प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज बैशाख १५ गते बेलुकासम्म राष्ट्रवाशीका नाममा अपील गर्ने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । प्रधानमन्त्रीका निकट सहयोगी शितल कोइरालाले बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाट आउने अपीलको ड्राफ्ट भइरहेको जानकारी आफूले पाएको उल्लेख गरे । प्रधानमन्त्रीको अपील आउनुअघि सात दलको बैठक हुने सम्भावना रहेको बालुवाटार श्रोतले बताए पनि अन्य दलले भने बैठकबारे आफूलाई जानकारी नभएको दावी गरे ।
श्रोतले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीबाट आउने बक्तब्यमा संविधानसभा चुनावबाट संविधानसभा गठन भएको उल्लेख छ । यसैगरी, बक्तब्यमा संविधानसभा बैठक बसाल्न र बैठकको कार्यसूची बनाउन सबैसँग आह्वान गरिएको श्रोतको भनाइ छ । प्रधानमन्त्रीको बक्तब्यमा दलहरुबीचको सहमतिमा राज्य संचालन गर्ने जनआन्दोलनको आदेश रहेको तथा संविधानसभा निर्वाचनले पनि त्यही जनादेश दिएको बेहोरा रहेको श्रोतको दावी छ । प्रधानमन्त्रीको बक्तब्यमा संविधान निर्माण र राज्य संचालन जनआन्दोलनमा ब्यक्त अभिमत र अन्तरिम संविधान अनुसार हुनुपर्ने पनि उल्लेख भएको श्रोतले जानकारी दीएको छ ।
Sunday, April 27, 2008
Saturday, April 26, 2008
अरबपतिले धनी हुन सिकाउने

रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ ।
शब्दकोषअनुसार स्नबको अर्थ अंग्रेजीमा आफूलाई प्रतिष्ठित ठान्ने र अरुलाई होचो देख्ने प्रवृत्तिलाई जनाउँछ । तर यता यस पत्रिका र टेलिभिजनका सञ्चालक रसियाका यी धनाढ्य मिखाइल प्रोखोरोभले चाहिँ भनेका छन्- "यो टेलिभिजन र पत्रिका ती व्यक्तिलाई हुनेछ जो धनी छन् वा जो धनी हुन चाहन्छन् ।"
४२ वर्षीय मिखाइल अझै अविवाहित छन् र सन् १९९० को दशकमा सोभियत संघको पतनसँगै यिनले कम मूल्यमा अत्यन्तै बढी मूल्यको सरकारी कारखाना हात पारेका थिए । जसमध्ये एउटा पोलियस गोल्ड नामक सुनको खानी रहेको छ भने अर्को चाहिँ निकेलको खानी रहेको छ । यो खानी संसारकै सबैभन्दा ठूलो खानीका रुपमा चिनिन्छ भने उनको सुन खानी रसियाकै सबैभन्दा ठूलो खानी हो । उनी संसारभरका धनीमध्ये २४ औँ स्थानमा पर्छन् ।
रसियाली भाषाअनुसार स्नबको अर्थ "आफैँ बनेको व्यक्ति" भनी बुझिन्छ ।
केही वर्षगरिवीको गर्तमा भाषिएको रुस पछिल्लो समय व्यवसाय र ऊर्जाको कारण धनी हुँदै आएको छ । र, धनसँगै यहाँ पैसाको खोलो बगाउनेहरुको बढोत्तरी हुँदै आएको छ ।
त्यसो त रुसका २० प्रतिशत जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेका छन् तर आफ्नो यस किसिमको म्यागेजिन र टेलिभिजन च्यानलले ती २० प्रतिशत गरीव जनतालाई पनि आफू कसरी धनी हुने भन्ने विषयमा सिकाउने उनले बताएका छन् ।
