(यो कथा फेसबुकमा भेटेको हुँ, पहिले आफैंले पछि पढ्नका लागि भनेर वर्डमा सेभ गरेर राखेको थिएँ, पढिसकेपछि लाग्यो, यो त अरूका लागि पनि प्रेरणादायी बन्न सक्छ । त्यसैले यहाँ राखेको हुँ । जसले यो कथा अनुवाद गरेर फेसबुकमा राख्नु भएको थियो, उहाँको नाम मैले ख्याल नगरेकोले यहाँ उल्लेख गर्न सकिनँ, त्यसको लागि माफी चाहन्छु ।)
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भनें, तिमीसित एउटा कुरा गर्नुछ्।" तिनी बसिन् र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो । तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो - म तिनीसँग सम्बन्धबिच्छेद गर्न गइरहेको थिएँ । मैले आफ्नो कुरा संयमका साथ राखेँ । मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइँन, बरु नम्र भएर सोधिन्, 'किन ?'
मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन् र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रोइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसँग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन ।