन । त्यसपछि चरासँगै चक्कर खान्छन् उनी आकाशमा ।

यी तालिम प्राप्त चराहरू हुन् । स्कट भन्छन, "जसले प्याराग्लाइडरलाई न्यानो तातो हावा थर्मल भएतिर लैजान्छ, कहिलेकाहीँ वृत्ताकारमा चक्कर खाँदै डाइफ हान्ने कला सिकाउँछ । " कहिलेकाँही त चरासँगै आकाशमा उड्दैमा दिन बित्छ स्कटको । 

मौसम, तापक्रम र भौगोलिक आकर्षणका कारण संसारकै पाँचौं उत्कृष्ट प्याराग्लाइडिङ्ग गर्ने स्थलका रूपमा प्रसिद्ध पोखरामा सातवर्षघि सुरु भएको यो कार्यलाई प्याराहकिङ्ग नाम दिइएको छ । संसारकै पहिलो प्याराहकिङ्ग हो यो ।

अनुकूल मौसम, वर्षो आठ महिनासम्म उड्न सकिने, हिमाल तथा प्राकृतिक दृश्यावलोकनले प्याराग्लाइडिङ्गको लागि प्रसिद्ध यहाँ वाषिर्क झण्डै तीन हजारले उडान भर्ने व्यवसायी बताउँछन् । तर तीनको हुलमा चरासँगै आकाशमा उड्ने काममा भने स्कट अनौठो ढंगले व्यस्त देखिन्छन् । गुँडबाट खसेका, विरामी परेका वा घाइते रैथाने शिकारीचरा ल्याएर पालेको उनले बताए । तीनको उपचार र संरक्षण गरेर तालिम दिइएको छ । संसारमा साहसिक खेलका रूपमा विकसित प्याराग्लाइडिङ्गको पारखीसँगै उड्ने चरालाई तालिम दिन कम्तिमा तीन महिना लाग्छ ।

त्यहाँ तीनवटा ब्ल्याक काइट्स रैथाने चरा छन् । नाम सपना दिइएको छ । इजिप्सीयन गिद्ध र पोथी हडग्सन्स हक चील पनि छ । ब्ल्याक काइट्स र गिद्ध प्याराग्लाइडिङ्गको लागि हो । चील सौखले पालिएको हो । गोलाकार घरमा तारले बारेर पालिएको छ ।

पोखराको पश्चिमपट्टी लेकसाइडबाट साढे दुइ किमी फेवाताल किनारको रमणीय भागमा मायादेवी भिलेज नाम दिएर रेष्टुरेण्ट चलाएका उनले यसलाई प्याराहकिङ्गको गन्तव्यका रूपमा विश्वमा चिनाएका छन् । चराबारे रुचि राख्ने, चरासँगै उड्न इच्छुक र चराको उपचार खोज्नेहरू पनि उनीकहाँ पुग्छन् ।

"चरासँग उड्दा सुरक्षित हुन्छ र उडानका कला देखाउँछ," आकाश उड्दाका अनुभव बताउँछन स्कट । ग्लोब लाएको हातमा चरासँगै लिएर उडिन्छ । हावामा चराले उचाई लिएर उडान भर्छ । हातमा आएर बस्छ र फेरि उडेर चराले आफूसँगै तान्छ । "यसरी उड्नुको मज्जा नै बेग्लै हुन्छ, आर्श्चर्यजनक, साहसिक र रोमाञ्चकारी ।"

विदेशीहरू यही चरासँग उड्न आउने वाषिर्क दुइ दर्जन बढी हुने गरेको बताइन्छ । चरासँग विशेषगरी तालिम प्राप्त पाइलटहरू उड्छन् । " उडानको सिद्धान्त उही हो चरा र मान्छेको । तातो हावा पछ्याउँदै उडने," सनराइज प्याराग्लाइडरीङ्ग कम्पनी पोखराका पाइलट राजेश बमजन भन्छन् - शिकारुले सक्दैन र तालिमप्राप्त पाइलटले उड्ने हो । पाइलट राखेर उड्ने टेण्डम फलाईटमा बसेर चरासँग उड्न सकिन्छ ।

सबै चरा उड्न सक्दैनन् । नसक्नेहरूले मौसमको जानकारीसम्म दिन्छन् । सानैदेखि चराप्रति आकर्षिर् स्कटले चराबारे अध्ययन र तालिम दिन थालेको २५ वर्षभएको बताए । "त्यही अनुभवलाई समेटेर प्याराग्लाइडिङ्गप्रति रुचि भएकोले प्याराहकिङ्ग सुरु गरेको हो," स्कटले भने । पोखरामा सात वर्षअघि स्कट, एडम हिलसहितको विशेषज्ञ टोलीले प्याराहकिङ्गको विकास गरेको हो । फेवातालको रातमाटा, सराङ्गकोट र माटेपानीमा पुगेर शिकारी चरासँगको उडान गर्ने गरिएको छ ।

प्याराग्लाइडिङ्गमा दुइथरि उडान गरिन्छ । एउटा १५ सय मिटर उचाइको सराङ्गकोट माथिको आकाशमा न्यानो हावा भेटिन्जेल चील र गिद्धसँगै उडेर आधाघण्टामा ताल किनारमा ओरालिन्छ । अर्को एउटा उपत्यकाबाट अर्को उपत्यकामा उड्ने । तापक्रम, बादल र चराको निर्देशनमा लहरै उत्तरतर्फदेखिने हिमालतर्फएकदेखि डेढ घण्टाको क्रस क्रन्ट्री उडान गरिन्छ ।

मुख्य मौसम अक्टोवरदेखि जनवरी हो । व्यावसायिकतर्फअहिले दैनिक ४० जनाले उडान भर्ने गरेको र पोखरा प्याराग्लाइडिङ्गमा उड्नेहरू वार्षिक तीनहजार हुने पाइलट वमजनले बताए । तिनमा प्रायः सबै विदेशी छन् । विदेशीलाई ८५ डलर र नेपालीलाई ४५ सय शुल्क लाग्छ । उडानका लागि तीन व्यावसायिक संस्था छन् । विश्वकै सुन्दर नगरी पोखरामा साहसिक खेलको रूपबाट पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ्गले ठूलो योगदान पुर्याएको क्षेत्रीय होटल सङ्घका सल्लाहकार नीलकण्ठ शर्मा बताउनुहुन्छ । 

टान क्षेत्रीय च्याप्टरले पोखरामा विश्वकप प्रतियोगिता गर्ने लक्ष्यसाथ आठौँ अन्तरराष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता गरिसकेको छ । "विश्वमा नेपालमा मात्र चरासँग उड्ने प्याराहकिङ्गको आकर्षणले प्याराग्लाइडिङ्गका पाइलटलाई नयाँ विषय र आकर्षण थपेको छ," प्रतियोगिताका संयोजक टिकाराम सापकोटाले भन्नुभयो ।

यहाँबाट आठहजार मिटर अग्ला अन्नपूर्ण, धौलागिरी, मनास्लुसहित माछापुच्छ्रे हिमाल लहरै दैखिन्छन् । पहाडी भौगोलिक बनावट, मादी, सेतीलगायतका नदीहरू, पोखरा उपत्यका, फेवातालसहित सात तालको वाटिका सहर लेखनाथको दृश्यावलोकन मनोहर देखिन्छ । दैनिक दुइचोटि चरासँग उड्ने स्कटले चरासँग आकाशमा लुकामारी खेल्दै उडनुको साथै प्राकृतिक सौर्न्दर्यको पनि मज्जा पाइलटहरूले लिने हुँदा प्याराग्लाइडिङ्गको लागि भारत, युरोपीयन मुलुकभन्दा नेपाल उत्कृष्टस्थल रहेको धारणा राखे । 

विहान उठ्नु, चरालाई खुवाई पियाई गर्नु र घाम चर्किंदै गएपछि चरासँगै उड्नु स्कटको दिनचर्या हो । एउटा चराले दैनिक सय रूपैयाको मासु खान्छ । हेर्नेहरू र चरासँगै उड्न चाहने प्याराग्लाइडरहरू मायादेवी भिलेजमा उत्तिकै आउँछन् । वरपरका मानिसहरूले चरा घाइते हुँदा उपचार गर्न ल्याउने गरेको बताउँदै सेतो पुच्छर भएको चील चिडियाखानामा पुर्‍याएको बताए ।