यी अरबपति गएको वर्षचर्चामा आएका थिए, जब फ्रान्सेली प्रहरीले उनलाई वेश्यागमनको आरोपमा एउटा रिसोर्टबाट पक्राउ गरी थुनामा राखेको थियो । पछि प्रहरीले उनलाई बिना कुनै अभियोग रिहा गरिदिएको थियो । यस म्यागेजिनसँगै वेबसाइट पनि सँगै चल्ने उनले बताएका छन् र यी सबै आउँदो गर्मी महिना जुन/जुलाईबाट जनतासमक्ष आउने उनले बताएका छन् ।

Friday, April 25, 2008
बुढ्यौलीको जोस
माइनस सय डिग्री चिसो र अक्सिजन नभएको ४० किलोमिटरको उचाइबाट ध्वनिभन्दा द्रुत गतिमा हामफाल्दै छन् ६४ वर्षे माइकल
फ्रान्स आर्मीका एक रिटायर्ड प्यारासुटर माइकल फोर्नियर ६४ वर्षको उमेरमा पनि पहिलेजस्तै साहसी छन् । उनी ४० किलोमिटरको उचाइ अर्थात् पृथ्वीको वायुमण्डलको किनारबाट हामफालेर नयाँ कीर्तिमान राख्ने तयारी गर्दै छन् । यो अभियान सफल भएमा विश्वका चारवटा कीर्तिमान भंग हुनेछन् ।विश्वास नै गर्न नसकिने यो 'जम्प' उनले क्यानडाको आकाशबाट आगामी मे २५ मा गर्दै छन् । यस अभियानलाई उनले आफ्नो २० वर्ष पुरानो सपना बताएका छन् । उनले हामफाल्ने विन्दुबाट पृथ्वीको गोलाइ र अन्तरिक्षको अन्धकार प्रस्ट देख्न सकिन्छ ।उनले सुरुमा 'जिरो ग्रयाभिटी' क्षेत्रको सामना गर्नेछन् । जहाँ हावा हुनेछैन । उनले हामफाल्दा सुरुमा अन्तरिक्षमा जस्तो आफ्नो तौल शून्यमा झरेको महसुस गर्नेछन् । ४० किलोमिटरको उचाइसम्म पुग्नलाई उनले एक सय ६१ मिटर लामो हेलियम बेलुनको सहारा लिनेछन् । बेलुनको फेदमा उनी बस्नलाई एउटा विशेष डिब्बा जडान गरिनेछ । वायुचाप सन्तुलित गरिएको उक्त डिब्बाको नाम 'बिल्ली बिसप' राखिएको छ र यो साढे तीन घन्टाको यात्रापछि ४० किलोमिटरको उचाइमा पुग्नेछ । उनले फ्रि-फल प्यारासुटको गति, उचाइ, मानवसहितको बेलुन उडानको उचाइ र फ्रि-फलको अवधिमा नयाँ विश्व-कीर्तिमान कायम गर्नेछन् । उनले हामफाल्दा उनको गति १५ सय किलोमिटर प्रतिघन्टा अर्थात् ध्वनिको भन्दा एक दशमलव तीन गुणा बढी हुनेछ ।यसप्रकारको जम्पमा उनको यो तेस्रो प्रयास हो । सन् १९८८ मा गरिएको पहिलो प्रयास प्राविधिक कारणले गर्दा असफल भएको थियो भने सन् २००३ मा हेलियम बेलुनको खराबीले उनको उडान नै रोकिएको थियो । यसपालि उनले प्रयोग गर्न लागेको बेलुन नयाँ प्रविधिको छ । तर, मानवसहित परीक्षण भने भइसकेको छैन ।बाहिरी चिसोबाट जोगिन माइकलले कार्बन फाइबरद्वारा निर्मित विशेष पहिरन लगाउँदै छन् । ३५ हजार डलर तिरिएको उक्त पहिरनले हावाको घर्षणबाट ताप सिर्जना गरी माइकललाई न्यानो रहन सहयोग गर्नेछ । उनले शिर र कानको सुरक्षाका लागि विशेष हेल्मेट र इयरप्याड लगाउनेछन् ।उनले हामफालेपछिको ६ मिनेटपछि मात्र प्यारासुट खोल्नेछन् । त्यसपछि साढे आठ मिनेटको प्यारासुट यात्रापछि उनी क्यानडाको सेस्काचेवनस्थित मैदानमा ओर्लिनेछन् । उनको यस अभियानलाई नासाले समेत विशेष चासो लिएको छ । यसअघि सन् १९६० मा एक अमेरिकी वायुसैनिकले ३२ किलोमिटरको उचाइबाट हामफालेका थिए ।
'कालो काग'को देशबाट
'काठमाडौंमा गौंथली देखिएनन्,' संवादको अन्त्यमा उनको स्वर हल्का उदास सुनियो । 'सिलोङमा टन्नै गौंथली भेटिन्छन्,' उनले भने । तेस्रो पटकको काठमाडौं बसाइमा एमपी गुरुङले काठमाडौंका गिद्ध देख्न भ्याएका छैनन् । यसपटक उनी पशुपति पनि
पुगेनन् र बागमतीको 'नयाँ रुप' पनि देखेनन् । निलोबाट कालो बन्दै गएको बागमतीमा के बग्छ, उनलाई खासै मेसो छैन । मानव-संस्कृतिको इतिहास कि त प्रकृतिसँगको द्वन्द्वमा लेखिएको छ कि प्रकृति समक्ष आत्मसमर्पणमा । यतिखेर काठमाडौंवासीले
प्रकृतिसँग अर्को एउटा तालमेल गरिरहेका छन् । जसै काठमाडौंमा गौंथली हराएर नदी किनारमा गिद्ध देखिन थालेका छन्, मान्छेका घर पनि बिस्तारै गौंथलीको गुँडबाट गिद्धको गुँडको आकारमा विकसित हुँदै गएका छन् । कुनैबेला यो विम्ब तत्कालिन
'जनप्रतिनिधि'को प्रगतिको बयान गर्न पनि प्रयोग हुने गरेको थियो । समयसँगै अहिले यसको अर्थमा परिवर्तन हुनथालेको छ ।
'काठमाडौंका काग खैरा रै'छन्, यी मधेसी काग हुन् । हाम्रो सिलोङमा निख्खर काला पहाडी काग छन्,’ देशको केन्द्रीय राजनीतिमा मधेस हाबी हुँदै गएको समयमा उनले भने । 'अरू त उस्तै हो, रुपी यहाँ पनि छन्, त्यहाँ पनि छन् । तर,
यताका रुपी अलि बढी दुःखीजस्ता लागे, खानेबेला ब्रेकफास्ट टेबुलमै आउँदा रै’छन् ।’ 'काठमाडौंका काग खैरा रै'छन्, यी मधेसी काग हुन् । हाम्रो सिलोङमा निख्खर काला पहाडी काग छन्,' देशको केन्द्रीय राजनीतिमा मधेस हाबी हुँदै गएको समयमा उनले भने । 'अरू त उस्तै हो, रुपी यहाँ पनि छन्, त्यहाँ पनि छन् । तर, यहाँका
रुपी अलि बढी दुःखीजस्ता लागे, खानेबेला बे्रकफास्ट टेबुलमै आउँदा रै'छन्,' एक सातामा उनको टेबुलमा धन्न 'रुपी' मात्र आइपुगेको छ ! हरेक सहरको आफ्नो शैली मात्र हुँदैन, जीवन नै फरक हुनसक्छ । सिलोङ र काठमाडौंका काग र रुपीको
अन्तरमा यी सहरको फरक लुकेको होला !
वर्षाभन्दा मेघको गर्जन चर्को हुन्छ । पूर्वोत्तर भारतका यी पहाडमा यसको आवाज अझै चर्को सुनिन्छ, यसैले यसलाई नाम दिइयो- मेघालय । मानौं, मेघ यी पहाडको काखमा वास बस्छ र आकाशको संकेत पाउनासाथ 'मिल्किन्छ' । तर, यो नाम चाँडै
नै फेरिन्छ कि भन्ने उनलाई 'डर' छ । भन्छन्- 'जसरी बैंग्लोर बैंगलुरु र कलकत्ता कोलकाता भयो, यसैगरी एक दिन मेघालय पनि फेरिन सक्छ ।' मेघालयको नाम फेरियो भने के होला ? नाम फेरेर सहर फेरिएला ? बुढा सेक्सपीयरले 'नाममा
के राखेको छ ?' भनेर दुनियाँलाई अर्ती दिएको धेरै बर्ष भइसक्यो पनि नामको 'टन्टो'ले दुनियालाई छोडेको छैन । साठी पार गरिसकेका यिनको अनुहारमा घरीघरी अम्बर गुरुङको झल्को आउँछ । तर, यी आफूलाई असी वर्ष पुगिसकेको सम्झिन्छन् । किन ? 'साठी पार गरेपछि सबै असीजस्तै हो भाइ, फल लाग्दैन, फूल फुल्दैन ।' 'पानीको मुख्य कुलो बीचैमा
भाँचिएको फाँटजस्तो उब्जाउ नहुने उनको शरीर'ले चिनी मनपराउँदैन । 'के गर्ने भाइ, सुगर बोर्डरलाइनमा छ,' गुलियोका लागि देशमा 'बाहुन' बदनाम छन्, तर यहाँ त गुरुङको पनि उही हाल छ । 'कर्मचारी लाइनमा लागेपछि केहीको ठेगान
