विजुलीको तार जताततै छ, तर तारमा करेण्ट छैन । मोवाइल फोन हात हातमा छ, तर नेटवर्क छैन । स्वास्थ केन्द्रहरु गाउँ गाउँमा छन् तर औषधी र स्वास्थ्यकर्मी छैनन् । के छैन नेपालमा, सवथोक छ तर केही पनि छैन । कस्तो अचम्म । कहिलेसम्म हो यस्तो स्थिति ? कि सिङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जस्तो कोही नेता नै जन्मनु पर्ने हो ? वरु ३२ को सट्टा ४०-५० वर्ष नै शासन गरोस् तर देश चाहिँ बनाओस् । यि अहिलेका नेताहरुले चाहिँ देश बनाउने छाँट मैले चाहिँ देखिन, कुनै पनि पार्टीमा ।
सिङ्गापुरका पूर्व प्रधानमन्त्री Lee Kuan Yew जसले ३२ वर्षसम्म देशको प्रधानमन्त्री भएर देशलाई उन्नतीको शिखरमा पुर्याएका थिए ।
No comments:
Post a Comment