हुँदैन, दिनभरका मिटिङमा कति चिया खाइयो, त्यो सबै अहिले देखिँदै छ,' जीवनमा अब पुरानो स्वादको सम्झना मात्र बाँकी छ । 'असमयको खाना, फास्टफुड र बढी चिन्तामा लाग्नुभो भने तपाईं जानुभो,' यो युवाहरुलाई उनको धम्की कम सुझाव
बढी हो ।
दार्जिलिङ र सिक्कमबाट थुप्रै स्रष्टा काठमाडौं झरेर जमेका छन् । तर, पूर्वोत्तरबाट निकै कम मात्र आएका छन् । किन होला ? 'सम्बन्धका कारण हो जस्तो लाग्छ, सिक्किम दार्जिलिङ नेपालसँग जोडिएको छ, हामी टाढा छौं,' उनले टाढाको कुरा गरे
र किलोमिटर गन्न थाले, जो हजारभन्दा माथि लाग्नथाल्यो । तर, यो किलोमिटरको लम्बाइको बीचमा भावनात्मक दूरीको भने यहाँ पनि उनले कुरा गरेनन् ।
कलाकारहरू बढी संवेदनाले भरिएका हुन्छन्, सबैकुरा खरर्र बताउँदैनन्, बुझ्नुपर्छ । तपाईं किन आउनुभएन यतै जम्ने गरी ? 'दुईवटा कारणले भाइ, एउटा त म सरकारी जागिरमा लागेँ, अर्को सिलोङमा मेरा बाबुको चिहान छ । जीवन उजाडिएपछि
पनि चिहानको माया हुँदोरहेछ, हामी पुर्खाको चिहान कुर्न बसेका छौं ।' यसो भनिसकेर उनले कसरी सिलोङमा नेपाली समुदायले आपसमा पैसा उठाएर छुट्टै नेपाली चिहान बनायो भन्ने कथा सुनाए । उनका बा, जो गोरखा फौजमा सुबेदार-मेजर थिए र
साथमा बाहुनले भरिएको गोरखा धर्मसभाका अध्यक्ष थिए, उनलाई ती मानिसको चिहानको मायाले मेघको टापुमा रोकेर राखेको छ । बाका पालामा उनको सहरमा भव्य दसैं मनाइन्थ्यो । '३० वटासम्म राँगो काटिन्थ्यो भाइ, अहिले तीनटासम्म
काटिन्छन्,' यसमा संस्कृतिप्रतिको उदासीनता खोजेर झोक्राउने कि राँगाको 'आयु' बढेकामा खुसी मनाउने यसको निर्णय अझै भइसकेको छैन ।
उनलाई 'टाढाको' सिलोङको प्राकृतिक सौन्दर्य खुब मनपर्छ । तर, साथमा खस्या भाषा नजान्दा हुस्सू हुनुपर्ने कुरा मनपर्दैन । हावापानी र खानपिन खुब मनपर्छ, गाडीको भीड मनपर्दैन । चारैतिर हरियो भएको राम्रो बाटो मनपर्छ तर चिसोमा निकै जाडो
हुने कुरा मनपर्दैन । त्यसै पनि साठी पार गरेकालाई जाडो मनपर्दैन, त्यसमा पहाडी चिसो बतास, उनी वैशाखको काठमाडौंमा पनि च्यादर ओडेर बसेका छन् । काठमाडौंको बस्ती बसाइ र घर देख्दा उनी बिरक्तिएका छन् । 'बाफ रे ! कस्तो कन्जस्टेड
सहर, जसले जहाँ जसरी घर बनाए पनि हुने । यस सहरको कुनै प्लानिङ छैन,' बोल्दाबोल्दै उनी आत्तिन्छन् । उनी मात्र आत्तिएर के गर्ने काठमाडौंवासी कहिल्यै आत्तिन्नन्, बिचरा काठमाडौं कति आत्तिएको होला सोध्ने फुर्सद कसलाई पो छ र ! मेघालयको राजधानी हो- सिलोङ । जुन, सहर गोर्खालीले बसाएको एमपी गुरुङसँग प्रमाण छन् । एकजना बि्रटिस सर्भेयर जनरलले लेखेको पुस्तकको कतियौं पानामा यस्तो लेखिएको छ, उनलाई कन्ठै छ । 'बि्रटिस आर्मीका असिफर कालुसिंह थापाको
नेतृत्वमा सिलोङमा सेनाका लागि छाउनी बनाइएको इतिहास छ,' उनले भने र त्यसअघिको सिलोङका बारेमा अंग्रेजीमा बताए- 'दियर वाज नट अ र्याट' ।
मेघको पहाडबाट उनी अहिले गुजमुज्ज काठमाडौंमा ओर्लिएका छन्, आफ्नो स्वरको जादु देखाउन । भोलि शुक्रबारको साँझ नेपालयको एउटा सानो हलमा उनको आवाजमा सिलोङ सुसाउनेछ । त्रिचालीस वर्ष भयो उनले काठमाडौंमा नगाएको । 'त्यतिबेला राजा
महेन्द्रको जन्मोत्सवमा गाउन आएको थिएँ,' त्यतीबेला उनी महाप्रसाद गुरुङ थिए, अहिले एमपी भएका छन् । यो उनको चौथो नेपाल-भ्रमण र तेस्रो काठमाडौं-भ्रमण हो । बीचमा एकपटक आमालाई पशुपति दर्शन गराउन आएका थिए । '१९९९ मा
काठमाडौं नआईकन मुग्लिनबाटै लमजुङतिर लागेको थिएँ,' यो उनको पुर्खाको थलो हो । लमजुङको गिलोङ टक्सारबाट यिनका बा गोर्खा राइफल्समा भर्ती हुन गएका थिए । जो फर्किएर लमजुङ आएनन्, सिलोङका डाँडामा बस्ती बसाल्दाको थकाइ मार्न उतै सुस्ताए । 'त्यतिबेला म आफ्नो ठाउँ खोज्न एक्लै आएको थिएँ । आफन्तहरू भेटेर
फर्किएँ,' उनले सुनाए । सिलोङमै जन्मेका यिनलाई काका-बाहरूका अघि आफ्नो परिचय दिन कति अप्ठ्यारो भयो होला, खुलाएनन् ।
उनी गायक हुन्, तर गायन उनको पेसा होइन । संगीतको औपचारिक शिक्षा पनि लिएका छैनन् । 'म आफ्नो जातिका कारण संगीतमा लागेको हुँ,' यो १९५५ तिरको कुरा हो । जब एमपी गुरुङको ठेगानापछि 'स्टेट- आसाम' लेखिन्थ्यो । उनकी आमा
मित्रसेनका गीत-भजन गाउँथिन् । तीन वर्षको उमेरमा हारमोनियम समाएर पहिलोपटक उनले सार्वजनिक रूपमा गीत गाए- तिहारको भैलोमा । 'त्यतिबेला नेपालीले नेपाली संगीत-कला समिति खोले, मलाई पनि त्यही दाइहरूले गाउन सिकाए,' यो
सुरुवात थियो । त्यसपछि कतै बिहे वा सत्यनारायणको पूजाको खबर पाए पुग्थ्यो, निम्तो भनेको आउँदै गथ्र्यो किशोर एमपी गीत गाउन पहिले पुग्थे । उत्तराञ्चल अनुष्ठानअन्तर्गत गुवाहाटीबाट अल इन्डिया रेडियोले नेपाली कार्यक्रम दिन्थ्यो, यो नेपाली
गीतको एक मात्र स्रोत थियो । पलेँटीमा सोह्रवटा गीत गाउने उनको योजना छ । जसमा केही आफ्नै गीत छन्, भने केही अम्बर गुरुङ र केही धर्मराज थापाका गीत छन् । 'म त गीतबाट पनि टाढा भइसकेको थिएँ, गएको साल आभास भाइ आएपछि फेरि गाउने रहर जाग्यो,' क्रेडिट
बाँड्न उनी कन्जुस्याइँ गर्दैनन् ।
सिलोङ सहरको जगमा जुन गोर्खालीको पसिनाको सरोवर छ, त्यहीँ नेपाली अल्पमतमा छन् । पूर्वोत्तर भारतको राजनीति अल्पसंख्यकको राजनीति हो । प्रायः अल्पसंख्यक बढी आक्रामक हुन्छन्, आफ्नो अस्तित्व र अधिकारका लागि । मेघालयको जम्मा १५
लाख जनसंख्यमा नेपाली कति छन्, उनलाई ठ्याक्कै सम्झना छैन । चार लाख जनसंख्या भएको सिलोङमा नेपालीको संख्या बीस-पच्चीस हजार भएको उनको अनुमान छ । पछि सहर हुन थालेपछि बंगाली, बिहारी र मारवाडीको आगमन भयो । जो अहिले
नेपालीभन्दा बढी छन् । अहिले मेघालयका नेपाली दूध व्यवसायबाट विस्थापित भएका छन् । नेपालीले दूध सप्लाइ गर्न छाडेपछि सिलोङको सबैभन्दा चर्चित बंगाली मिठाई पसल बन्द भएको कथा पनि उनले भुलेका छैनन् । यस्तै, बिराएका-हराएका कुरा
बिर्सिन्छ गाह्रो हुन्छ, सायद !
पहिले सिलोङ बृहत् आसाम राज्यमा पथ्र्यो । भारतीय गणतन्त्रमा सामेल भएलगत्तै त्यहाँ विभिन्न स्वाधीनता संघर्ष सुरु भए । '१९६३ मा नागाल्यान्ड र १९७२ मा मेघालय छुट्टै राज्य बने,' उनले इतिहास सुनाए । 'मेरा बाले भन्नुहुन्थ्यो लक्ष्य फस्ट
डिभिजनको लिनु अलिकति कम भयो भने पनि सेकेन्ड डिभिजन त आइहाल्छ । यहाँ पनि त्यस्तै भएको थियो । आन्दोलन छुट्टै देशको मागमा भएका थिए तर प्राप्त भयो स्वायत्त राज्य' मेघालय निर्माणको कथा थियो यो । १९१३ मा खुलेको गोरखा पाठशाला
नेपालीको संवेदनाको प्रतीक मानिन्छ । 'यहाँका नेपाली अल्पसंख्यक त मानिन्छन् तर आदिवासी मानिँदैनन्,' उनले सुनाए । स्थिति कस्तोसम्म थियो भने, यिनले स्कुल-कलेज अंग्रेजी माध्यममा पढे- 'पछि साथीभाइको हावा लागेर बल्ल नेपाली लेख्न
सिकेको ।'
सिलोङबाट एउटा नेपाली पत्रिका निस्किन्छ- 'कोसेली' । गोरखा पाठशालाको छेवैमा अहिले एउटा नयाँ कलेज खुलेको छ । नाम छ यस्तो- 'बुद्ध-भानु-सरस्वती कलेज' । नाम सुन्दा लाग्छ, नेपालीले नामबाटै स्वाद लिनेगरी नाम खोजेछन् । यस्ता
नाममा कतै थाहै नपाई बीच-बीचमा अम्बर गुरुङको संगीत, नारायणगोपालको स्वर र बच्चु कैलाशको सादगी मिसिएजस्तो लाग्छ, जो एमपीलाई सबैभन्दा बढी मनपर्ने कलाकार हुन् । कुनैबेला उनले सिलोङको हलमा नेपाली फिल्म हेरेका थिए- 'कान्छी'
। 'त्यसपछि एउटा पनि हेर्न पाएको छैन, कोही-कोही बेला आउँदो होला, मिस गरी पठाउँछु होला,' उनले आफ्नै शैलीमा भने ।
आसामी संगीतका शीर्ष पुरुष छन्- भूपेन हजारिका । 'मेघालयमा त्यस्तो फिगर कुनै छैन,' उनी भन्छन् र हजारिकासँग एउटै मञ्चमा गाएको बजाएको स्मरण गर्छन् । नेपाली संगीतमा उनले संगत गरेका सबैभन्दा 'ठूला' पात्र हुन्- धर्मराज थापा ।
धर्मराज थापा सिलोङ आउँदा यिनको स्कुल बिदा थियो । सो उनी थापासँगै आसामका थुप्रै कार्यक्रममा हिँडे । थापाले 'त्यस जुगमा' लेखेको गीत उनले यसपालि काठमाडौं लिएर आएका छन्, गाउने मुडमा । प्रायः पुरानो पुस्ताको एउटा गुनासो उस्तै हुन्छ-
'संगीतबाट सुर हराउन थाल्यो, हल्ला बढ्न थाल्यो ।' तर, एमपी गुरुङलाई यस्तो लाग्दैन । 'नेपाली संगीत अगाडि बढिरहेको छ, प्रविधिदेखि स्वरको गुणस्तरसम्म वृद्धि भइरहेको छ । कुरा के भने भाइ, आ-आफ्नो टाइमका गवैया हुन्छन्, रफी
र नारायणगोपाल सधैं खोजेर पाइँदैनन्,' यसलाई सन्तोष मान्ने बहाना भने पनि हुन्छ । रिमिक्सका विषयमा यिनी 'कमेन्ट' गर्दैनन् । यत्ति भन्छन्- 'पहिलेका गीतले सुन्नेका मुटु हल्लाउँथे, अहिलेकाले शरीर हल्लाउँछन् ।' यति भनिसकेपछि अरू
कमेन्ट गरिरहनु्पर्ला र ?
काठमाडौंमा राजनीतिक बद्लाव भइरहेको समयमा उनी आइपुगेका छन् । मेघालयको पृथकतावादी सशस्त्र संघर्षलाई नजिकै बसेर हेरेका यिनी भन्छन्- 'नेपालमा ठूलै बद्लाव आउनेवाला छ ।' संविधानसभाको परिणामलाई नै धर्तीको अन्तिम परिवर्तनजसरी
व्याख्या गरिहेका बुद्धिजीवीले यिनका कुरालाई कसरी लेलान् ? 'राजनीति राम्रो हुन देश धनी हुनुपर्छ भाइ ! नेपाल धनी भइदिएको भए म लमजुङको डाँडामा होटल खोलेर बसेको हुन्थेँ होला, अथवा कुनै जिल्लाको सिडिओ हुन्थेँ होला ।' यस्ता कल्पना
उनी 'कहिलेकाहीँ' गरिरहन्छन् । 'रिटायर्ड लाइफ'मा तन्द्राजस्ता कल्पनाको लस्कर धेरै सल्बलाउँछन् । गरिब देशको गौरव केवल झन्डामा मात्र फर्फराउँछ, जीवनमा कता हराउँछ, थाहा नपाउँदै जीवन घर्किइसक्छ !

Wednesday, March 12, 2008
Monday, March 10, 2008
आफू मरेर मान्छे जोगाउने कुकुर

तपाइँलाई दुइ साता पुरानो खबर सुनाउँछु । त्यो खबर चाहिँ के भने नौ वर्षीय ज्याक रसेल भनिने कुकुर न्यूजिल्याण्डमा पाँच बच्चाहरुलाई अरु दुइ वटा ठूला खाले 'बुल डग'बाट जोगायो । खबर अनुसार ज्याकले पाँच जना साना बालबालिकाहरु सडकमा हिँड्दै गर्दा टोक्न भनी दुइ वटा ठूला कुकुर झम्टिए । तर ज्याकले उल्टै ती कुकुरमाथि आक्रमण गर्यो र तिनलाई घाइते वा मारिने सम्भावनाबाट जोगायो । ती कुकुरहरु ज्याकभन्दा निकै ठूला मात्र थिएनन्, विषालु पनि थिए । कतिसम्म भने बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो । ती दुइ ठूला बुल डगलाई खेदाएपछि ज्याक अशक्त भएर भुइँमा ढल्न पुगेको थियो । त्यसपछि आफूलाई जोगाउने कुकुरलाई लिएर बालबालिकाहरु तत्काल अस्पताल पुगे । जहाँ, डाक्टरहरुले उसलाई मृत घोषित गर्नु पर्यो । यो कुकुरको बहादुरी न्यूजिल्याण्डको नर्थ आइल्याण्डस्थित जनताले त मानेका थिए नै, यो खबर संसारभर पुगेपछि यसमा थप रोचकता थपिएको छ । यो कुकुरको बहादुरीबाट प्रभावित एक व्यक्तिले कुकुरको मरणोपरान्त सम्मान गर्ने उद्देश्यले साहसिक मेडल पुरस्कार दिएका छन् । पर्पल हर्ट नामक यो मेडल (तक्मा) सोसाइटी फर द प्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स नामक संस्थाले दिएको छ । यो तक्मा चाहिँ कुकुरका धनीलाई प्रदान गरिएको हो ।
यो तक्मा (एपीसीए मेडल) सामान्यतया जनावरसँग लड्ने त्यस्ता व्यक्तिहरुलाई प्रदान गरिन्छ, जसले ज्यादै संकटका बेलामा जनावरहरुसँग लडेर आफ्नो ज्यान जोगाउँछ । तर यस पटक यो कुकुरको बहादुरीबाट आफू ज्यादै प्रभावित भएकाले यो अवार्ड कुकुरलाई प्रदान गरिएको एसपीसीएका मुख्य कार्यकारी रोबिन किपेनबर्गरले बताए । "जर्ज सानो आकारको भएर पनि आफूभन्दा दोब्बर ठूला कुकुरहरुसँग टक्कर लिएर तिनलाई घाइते बनाएर मान्छेको ज्यान जोगायो । यो सानोतिनो उदारता र सानोतिनो साहसको कुरा होइन", उनले एपीसँग भने- "तर सँगसँगै हामीलाई दुःख पनि लागेको छ, मान्छेको ज्यान जोगाउँदा उसले आफ्नै ज्यान चाहिँ गुमाउनु पुग्यो ।"

Friday, February 1, 2008
गोविन्दराजले सुटुक्क भेटे राजा
अन्तरिम संविधानमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएकोमा असन्तुष्ट कांग्रेसको समूहका नेता गोविन्दराज जोशीले राजा ज्ञानेन्द्रस“ग गोप्य भेटघाट गरेका छन् । जोशीस“गको भेटका विषयमा राजा ज्ञानेन्द्रले नै पत्रकारलाई जानकारी दिएका हुन् । जोशीलाई अघिल्लो बिहीबार भेटेपछि राजा ज्ञानेन्द्रले केही पत्रकारलाई भेटेका छन् । \'जनता आफैं बोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, गोविन्दराज जोशीस“ग पनि मेरो कुरा भयो । अब उनीहरू बोल्छन् भन्ने लागेको छ,\' राजालाई उद्धृत गर्दै एक पत्रकारले भने । अपराह्न पश्चिम गेटबाट नारायणहिटी छिरेका जोशी डेढ घन्टापछि बाहिरिएको स्रोतले खुलासा गरेको छ । स्रोतका अनुसार राजा ज्ञानेन्द्र र जोशीबीच भएको भेटका विषयमा गुप्तचर विभागका अधिकारीहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई समेत \'ब्रिफिङ\' गरेका थिए । राजालाई भेट्न जोशी ट्याक्सी चढेर दरबार पुगेका थिए । सातदलीय गठबन्धनको प्रमुख घटक कांग्रेसका असन्तुष्ट भनेर चिनि“दै आएका जोशीसहित खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, विजयकुमार गच्छेदार, रामकृष्ण ताम्राकार, गोपाल पहाडी, विनयध्वज चन्द, चिरञ्जीवी वाग्ले, पूणकुमार शेमालगायतले संविधानमै गणतन्त्र लेखिएकोमा विरोध गर्दै आएका थिए । कांग्रेस महासमितिले संघीय गणतन्त्रमा जाने निर्ण्र्ाागरेपछि पार्टर्ीीामपन्थीकरणमा भासि“दै गएको आरोप उनीहरूले लगाउ“दै आएका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री एवं बिनाविभागीयमन्त्री सुजाता कोइरालाले समेत संसद्बाट गणतन्त्र घोषणा भएकोमा विरोध गर्दै आएकी छिन् । उनले चैतमा चुनाव नभए २०४७ सालको संविधान नै ब्युताउनुपर्ने धारणासमेत राख्दै अँएकी छिन् । जोशीले राजालाई भेटेको दुइ दिनपछि समूहका अर्का नेता विजयकुमार गच्छेदारलगायतका नेताहरूले पोखरामा आयोजित एक कार्यक्रममा गणतन्त्रको चर्को विरोध गरेका थिए । उनीहरूलाई र्सवसाधारणले कालो झण्डा पनि देखाएका थिए । तर, जोशीले राजासग भेट नभएको दाबी गर्दै समाचार नलेख्न नया“ पत्रिका प्रतिनिधिलाई आग्रह गरे । \'म र मेरो टिमले राजालाई भेटेको छैन,\' जोशीले भने । तर, उनले संविधानमा गणतन्त्र लेखिएकोमा आफ्नो आपत्ति रहेको दोहोर्याए । \'सातदलको निर्ण्रानुसार गणतन्त्र घोषणा गर्नुलाई हाम्रो समूह स्वीकार गर्दैन,\' उनले भने, \'बरु केही जानकारी आयो भने मलाई बताउनुहोला ।\'
Subscribe to:
Posts (Atom)